सम्माननीय राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण भएकोमा हार्दिक धन्यवाद !

Hollywood Khabar May 31,2023 Comments

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल नागरिकता, पहिलो संशोधन विधेयक २०७९ लाई प्रमाणीकरण गर्नुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

यस बिधेयकमा नेपालको वर्तमान संबिधानको ब्यबस्था अनुसार “गैरआवासीय नेपाली नागरिकता” को समेत ब्यबस्था रहेको छ। 

हामी गैरआवासीय नेपालीहरुको दशकौं लामो प्रयासपछि नेपालको संबिधानमा “गैरआवासीय नेपाली नागरिकता” को ब्यबस्था हुन सकेको हो। त्यसलाई ऐन बिनाउने पहलमा लामो समय देखि गैरआवासीय नेपाली संघको तर्फबाट म आफू नागरिकताको निरन्तरता कार्यदलको नेतृत्व गर्दै आएको छु। 

यसका लागि कानुन आयोग, माननीय सांसदहरुसंग गरिएका परामर्श र ज्ञापन, नेपाल सरकार र अन्य निकायसंगको बैठक  लगायत थुप्रै कुराहरु छन्। 

अन्तमा, यो बिधेयक सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएकोमा म आफू आभारी छु। साथै नेपाल सरकार र संघिय संसदलाइ पनि आभार प्रकट गर्न चाहन्छु। 

धन्यवाद;

सोनाम लामा

गैरआवासीय नेपाली नगरिकता कार्यदल संयोजक तथा गैरआवासीय नेपाली संघको निवर्तमान उपाध्यक्ष

गैरआवासीय नेपाली संघ

मे ३१, २०२३