आदिपुरुषमा गलत सूचना, प्रतिबन्ध सहि, चलचित्र संघद्वारा प्रलोभनमा परेर रिट दिएको आसंका

Hollywood Khabar June 21,2023 Comments

नेपाल चलचित्र संघले हिन्दी चलचित्र आदिपुरुषको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका छन्। बुधबार दिउँसो चलचित्र संघको रिट दर्ता भएको पाटन उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी चलचित्र आदिपुरुषको सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्र हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए। त्यसपछि देशै भरि प्रतिबन्ध बढ्दै गएको थियो। सोसल मिडियाहरुमा पनि चर्को बिरोध भएको, भरतीय मिडियाले पनि कभर गरेको सो कदमले अन्तराष्ट्रिय चर्चा पायो।

बालेन र रवि जस्तालाई नेपालका ठुला राजनैतिक पार्टी र दलालहरुले दुख दिने गरेका छन्। कैले शक्तिले कहिले भाडाका व्यक्ति लगाएर। यो पटक पनि यस्तै भयो। चलचित्र संघले मुद्दा दर्ता प्रलोभनमा परेर गरेको कुरा आएका छन्। उसो त सरकार र गृहले नै नागरिक बेच्ने देशमा यस्तो दलाली कुनै अचम्मको कुरा होइन। उनै भाडाका रिटकर्ताको रिटमा बिहीबारका लागि पेशी तोकिएको छ।

यस पहिला भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नेपालभर रोकिएको थियो। काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले जानकी भारतकी छोरी हुन् भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर चलचित्रको प्रदर्शन रोकिएको थियो।

उक्त चलचित्रको नेपाल वितरण कम्पनी ब्याङ्कटेस फिल्म्सले एक विज्ञाप्ति जारी गर्दै प्रदर्शन नगर्ने जानकारी गराएको थियो।

पछिल्लो समय हिन्दी चलचित्र आदिपुरुषका निर्माताले नेपाल भारत भित्र रहेको भन्ने झन् विवादित अभिव्यक्ति दिएको छ। यो चलचित्र रामायणमा आधारित छ। यसको सह-लेखक तथा निर्देशनक ओम राउत हुन् भने टि-सिरिजले निर्माण गरेको हो। फिल्मका पात्रहरुमा प्रभास, सेफ अलि खान, कृति सनन, सनी सिंह र देभदत्त नेगी लगायत रहेका छन।