एनआरएनको एमआइएस सदस्य प्रति १ को ५० देखि २ हजार डलर सम्म बिक्री हुन सक्छ, बिस्तृतमा

Hollywood Khabar June 07,2023 Comments

कृष्ण के सी, अमेरिका, जुन ७, २०२३ 

गैरआवासीय नेपाली संघ-एनआरएनएमा सदस्यता बनाउने भन्दै २०१९-२०२१ कार्यकालमा एक पदाधिकारीकै कम्पनीलाई पैसा तिरेर दिएको “स्मार्ट एनआरएन” प्रोजेक्ट अहिले आएर डाटा सेलको खुफीय ब्यबसाय हुने भएको छ। हामीले पहिला नै भनेका थियौं, यो गैर कानुनि हो, व्यक्ति बेच्ने सड्यन्त्र हो।

स्मार्ट एनआरएनए नामले सदस्य बनाउने-बन्ने बहानामा एनआरएनहरुको नाम, आइडी, इमेल, फोन नम्बर, ठेगाना, क्रेडिट/डेबिट कार्ड र फेस भेरिफिकेशन सहितको डाटा लिएपछि अब बिक्रिको लागि उनीहरुको झोला भरिएको छ। सदस्यता मात्र बनाउन यस्तो सिष्टम आवश्यक थिएन, छैन र सूचनाको सुरक्षा नहुने हुनाले गर्नु पनि हुँदैन।

एमआइएसको बहानाले “ग्रे जोन” मा डाटा राखेर निश्चित व्यक्तिलाइ जिताउने र हराउने षड्यन्त्रको प्याकेज एकातिर छ भने अर्कोतिर यो सूचना बेच्ने अबैध ब्यबसाय हुने भएको छ। यति मात्र होइन पटक पटक, फरक फरक समय र भेण्डरहरुलाइ डाटा अण्डर टेबल किन्ने-बेच्ने खेल पनि हो। अमेरिकाको मात्र सदस्य बेचेर एक भेण्डरबाट एक मिलियन डलर भन्दा धेरै कमाउँछन उनीहरुले। फेरी यस्तो बिक्रि एक पटका होइन हरेक भेण्डरले आफ्नो काम भएपछि अर्कोलाई बेच्छन्। अनि तपाइँ कतिपटक बेचिनुहुन्छ ?  

यो लेख्दै गर्ने व्यक्ति पक्का एनआरएन हो, डा उपेन्द्र महतो जस्तो रिटर्न एनआरएन होइन। मैले गरेको अध्ययन अनुसार यसबाट धेरै व्यक्तिहरुका सूचना पटक पटक बेचिन्छन अनि केहिले मज्जाले पैसा कमाउँछन्।

सुन्दा जोक जस्तो लाग्ला सक्कली कुरा पहिला पहिला जोक जस्तै हुन्छ। २०१५ मा मैले पहिलो पटक डा उपेन्द्र महतो रिटर्न एनआरएन हुन् भन्दा मलाइ लाल आँखा लगाउनेहरु अहिले जवाफ पाएर बसेका छन्। 

यो समय स्मार्ट एनआरएन एप पैसा कमाउने धन्दा हो यसले धेरैलाइ जोगी बनाउँछ भन्दा उसै गरी आँखा तरेका छन्। तर पनि मेरो धर्म पाएको सूचना बेलैमा सबैलाई राखिदिनु हो। सबैलाई जोगिन र जोगाउन बताईदिने हो। बाँकी आफैं जान्नुहोला।

डाटा कति सम्ममा बिक्रि हुन्छ होला त ?

