डिलुराम पराजुली अध्यक्ष पदका लागि उम्मेदवार

एनआरएनहरुको एजेण्डामा अमेरिकाको भूमिका लिडिङ्ग हुनुपर्छ:अध्यक्षका उम्मेदवार डिलु पराजुली

Hollywood Khabar July 13,2023 Comments

**उम्मेदवारको अनुरोध अनुसार, हलिउडखबरसँग रहेको पहिलाको प्रोफाइल र प्राप्त जानकारी अनुसार पोस्ट गरिएको, जुलाई १३, २०२३**

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद-एनआरएनए एनसीसी अमेरिकाको २०२३-२०२५ कार्यकालको लागि निर्वाचनमा उपाध्यक्ष डिलुराम पराजुली अध्यक्ष पदका लागि उम्मेदवार हुनुहुन्छ। 

नेपालको स्याङ्गजा जिल्लामा जन्मिनु भएका डिलुराम पराजुली नेपालमा रहँदा स्वास्थ्यकर्मी हुनुहुन्थ्यो। विसं २०५४ सालमा लोकसेवा पास गरेर नेपाल सरकारको स्वास्थ्य निकायहरुमा काम गर्नुभयो। पछि स्याङ्गजाको वालिङ्गमा आफ्नै स्वास्थ्य ब्यबस्साय समेत संचालन गर्नुभयो।

२००३ मा अमेरिकाको केन्टकी आउनु भएपछि भने बिस्तारै यहाँकै ब्यबसाय गर्न थाल्नुभयो। हाल उहाँका आधा दर्जनजति रिटेल-कन्भिनेण्ट स्टोरहरु संचालन छन। यसबाहेक पर्यटन, होटल लगायत क्षेत्रमा समेत उहाँको लगानी रहेको बताउनुहुन्छ।

उसो त केन्टकीमा रहंदा सामाजिक र नेपाली समुदायमा समेत भिजेको दावी उहाँको रहेको छ। २०१५ मा पराजुली एनआरएनए एनसीसी अमेरिकाको सदस्य बन्नुभएको हो। २०१७-२०१९ र २०१९-२०२१ दुइ कार्यकाल एनआरएनए एनसीसी अमेरिकाको केन्टकी राज्य च्याप्टर अध्यक्ष भएर काम गर्नुभएको हो।

उस्तो त उपाध्यक्ष पराजुलीले २०१७, २०१९ र २०२१ मा गरी तीन (३) पटक लगातार रुपमा संघको अन्तराष्ट्रिय परिषदको सम्मलेनमा र महाधिवेशनका लागि अमेरिकाको प्रतिनिधि भएर भाग लिनु भएको छ।

२०२१-२०२३ मा चाहिँ उहाँले एनआरएनए एनसीसी अमेरिकाको उपाध्यक्षको रुपमा काम गर्दै आउनु भएको छ। यस बाहेको यो अबधिमा उहाँको नेतृत्वमा मेम्बर्शिप ड्राइभ र संस्था बिस्तारको लागि नेतृत्व गर्दै काम गर्नुभएको बताउनु हुन्छ।

दुइ-दुइ कार्यकाल च्याप्टर अध्यक्ष भएर काम गरेको अनुभव, एक कार्यकाल उपाध्यक्ष भएर संघका विभिन्न गतिबिधि र कार्यक्रमहरुमा नेतृत्व गरेको अनुभव। संघको एकिकृत रुपमा महाधिवेशन गरेर एक संघ बनाउन गरेको योगदानले पनि आफूलाई एक संघको अध्यक्ष हुनमा उत्साहित बनाएको उहाँको दावी रहेको छ।

आफूसँग निर्दिष्ट योजना छ, स-शाक्त टीम छ, आम एनआरएनअरुसंग पुग्ने अर्जुनदृष्टि छ। आम नेपाली अमेरिकन समुदायमा पुग्ने, ठुलो संघ बनाउने, धेरै काम गर्ने योजना आफ्नो छ।  

यति मात्र होइन आम एनअरएनहरुको बिषयमा नेपाल सरकार र संबद्ध पक्षसंग एनआरएनए अमेरिकाले बिश्वोलाइ नै लिड गर्नुपर्छ। तब मात्र हाम्रो कुरा र गैरआवासीय नेपाली नागरिकताको पूर्णाधिकार, बदलिँदो स्थितिमा हाम्रो भूमिका, आवश्कयता र नयाँ पुस्ताका समस्यालाइ नेपाल र अमेरिकामा समेत एड्रेस गर्न सक्छ।

यसै क्रममा आफूले अमेरिकाका साना-ठुला गरी थुप्रै शहरमा पुगेको, त्यहाँका सबैखाले नेपाली समुदायसँग भेटेको, उनीहरुको कुरा सुनेको र त्यसै अनुसार आफ्नो योजना गरेको पनि बताउनु भयो। 

अबको नयाँ परिस्थितिमा एनआरएनए एनसीसी अमेरिकाको भूमिका झन् बढेको छ। अझै संघको प्रमुख एजेण्डा नेपाली नागरिकताको सवालमा धेरै काम गर्न बाँकी छन्। अमेरिकामा पनि भाषा, संस्कृति, कला, साहित्य लगायतका बिषयमा फरक दृष्टिकोण हुनु जरुरी भएको बुझेकाले नै आफ्नो योजनामा यी कुरा छन्। 

छोटकरीमा भन्नुपर्दा एकिकृत, एजेण्डा फोकस, अस्थित्व र मुख्य एजेण्डामा काम गर्न नै मेरो अध्यक्षको लागि उम्मेदवारी हो। यसका लागि अरुले जस्तो राजनैतिक समायोजनमा धार्नी पुर्याउन टिपेर मैले टिम बनाएको छैन। बखेडा गर्ने र नीजि स्वार्थको लागि लागी पर्ने भन्दा पनि स्वेच्छिक रुपमा आउनु भएका अनुभवी, काम गर्ने उत्सुकता भएका, बिज्ञ र योग्यहरुको नेटवर्क गरेको छु। आफूसंग च्याप्टर देखि केन्द्रसम्म सबै क्षेत्रमा नेटवर्क छ। यो नै आफ्नो जित्ने दरिलो आधार हो पराजुलीको दावी रहेको छ।