गैरआवासीय नेपाली संघले कोरिया सहित दर्जन देशमा तदर्थ समिति गठन गर्दै

Hollywood Khabar June 05,2023 Comments

गैरआवासीय नेपाली संघ-एनआरएनएले दक्षिण कोरिया सहित दर्जन भन्दा धेरै देशमा तदर्थ समिति गठन गरेर राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ।

मार्च २०२२ मा काठमाण्डौको होटल याक एण्ड यतिमा आधिकारिक रुपमा सम्पन्न भएको १० औं महाधिवेशन पश्चात बिशेष परिस्थतिमा अगाडी आएको संघले विगतका आन्तरिक समस्याहरुको पहिचान गरि समाधान समेत गरेको छ।

हाल नर्थ अमेरिका, युरोप, मध्येपूर्व र अष्ट्रेलियामा धमाधम सदस्यता वितरण र नवीकरण कार्य भएका छन्। नियमित कार्य भएकाले यसलाई “मेम्बर्शिप ड्राइभ अभियान” भनिएको छैन। जो आउँछन् आफैं र खुशीले आउँछन्।

अब यसै हप्ता दक्षिण कोरिया समेत दर्जन भन्दा धेरै देशमा गैरआवासीय नेपाली संघका तदर्थ समिति गठन गर्न अन्तिम तयारी भएको छ। समिति गठन पश्चात सबै देशमा सदस्यता खुला रहने छन्। यसका साथै राष्ट्रिय महाधिवेशन र ११ औं अन्तराष्ट्रिय महाधिवेशन सम्बन्धि तयारी पनि हुँदै गरेको छ। 

सदस्यता नविकरण गरेका सम्पूर्ण पंजीकृत सदस्यहरुलाइ आफैं प्रतिनिधि हुन खुलेको फर्म भरेर नेपालमा उपस्थित भएर महाधिवेशनमा भाग लिने अधिकार बिधानमा नै गरिएको छ। निर्वाचनमा को नेतृत्वमा हुने भन्दा पनि निर्वाचन एउटा महाधिवेशनको नेतृत्व चयनको बिधि मात्र बनाइएको छ।

नयाँ सिष्टम बिकास गरिएकाले पुरानो चलनको अघोषित सिण्डिकेट सधैंको लागि निर्मुल भएको छ। सदस्य बन्दा डेटा सुरक्षाको झन्झट र त्रास पनि छैन। सक्षम देशले आफ्नै सिष्टम बिकास गर्छन अन्यलाई बेसिक सिष्टमको ब्यबस्था गरिएको छ।