नेपालका लागि TPS को अबधी जुन २४, २०२५ सम्म थप, १४ हजार भन्दा धेरै लाभान्वित

Hollywood Khabar June 13,2023 Comments

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (DHS) ले नेपालका लागि १८ महिनाको Temporary Protected Status (TPS) लम्ब्याउने सूचना जारी गरेको छ।

नेपालको महाभुकम्पको बेला प्रदान गरिएको सो कानुनी सेवा थप्दै लगेर डिसेम्बर २५, २०२३ सम्मको लागि कायम थियो। अब यसलाई थप गरेर जुन २४, २०२५ सम्मको लागि बिस्तार गरिएको छ। TPS सेवा करिव १४ हजार ५०० भन्दा धेरै नेपालीहरुले पाएका छन्।

TPS स्टाटस भएकाहरुले थप गरिएको यो अबधिको लागि पुन:आवेदन दिन सक्नेछन। तर यसका लागि उनीहरुले योग्यताको मापदण्ड पुरा गरेको हुनुपर्छ। जस्तोकी जुन २४, २०१५ देखि नियमित रुपमा अमेरिका बसेको हुनुपर्छ, व्यक्ति स्वयं अमेरिकामा हुनुपर्छ अन्यथा योग्य हुने छैन।