एनआरएनएको पदाधिकारी बैठक सम्पन्न, बिधान परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण भएर नआए सम्म संघका गतिबिधि नियमित नै रहने निर्णय

Hollywood Khabar June 19,2023 Comments

गैरआवासीय नेपाली संघका अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा जुन १९, २०२३ सोमबार नेपाली समय सांझ ५ बजे जुममा बसेको पदाधिकारी र सल्लाहकार सहितको बैठकले पछिल्लो समय दुइ गैरआवासीय नेपाली संघलाइ एक गर्न भएका कुराहरुबारे जानकरी, छलफल र निर्णय समेत गरेको छ।

बैठकमा महासचिव जानकी गुरुङले संवाद टिमले अहिले सम्म गरेका कुरा र पछिल्लो पटक भएको सहमतिको हताक्षरबारे जानकरी गराउनु भयो। उहाँले हस्ताक्षर हाम्रो बिधान परराष्ट्रबाट विभेद गर्दै स्वीकृति नगरिएको तर अर्को पक्षको बिधान स्वीकृत गरेकोले आफूहरुको बिधान स्वीकृत भएपछि मात्र सहमतिका अन्य गतिबिधिमा जाने कुरा प्रधानमन्त्री समक्ष राखेको जानकरी दिनुभयो। त्यसैगरी उहाँले परराष्ट्र मन्त्रीज्यू समक्ष पनि सोहि अनुसार कुरा राखेको र मन्त्रीज्यूबाट ४ दिनको समय दिनुभएको जानकरी दिनुभयो। 

अध्यक्ष बिनोद कुँवरले बिषयमा अहिले सम्म संवाद टिमले आफूहरुको एजेण्डा स्थापित गर्दै प्रधानमन्त्री र परराष्ट्रमन्त्री समेतको ध्यान पुग्ने गरी काम गर्न सफल भएकोमा धन्यवाद दिंदै सोहि बिषयका बारेमा जानकारी दिनुभयो। प्रधानमन्त्रीज्यूको रोहबरमा हताक्षर गरिएको तर प्रधानमन्त्रीज्यूले नै परराष्ट्रमन्त्री र मन्त्रालयसंग आफूले सहजीकरण गर्ने, दुवै पक्षलाइ भेद्भाव नगर्ने, बिधान पनि स्वीकृत हुने बताउनु भएको जानकारी दिनुभयो।

त्यसपछि सल्लाहरकार र पदाधिकारी लगायतले बिषयमा धारणा राख्ने र सुझाव दिने क्रम रह्यो। सबैको सुझाव र धारणा पछि निम्नानुसार निणर्य गरियो। 

१. बिधानको प्रमाणीकरण नै मुख्य बिषय- जे जति सुकै छलफल र हस्ताक्षर गरेता पनि सबै कुरा बिधानमा पुगेर अड्किएकोले सो बिधान मन्त्रालयबाट प्रमाणीकरण नहुँदा भविष्यमा समेत एकताको लागि समाधान नहुने देखिएकोले सो को स्वीकृति नै अन्तिम विकल्प रहेको ठहर गरियो। त्यसका लागि नेपाल सरकारको समेत बचन रहेकोले बिधान स्वीकृत हुने कुरामा विश्वस्त रहँदै थप पहल गर्ने निर्णय गरियो। 

२. संघका गतिबिधि निरन्तर रहने- संवाद र बिधान संबन्धि गतिबिधि पहल निरन्तर गर्दै बिधान प्रमाणीकरण भएर आएपछि अर्को निर्णय नगर्दा सम्म संघका आन्तरिक गतिबिधि आइसीसी देखि एनसीसी सम्म नियमित रुपमा गर्दै जाने। 

कृष्ण के सी

सचिव तथा समायोजन संवाद समिति सदस्य 

गैरआवासीय नेपाली संघ

जुन १९, २०२३