गैरआवासीय नेपाली संघ भनेको गैरआवासीय नेपालीहरुको मात्र हो:सोनाम लामा पूर्व उपाध्यक्ष

Hollywood Khabar June 28,2023 Comments

गैरआवासीय नेपाली संघको स्थापना भएको २ दशक बित्दा पनि प्रमुख एजेण्डाले किनारा पाउन सकेको छैन। नागरिकाको निरन्तरता दसकौं पछि गैरआवासीय नेपाली नागरिकता ऐन बनेको छ। त्यसमा धेरै कुरा पुगेको छैन तर पनि एउटा सुरुवात भने भएको हो। म आफू पनि दशकौं देखि नागरिकताको निरन्तरता, यसको कार्यदल अध्यक्ष हुने देखि विभिन्न तहमा गर्नु पर्ने लवीमा पनि संलग्न छु। 

अब यो नगरिकता ऐन, नेपाल सरकारको गैरआवासीय नेपालीहरु भन्ने ब्याख्या अनि यसको शाब्दिक अर्थले पनि गैरआवासीय नेपाली संघ (एनअरएनए) गैरआवासीय नेपाली (एनआरएन) हरु को मात्र हुनुपर्छ, टुरिष्टहरुको होइन भन्ने हो। नेपाल सरकारको ब्याख्या अनुसार बिदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशी भन्ने छ। 

गैरआवासीय नेपाली भन्ने शब्दले नै अर्को देशको स्थायी वासिन्दा अर्थात पीआर/ग्रीनकार्ड भएकाहरु हुन्। त्यसैगरी नेपालको संबिधान र पछिल्लो पटक आएको नेपाली नागरिकता ऐन अनुसार पहिले नेपाली रहेका तर पछि अर्को देशको नागरिकता लिएका या नेपाली मुलकाबाट बिदेशमा जन्मिएका कारण बिदेशी नागरिक बनेका सन्तती समेत गैरआवासीय नेपाली भन्ने ब्याख्या।

एनआरएन ऐनले अर्को पनि स्पष्ट पारिदिएको छ, सार्क देश भन्दा अन्यत्र कम्तिमा दुइ बर्ष या त्यो बर्ष भन्दा धेरै बसेका, नेपालका बैतनिक कर्मचारी र अन्तराष्ट्रिय बिधार्थीको स्टाटस बाहेककाहरु गैरआवासीय नेपाली हुन्। संघको सदस्यता पनि उनीहरुले नै लिने-दिने हो।

संबिधान, ऐन र नागरिकता ऐन समेतको जोड गर्दा सो संघको प्रकृति पनि नयाँ खालको भएको छ। अब संघको स्वरुप, संरचना र आबद्धता पनि मिलाउँदा पंजीकृत सदस्य समेत जम्मा दुइ थरीलाइ मात्र दिनुपर्ने अवस्था हो।

जो २ बर्ष या त्यो भन्दा कम अर्को देशमा छ त्यो अबको संघको हिस्स हुन सक्दैनन। तर जो अर्को देशको स्थायी वासिन्दा छ र नेपाली मुलको बिदेशी हो उनिहरु मात्र एनआरएन हुन्। एनआरएनएमा उनीहरु नै सदस्य हुन सक्दछन। कसैलाई यो मन परोस या नपरोस सत्य र बैधानिक कुरा यहि नै हो।