मेरो कुरा सहि नलाग्न सक्ला तर यसको जवाफ आफैंले खोज्नुभयो भने यहाँको हंसले ठाउँ छोड्छ। खासगरी सिष्टम कन्ट्रोल क्रेडिट कार्ड चलाउने देशहरुका व्यक्तिहरुको लागि यो अत्यन्तै घातक मात्र होइन डरलाग्दो पनि छ। वास्तवमा यो सदस्य बन्ने-बनाउने २०१५ को कन्सेप्ट थियो। तर २०१९ मा कुमार पन्त अध्यक्ष भएपछि डाटा सेलरहरुले यसलाई आफ्नो पैसा कमाउने प्रोजेक्ट बनाउन सफल भए।

  • यहाँ एउटा प्रश्न उठेको छ, यस्तो डाटा प्रति एकको कतिमा र कतिपटक सम्म बिक्रि होला त ? 
  • तपाईंको सदस्यता कतिमा बिक्रि हुने होला अनि तपाइको सबै सूचना लिएर भोलि हुने घाटाको मूल्य कति? 
  • को जिम्मेवार ?

डिसेम्बर ६, २०१७ मा Brian Stack ले एक्सपिरेन्सको लागि तयार पारेको अध्ययन प्रतिवेदन, “Here’s How Much Your Personal Information Is Selling for on the Dark Web ?” अनुसार तुलना गर्दा यो एमआइएस पुरै रुपमा पैसा कमाउने अबैध धन्दा मात्र हो।

ब्रायनको सो आर्टिकल अनुसार तपाइको  सूचना के के दिएको छ अनि तपाइँलाइ कति रिस्क, के कति खतरा आफैं हेर्नुहोस : 

१. डेबिट/क्रेडिट कार्ड प्रति एक को ५ देखि ११० डलर सम्म बिक्रि हुन्छ। 

  • क्रेडिट/डेबिट कार्ड CVV कोड सहित सूचना दएको हो भने ५ डलरमा बिक्रि हुन सक्छ।
  • डेबिट कार्डमा बैंकको सूचना सहित दिएको हो भने प्रति एक को १५ डलरमा बिक्रि हुन् सक्छ 
  • बैंकको पुरै सूचना दिएको हो भने प्रति एक सूचनाको ३० डलर भन्दा माथीमा बिक्रि हुन सक्छ।

२. अनलाइन पेमेन्ट सेवा लगइन सहित सूचना दिएको हो (जस्तो की पेपाल, गुगल पे, एपल पे इत्यादी) को प्रति एक २० देखि २ हजार डलर सम्ममा बिक्रि हुन सक्छ। 

  • लोयल्टी एकाउण्ट प्रति एक को २० डलर  
  • सब्सक्रिप्शन सेवा प्रति एक को  १ देखि १० डलर 
  • डिप्लोमा प्रति एक को १०० देखि ४०० डलर
  • ड्राइभर आइडी प्रति एक को २० डलर भन्दा माथि
  • अमेरिकी, बेलायती, क्यानाडा इत्यादी देशको पासपोर्ट प्रति एक को १ हजार देखि २ हजार डलर सम्म
  • मेडिकल क्लाइण्ट आइडी प्रति एक को १ देखि १ हजार डलर सम्म 

अमेरिकाको सरदर सदस्यको बिक्रि, क्रेडिट कार्डबाट CVV सहित, आइडी पनि भएकोले प्रति सूचना ५० डलर  भन्दा माथि, पासपोर्ट सहित दिएको हो भने १ हजार भन्दा माथी सम्म बिक्रि हुन सक्छ। पेपाल जस्ता सूचना दिएको हो भने आइडी सहित तपाइको मूल्य ५० डलर भन्दा धेरैमा बिक्री हुन सक्छ।

अमेरिकाबाट मात्र यो प्रोजेक्टबाट १६ हजार जनाको बिक्रि १ मिलियन डलर भन्दा धेरैमा हुनसक्छ। अनि यस्तो बिक्री खरिदकर्ताले अर्कोलाइ बेचिदिन्छ। यो क्रम जारी रहन्छ। 

अब तपाइँ आफै जवाफ दिनुहोस्, तपाइको सूचनाको बिक्री मूल्य कति ? यसबाट तपाइँ कति खतरामा ? भावनामा नबन्नुहोस, तपाइले विश्वास गरेकाले तपाइलाइ बेचिदिन्छन।