एनआरएनए नर्थ अमेरिका क्षेत्रीय सम्मेलन सम्पन्न, संघको इतिहासमा क्यानाडाको पहिलो आयोजना

Hollywood Khabar May 28,2023 Comments

गैरआवासीय नेपाली संघ-एनआरएनएको बिधान बमोजिम बिनोद कुवँरको नेतृत्वमा मार्च २०२२ मा चयन भएको एनआरएनएको उत्तर अमेरीका क्षेत्रको क्षेत्रीय सम्मेलन मे २७ र २८, २०२३ मा क्यानाडाको टोरन्टो शहरमा भब्य र सभ्य सम्पन्न भएको छ।

गैरआवासीय नेपाली संघका निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न सो सम्मेलनमा पूर्व उपाध्यक्ष सोनाम लामा, सल्लाहकार एसी शेर्पा, पासाङ्ग लामा समेत उपस्थित हुनुहुन्थ्यो। सम्मेलनमा क्यानाडाकी सांसद (Member of Parliament) Sonia Sidhu समेत बिशेष अतिथि हुनुहुन्थ्यो।

त्यसैगरी एनआरएनए आइसीसी अध्यक्ष बिनोद कुँवर, उपाध्यक्षहरु थर्क सेन, बीआर लामा, महासचिव जानकी गुरुङ, सचिव कृष्ण के सी, क्षेत्रीय संयोजक कृष्ण पोख्रेल, आइसीसी सदस्यहरु शशिचन्द्र अधिकारी, रश्मि थापा, एनबी टण्डन समेत उपस्थिति हुनुहुन्थ्यो। 

अमेरिका क्षेत्रको संयोजनमा गैरआवासीय नेपाली संघ अमेरिका, गैरआवासीय नेपाली संघ क्यानाडा र गैरआवासीय नेपाली संघ चिलीको संयुक्त आयोजनामा सम्पन्न भएको हो। अमेरिकाका अध्यक्ष सुर्य लम्साल, क्यानाडाका अध्याख कुन्दन घिमिरे, सभापति अन्जनी भट्टराई, चिलीका संयोजक गिरिराज पाण्डे र अमेरिका, क्यानाडा दुवै देशका पदाधिकारी, सल्लाहकार समेत हुनुहुन्थ्यो।

एनआरएनएको इतिहासमा नै क्यानाडाले पहिलो पटक अन्तराष्ट्रिय सम्मेलन आयोजना गरेको हो। यस पूर्व एनआरएनए क्यानाडाले संघको कुनै पनि अन्तराष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्न सकेको थिएन।  एनआरएनएका पुराना अभियन्ता तथा पूर्व पदाधिकारी समेत रहनु भएका डा द्रोण रसाइली, डा गोविन्द रावत लगायतको सहभागिताले एनआरएनए क्यानाडा टिमलाइ थप उर्जा दिएको छ।

सम्मेलनमा नयाँ बिषयहरुको छलफल समेत गरियो। नेपालमा ग्रिन हाइड्रोजन आफैंमा एउटा नयाँ अध्ययनको बिषय भएको कुरा पूर्व अध्यक्ष डा शेष घलेले गर्नुभएको प्रस्तुति र अन्तरक्रियाले एउटा नयाँ परिवेसको सृजना गरेको छ।

गैरआवासीय नेपाली नागरिकताको  ऐन बनाउने पहल, वंसजको नेपाली नागरिकताको निरन्तरता माग नयाँ तथा निरन्तर लवी हुन्। दोहोरो नागरिकता, गैरआवासीय नेपाली नागरिकता, वंसजको नेपाली नागरिकता, एनआरएन कार्ड, नेपालको निर्वाचनमा मतदान अधिकर र सर्वोच्चको आदेसको बिषयमा गहन छलफल भयो। 

त्यसैगरी पहिलो पटक नेपालमा आजका समय सम्म पनि कायम रहेको सामाजिक विभेद र असमानताको बिषयमा लामो र गहन छलफल भयो। उपरान्त यस्ता विभेदलाइ गहन अध्ययन गरि थप नीति तय गर्न कार्यदल नै गठन गर्ने निर्णय आफैमा नयाँ सुरुवात हो।

गैरआवासीय नेपाली संघ नर्थ अमेरिका क्षेत्रीय सम्मेलन, ७ बुँदे टोरन्टो घोषणा  मे २७-२८, २०२३

गैरआवासीय नेपाली संघको बिधान बमोजिम बिनोद कुवँरको नेतृत्वमा मार्च २०२२ मा चयन भएको गैरआवासीय नेपाली संघको उत्तर अमेरीका क्षेत्रको क्षेत्रीय सम्मेलन यहीे मे २७ र २८, २०२३ मा क्यानाडाको टोरन्टो शहरमा भब्य र सभ्य सम्पन्न भएको जानकारी गराउँदछौं।

