एनआरएनए पोर्तुगलको सदस्यता खुला, सदस्य बन्ने साइट सहित

Hollywood Khabar June 04,2023 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद-एनआरएनए एनसीसी (Non-Resident Nepali Association National Coordination Council Portugal-NRNA-NCCP) पोर्तुगलको २०२३-२०२५ कार्यकालको लागि नयाँ सदस्य वितरण र सदस्यता नवीकरणका लागि आबेदन यस पहिला नै खुलेको छ।

तर यहि समयमा पोर्तुगलमा अर्को यस्तै नाम मिल्दो जुल्दो Associacao de Nepalese Residentes Em Portugal, (पोर्तुगलमा बस्ने नेपाली समाज) NIF 507723945 रहेको सस्थाले गैरकानुनी रूपमा SMART NRNA APP मार्फत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगल Non-Resident Nepali Association National Coordination Council Portugal, NIF 517534185 (NRNA-NCCP) को सदस्यता वितरण भन्दै ठगी, जालसाजी किर्ते जस्तो जघन्य अपराधिक क्रियाकलाप गरेको सामाजिक संजालमा देखिएको छ। त्यसैले गैरकानुनी क्रियाकलाप गर्ने ब्यक्ति र सस्थालाई कारबाहीको लागि कानुनी प्रक्रिया अगाडि बढिसकेको जानकारी गराउदछौ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट लिखित रूपमा १० औं महाधिवेशन गर्ने अधिकार पत्र प्राप्त गरेको संरक्षक समितिको निर्वाचनका बिधि र प्रक्रिया भित्र रहि १० औं महाधिवेशनबाट निर्बाचित आइसिसि (ICC) का केन्द्रिय अध्यक्ष बिनोद कुवर नेतृत्वको आधिकारिक आइसिसी (ICC) ले आधिकारिकता दिएको र पोर्तुगलमा कानुन सम्बद्ध दर्ता भएको सस्था गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगल (Non-Resident Nepali Association National Coordination, Portugal, NIF 517534185 (NRNA-NCCP) को नयाँ सदस्यता वितरण र सदस्यता नवीकरण लागि आधिकारिक वेबसाईट  https://members.globalnrna.org/   सस्थाको मात्र आबेदन फारम भर्नु हुन हार्दिक अनुरोध गर्दछौं।

पोर्तुगलको बैधानिक र आधिकारिक सस्था गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलले आगामी कार्यकाल 2023/2025 को लागि तपाईहरु समक्ष निम्न लिखित प्रतिबद्धता जाहेर गर्दछौं ।

(1) पोर्तुगलमा नेपालीको बढदो चाप संगै विभिन्न किसिमका सामाजिक,नैतिक,आर्थिक र अन्य जटिल कानुनी समस्याहरु देखा परेकोले मिलेसम्म दुई पक्षलाई आपसी सहमतिमा मिलाइने छ । यदि सस्थाले सहमतिमा मिलाउन नसकेको अवस्थामा र अन्य सरकारी स्तरमा भैपरी आउने सम्पुर्ण कानुनी प्रक्रियाको लागि (NRNA-NCCP) ले आगामी 2023/2025 को कार्यकालमा सम्पुर्ण पोर्तुगलबासी नेपालीहरुको हितलाई ध्यानमा राख्दै कार्यालयबाट नै वकिलको सेवा सुबिधा दिइनेछ ।

(2) पोर्तुगलमा नेपालीहरुको बढदो संख्यालाई ख्याल गर्दै जन्मदेखि मरण सम्मका सम्पुर्ण कर्महरु, विभिन्न जातजातिका

चाड्पर्बहरु, सास्कृतिक कार्यक्रमहरु र गोष्ठी संचालनका लागि`नेपाल हाउस´ स्थापना गर्न जोड्दार पहल गरिनेछ ।

(3) पोर्तुगलमा नेपाली दूतावास स्थापनाको लागि हाम्रो नेतृत्वको (NRNA-NCCP) ले अथक प्रयास गरेको यहाँहरुलाइ सर्बबिदितै छ । अबको कार्यकालमा पनि पोर्तुगलमा नेपाली दूतावास स्थापना र ईन्डियामा रहेको पोर्तुगिज दूतावासमा गई कागजात प्रमाणिात (document certified) गर्दा हामी नेपालीहरुको धेरै पैसा र समय खर्चका साथै अन्य झन्झटहरु पनि बेहोर्नु परेकोले नेपालमा पोर्तुगिज कन्सुलर स्थापनाको लागि पोर्तुगल सरकारको परराष्ट्र मन्त्रालय सम्म पुगेर सम्बन्धित निकायको ध्यानाकर्षण गराउने काम पटक पटक गरिनेछ ।

(4) हातमा सीप नहुने र भाषाको जानकारी नहुने हामी नेपालीहरुले तल्लो श्रेणीको दुखदायी काम गर्नुपर्दा सबै नेपालीलाई नै पिडाबोध भएको छ । तसर्थ सीप बिकाश र भाषा दक्षताका लागि विभिन्न सीप मुलक तालीम र भाषा कक्षा संचालन गरिनेछ ।

 

अध्यक्ष

सोम्फुरी शेर्पा

महासचिव

सुमन शर्मा चौलागाईं

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगल