एनआरएनए साउदी अरबको निर्वाचन कार्यतालिका, अब एकता होइन कार्यतालिका

Hollywood Khabar July 15,2023 Comments

गैरआवासीय नेपाली संघ-एनआरएनएको एकता संभव नभएपछि एनआरएनए साउदी अरबले २०२३-२०२५ अबधिको लागि नेतृत्व चयनको लागि तयारी पुरा गरेर कार्यतालिक प्रकाशित गरेको छ।

सो सूचना जस्ताको तस्तै:

NRNA साउदी अरबको निर्बाचन कार्य तालिका तथा आचार संहिता

१४ जुलाइ २०२३

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरबको २०२३-२५ को कार्यकालका लागि जारी गरिएको निर्बाचन कार्य तालिका तथा आचार संहिता देहाय बमोजिम हुनेछ ।

निर्बाचन कार्य तालिकाः (बुंदा १ को समयसिमा राती ११.५९ बजे र अन्य सबैको ८.५९ बजे हुनेछ)

१. नयां सदस्यता दर्ता गर्ने तथा नबिकरण गर्नेः १० जुलाइ २०२३ सम्म

२. मतदाता(पञ्जिकृत सदस्य)हरूको पहिलो सूची प्रकाशन गर्नेः १४ जुलाइमा

३. मतदाता सूचीमा दाबी बिरोधः १६ जुलाइ सम्म

४. मतदाताहरूको अन्तिम सूची प्रकाशन गर्नेः १७ जुलाइमा

५. उम्मेदवारहरूले उम्मेदवारी दिनेः १८ जुलाइमा

६. उम्मेदवारूको प्रथम सूची प्रकाशन गर्नेः १९ जुलाइमा

७. उम्मेदवारहरू बिरूद्ध बिरोध, उजुरीः २० जुलाइ सम्म

८. उम्मेदवारहरूको साक्षात्कार (छलफल, प्रश्नोत्तर, बक्तब्य) २१ जुलाइ (शुक्रबार) का दिन

९. उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिनसक्नेः २२ जुलाइ सम्म

१०. उम्मेदवारहरूको अन्तिम सूची (नामावली) प्रकाशन गर्नेः २३ जुलाइमा

११. कार्यसमितिमा रहेका पदहरूभन्दा बढीको उम्मेदवारी रहेमा चुनाव (मतदान)मा जाने, चुनाव महाधिवेशनमै हुने र इलेक्ट्रोनिक माध्यमबाट समेत हुनसक्ने। (NCC साउदी अरबको बिधानको बुंदा ८.२ र १४.२ बमोजिम)

१२. महाधिवेशन हुनेः २८ जुलाइ २०२३ मा, दमाममा

पुनश्चः उम्मेदवारी आवदेन फारम र मतदान प्रकृयाबारे उचित समयमा जानकारी गराइने छ ।

निर्बाचन आचार संहिता तथा नियमावलीः

१. मतदाता सूचिमा रहेका सदस्यहरूले मतदानको अधिकार सहित र अन्य सदस्यहरूले पर्यब्यक्षकका रूपमा महाधिवेशनमा सहभागी हुनसक्नेछन ।

२. निर्बाचन समिती तथा निर्बाचनमै सघाउन गठित समन्वय समितिमा रहेका कसैले पनि आंफै उम्मेदवार बन्ने या कुनैपनि उम्मेदवारहरूको प्रस्तावक या समर्थक रहन पाउने छैनन । कसैको पक्ष या बिपक्षमा बोल्नु या प्रचार गर्नु यो आचार संहिताको उलंघन गरेको मानिने छ र आवश्यक कार्बाही हुनसक्नेछ ।

३. उम्मेदवारहरूले पनि अन्य उम्मेदवारहरूको प्रस्तावक या समर्थक रहन पाउने छैनन । कसैको प्रस्तावक या समर्थक रहिसकेकाहरूले पछि आंफै उम्मेदवारी दिएको पाइएमा त्यो पछि दिइएको उम्मेदवारी स्वतः रद्ध हुनेछ।

४. उम्मेदवारहरूले आफ्नो प्यानल खडा गरी सामुहिक उम्मेदवारी दिन तथा समुहगत प्रचार गर्नुलार्इ समेत यो आचार संहिताको उलंघन मानिने छ र निर्बाचन समितिले आवश्यक कार्बाही गर्नसक्नेछ ।

५. कुनैपनि उम्मेदवारहरूले राजनैतिक, धार्मिक, जातिय या क्षेत्रिय नारा दिर्इ प्रचार गर्न पाउने छैनन र उम्मेदवारहरूले एक अर्काको बिरूद्ध ब्यक्तिगत टिका टिप्पणी तथा गाली गलोच गर्न पाउने छैनन । यस्तो गरेको पाइएमा पनि आचार संहिताको उलंघन गरेको मानिनेछ र निर्बाचन समितिले आवश्यक कार्बाही गर्नसक्नेछ ।

६. परिषद (एनसिसी साउदी अरब)का सबै सदस्य तथा पदाधिकारीहरूका लागि उम्मेदवारहरू बिशुद्ध चरित्र तथा आचरण भएका, निश्वार्थ भावनाले नेपाल र नेपालीहरूका लागि यस संघमा तन, मन, धन र समय दिर्इ संगठनप्रति पूर्ण निष्ठावान समाजसेवीहरू हुनुपर्नेछ । कुनै पनि अबैध कृयाक्लापमा संलग्न ब्यक्तिहरू तथा नेपाली कामदारहरूलार्इ ठगेका र अलपत्र पारेका कुनैपनि म्यानपावरका एजेण्ट तथा भिषाका कारोबारीहरू, यस संघप्रति बेइमान र संघको कार्बाहीमा परेकाहरू (संघको बिधानको दफा २५.३ बमोजिम कसुर प्रमाणित भइ आइसिसीले सदर गरी कार्बाहीको टुंगो लागेकाहरू) परिषदका लागि उम्मेदवार भएमा र तिनका बिरूद्ध यस निर्बाचन समितिमा बिरोध या उजुरी परेमा छानबिन गरी ती ब्यक्तिहरूको उम्मेदवारी रद्ध हुनसक्ने छ ।

७. यस संघको कुनैपनि निकायमा रही पद मुताविक संघमा बुझाउनुपर्ने सदस्यता शुल्क नबुझाउने, बेरूजु फर्स्यौट नगर्ने, कबोल गरिएको रकम, Mandatory Contribution नदिने तथा संघको कोष संघको बैंक खातामा जम्मा नगरी अनधिकृत तवरमा खल्तीमा राख्नेहरूको उम्मेदवारी स्वतः रद्ध हुनेछ ।

निर्बाचन समिति

एनआरएनए साउदी अरब

इमेलः ecnccksa@gmail.com

निर्बाचन समितिः

१. संयोजकः धरम के.सी.

२. सदस्यः

३. सदस्यः

४. सदस्यः

५. सदस्यः