गैरआवासीय नेपाली संघका निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न यो सम्मलेन गैरआवासीय नेपाली संघ अन्तराष्टिय समनव्य परिषद, अमेरिका क्षेत्रको संयोजनमा गैरआवासीय नेपाली संघ अमेरिका, गैरआवासीय नेपाली संघ क्यानाडा र गैरआवासीय नेपाली संघ चिलीको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

नेपालको आर्थिक बिकास र समाजिक सम्बृद्धिमा गैरआवासीय नेपालीहरुको भूमिका, हाम्रा अधिकार र नेपालसँग संबन्धित हाम्रा बिषयहरुमा केन्द्रित रह्यो। 

यस सम्मेलनले विभिन्न बिषयहरुमा छलफल र अन्तरक्रियाबाट प्राप्त निचोड निम्नानुसारको ७ बुँदे टोरन्टो घोषणा जारि गरिएको छ। 

१. गैरआवासीय नेपाली नागरिकताको ऐन नेपालको संबिधानसँग मेल खानेगरी नेपालको संसदले ऐन बनाएर हाम्रो संबैधानिक अधिकार छिटोभन्दा छिटो सुनिश्चित गर्नको लागि हाम्रो पहल निरन्तर रहनेछ। त्यसैगरी हाम्रो वंसजको नेपाली नागरिकतालाइ निरन्तरताको लागि संघका पूर्व उपाध्यक्ष सोनाम लामाको नेतृत्वमा निरन्तर लवी गरिएको छ भने त्यसलाई अझै शशक्त रुपमा लगिने निर्णय गरिएको छ।

२. नेपाल विश्वोको सबैभन्दा प्रचूर ग्रिन हाइड्रोजन उत्पादन संभावना भएको देश रहेको अध्ययन प्रतिवेदन, यससँग संबन्धित भएका प्रयासबारे संघका पूर्व अध्यक्ष डा शेष घलेद्वारा प्रतिवेदन प्रस्तुत गर्नुभयो। ग्रिन हाइड्रोजन परियोजाले नेपालको सामाजिक, वातावरण र आर्थिक बिकासमा टेवा पुर्याउने हुँदा सो बिषयलाइ अझ बृहत्तर रुपमा छलफलमा लैजाने निर्णय गरियो। 

३. गैरआवासीय नेपालीहरुले मातृभूमी नेपालमा गरिएको लगानीको सुनिश्चिता र पैत्रिक संपत्ति सुरक्षा सम्बन्धि छलफल गरियो। त्यसलाई नेपालमा लगानी संबधि अध्यावधिक कानुन र आवश्यक पर्ने थप नियम, कानुनको परिमार्जन र तय गर्नको लागि लवी गर्ने निर्णय गरियो।

४. नेपालमा रहेका बिविधता, समानता र समावेशिता ( Diversity, Equity and Inclusion-DEI) संबन्धि उचित अध्ययन र समाधान गर्न नेपाल सरकारसँग माग गर्दछ। साथै त्यसलाई थप नीति तय गर्नको लागि गैरआवासीय नेपाली संघले एक कार्यदल गठन गर्ने निर्णय गरियो।

५. गैरआवासीय नेपाली संघको मूल मर्मलाइ मध्य नजर गर्दै गैरआवासीय नेपाली संघले नेपालको आर्थिक र सामाजिक सम्बृद्धीको लागि योगदान दिन, नेपालसँगको हाम्रो संबन्ध भावी सन्ततिसम्म निरन्तर गर्नको लागि हरेक दुइ/दुइ बर्षमा गरिने अन्तराष्ट्रिय महाधिवेशन नेपालमा नै प्रत्यक्ष रुपमा प्रतिनिधिहरु उपस्थित भएर गर्ने निर्णय गरिएको छ।

६. गैरआवासीय नेपाली संघमा देखिएका असहमति र बिभाजनलाइ एकीकृत रुपमा समेटेर लैजानको लागि सबै पक्षसँग समन्वय गर्दै अगाडी बढ्ने निर्णय गरिएको छ।

७. क्यानाडामा सम्पन्न गरिएको यो क्षेत्रीय सम्मेलनलाई सफल बनाउन खट्नुहुने क्यानाडाका पदाधिकारी, स्वयँ सेवक, संचारकर्मी, पत्रकार, संघ-सँस्थाका प्रतिनिधिज्यूहरु, समुदाय र सम्पूर्ण उपस्थित गैरआवासीय नेपालीहरुमा गैरआवासीय नेपाली संघ हार्दिक धन्यवाद, आभार व्यक्त गर्दछ।

धन्यवाद; 

जानकी गुरुङ

महासचिव

गैरआवासीय नेपाली संघ

मे २८, २०२३