सत्ता समर्थन नगर्ने बितिक्कै रास्वपा सभापति रवि लामिछाने विरूद्ध मुद्धाको उद्योग

Hollywood Khabar May 24,2023 Comments

उपनिर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपासँग नेपाली कांग्रेस मात्र होइन नेकपा एमाले, माओवादीहरुले पनि तर्सिएका छन। नागरिकहरुको अविश्वास, मतदाताको तिरस्कार, नेताहरु भ्रष्ट्राचारमा डुब्नु, सरकार नै नागरिक बेच्न लागि पर्नु जस्ता कारणले नेपालका ठुला दलहरु करिव अन्तिम अवस्थामा पुगेका छन्।

त्यसैकारण उनिहरुले फेरी पनि बिना तुक भाडाका सिपाई खोजेर रास्वपा अध्यक्ष रवि लामीछाने बिरुद्ध अर्को मुद्धा दर्ता गराएका छन्। एक किसिमले भन्ने हो भने यो न्यायका लागि होइन मुद्धाको उद्योग गरेर आफूहरुको अस्थित्व जोगिन्न्छ भन्ने हुट्टिट्याउँ प्रवृति मात्र हो।

यो हर्कतले आउने स्थानीय चुनावमा नेपाली कांग्रेस र नेकपा एमाले बडारिने निश्चित भएको छ भने माओवादी र अन्य पार्टीहरु नेताहरु मात्र बाँकी रहने छन्।

यसै कुरालाई लिएर रास्वपा सभापति रवि लामिछानेले आफ्नो फेसबुकमा लेखेका छन्:

मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्। मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।

  • १) सर्वोच्च अदालतको  मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ। 
  • २) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।
  • ३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण  बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।
  • ४) घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।