राष्ट्रपतिज्यूद्वारा नागरिकता विधेयक प्रमाणीकरण भएकोमा धन्यवाद तर गैरआवासीय नेपाली नागरिकताको सवालमा धेरै कुरा बाँकी छन।

Hollywood Khabar May 31,2023 Comments

राष्ट्रपतिज्यूद्वारा नागरिकता विधेयक प्रमाणीकरण भएकोमा धन्यवाद तर गैरआवासीय नेपाली नागरिकताको सवालमा धेरै कुरा बाँकी छन।

विज्ञप्ति

नेपाल सरकारबाट संसदमा टेबल गरिएको नेपाल नागरिकता ऐन बिधेयकमा गैरआवासीय नेपाली नागरिकता समेतको रहेको छ। त्यसलाई नेपालको सम्मानित संसदबाट जुलाई २२, २०२२ शुक्रबार पारित गरिएको थियो। यसप्रति हामीले सुधारका कुरहारु राख्दै धन्यवाद ज्ञापन गर्यौं। 

गैरआवासीय नेपाली संघ, सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपाल नागरिकता, पहिलो संशोधन विधेयक २०७९ लाई प्रमाणीकरण गर्नुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

हाम्रो माग भनेको वंसरको नागरिकताको निरन्तरता हो। संबिधानले राजनैतिक बाहेको सबै अधिकार दिएको छ तर यो बिधेयकले थुप्रै कुरा कटौती गर्दै पहिलो पुस्तामा सिमित गरेको छ। तर पनि हाल यसलाई कार्यान्यनमा जाने सुरुवात गरिएकोमा हामी गैरआवासीय नेपालीहरु गौरवान्दित भएका छौं। यो नै अन्तिम कुरा पक्कै होइन तर पनि  हामी यसलाई स्वागत गर्दै सम्मानिय राष्ट्रपतिज्यू, नेपाल सरकार र सम्मानित संसदप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं।

विगत लामो समय देखि मागको रुपमा रहेको नेपाली नागरिकताको निरंतरतालाइ नेपालको संबिधानमा राजनैतिक अधिकार बाहेक बाँकी सबै अधिकार पाउने गरि गैरआवासीय नेपाली नागरिकताको ब्यबस्था गरिएको छ। यो हाम्रो संबैधानिक अधिकार हो। त्यो मूल कानुनलाइ यो २०७९ मा पारित कानुनले अझ सुनिश्चित गरिदिएको छ भन्ने हाम्रो बुझाइ हो। ऐनका अब बन्ने नियमहरुले यसलाइ कार्यान्वयनमा लैजाने छ भन्ने हाम्रो विश्वा छ।

नागरिकताको लागि हाम्रो त्यो लामो प्रयासलाइ तत्कालिन गैरआवासीय नेपाली संघका अध्यक्ष डा शेष घलेको बिशेष पहलमा गैरआवासीय नेपाली नागरिकतालाई संबिधानमा सुनिश्चित गर्न सफल भएको हो। त्यो समय पनि हाम्रो माग भनेको नेपाली नागरिकताको निरंतरता नै थियो। अनि अहिले पनि हाम्रो माग भनेको नेपाली नागरिकताको निरंतरता नै रहेको छ। यो पहिलो खुड्किलो पार भयो तर काम अझै धेरै बाँकी छन्। 

२०७२ मा संबिधानको घोषणा भएदेखि नै हाम्रो संघले यसलाई ऐन बनाउनको लागि पहल गर्दै आएको थियो। पछिल्ला केहि बर्ष यसलाई बिशेष रुपमा संघका निवर्तमान उपाध्यक्ष सोनाम लामाले पहलको नेतृत्व गर्दै आउनु भएको छ। अहिले पनि हामीले हाम्रो संघको तर्फबाट उहाँलाइ नै लवी गर्ने नेतृत्व गरिदिन निर्णय गरेका थियौं र उहाँले नागरिकताको बिषयमा काम गर्दै आउनु भएको छ।

यो नेपाल नागरिकता ऐन २०६३ लाइ संसोधन गर्न प्रमाणित बिधेय/ऐन २०७९ मा हाम्रा थुप्रै कुराहरु बाँकी छन्। तर पनि नेपालको मूल कानुन अर्थात संबिधानले दिएको हाम्रो संबैधानिक अधिकार कार्यान्वयन गर्न गरिएको यो बिधेयले गैरआवासीय नेपाली नागरिकता पाउने कुरा एउटा उपलब्धि भएको हो अन्तिम भएन होइन।

त्यसैले, गैरआवासीय नेपाली संघको अध्यक्ष म बिनोद्व कुँवर र हाम्रो सम्पूर्ण टिम नै यस बिधेयक प्रमाणीकरण भएकोमा सम्मानीय राष्ट्रपतिज्यू, नेपाल सरकार, सम्मानित संसदका माननीय सांसदज्यूहरु र संबद्ध निकाय सबैलाई हार्दिक घन्यवाद ज्ञापन गर्दछ।

यस कदमले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र भातृत्व बिकासमा मात्र होइन अन्य क्षेत्रको विकासमा पनि धेरै योगदान हुने हाम्रो विश्वास रहेको छ।

बिनोद कुँवर

अध्यक्ष 

गैरआवासीय नेपाली संघ

मे ३१, २०२३