एनआरएनए युकेको चुनावमा निर्वाचन समिति नै धांधलीमा उत्रियो, एमआइएसको नाङ्गो नाँच

Hollywood Khabar July 15,2023 Comments

लन्डन-गैरआवासीय नेपाली संघ-एनआरएनए युकेका निर्वाचित अध्यक्ष प्रेम गाहा मगरलाई हटाएको दावा गर्ने एनआरएनए युकेको निर्वाचनमा निर्वाचन समिति नै नाङ्गो नाँचमा उत्रिएपछि चरम विवादमा परेको छ।

निर्वाचन समितिले उम्मेदवारी दिने म्याद सकिए पछि पनि उम्मेदवारहरुलाई एक पदबाट अर्को पदमा उम्मेदवारी दिन छुट दिएको र तोकिएको समय पछि पनि सदस्यहरुको शुल्क एकमुष्ट तिरिएको थाहा भएको छ। त्यस्तै निर्वाचन समिति बाहेकका व्यक्तिहरुलाई गोप्य सूचनासम्म पहुँच दिइएको पनि खुलेको छ।

एनआरएनए युकेका निर्वाचित अध्यक्ष प्रेम गाहा मगरलाई हटाएको दावी गर्दै आएको अर्को समूहले चिरन्जीवी ढकालको संयोजकत्वमा पत्रकार बिपिन निरौला तथा तमु धी युकेका अध्यक्ष हरि गुरुङ रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। एनआरएनए युकेका निर्वाचित अध्यक्ष प्रेम गाहा मगरलाई हटाएको दावी गर्दै  २२ जुलाईमा हुने मतदानमा हितकाजी गुरुङ, नारायण कँडेल र दिनेश घिमिरेकाबीच प्रतिस्पर्धा हुंदैछ।

एनआरएनए युकेलाइ नजिकबाट हेर्ने हाम्रा प्रतिनिधिका अनुसार ढकाल नेतृत्वको निर्वाचन समितिले एउटै स्क्रिन शट राखेर सदस्यता अप्लाई गरेका १५० देखि २५० जना भन्दा धेरैको सदस्यता आवेदन स्वीकृत गरेको छ। एमआइएसको दुहाइ दिने रसियन माफिया टिमले त्यसै एमआइएसलाइ प्रयोग गरेर नाङ्गो नाँच नाचेको छ।

यतिमात्र होइन, तथाकथित निर्वाचन समितिले मुखुण्डो लगाएर नाङ्गो नाँच देखाएको छ। पुतला जस्तो निर्वाचन समितिले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका एमाले कार्यकर्ता तिलक भट्टराईलाई उम्मेदवारी दर्ता गर्ने समय सकिए पछि पनि कोषाध्यक्षको उम्मेदवारी खारेज गरी फेरी सचिव पदमा उम्मेदवारी दर्ता गर्न दिएको थियो। त्यसपछि सरोज थापा र तिलक भट्टराई सचिव पदमा निर्विरोध भएको घोषणा गरेका छन्। त्यस्तै सचिवमा उम्मेद्वारी दिएका मोहन ओलीलाई उम्मेदवारी फिर्ता लिन लगाई उम्मेदवारी दर्ता गर्ने समय सकिए पछि सदस्य पदमा उम्मेदवारी दर्ता गर्न दिइएको थियो। अनि ओली पनि निर्विरोध निर्वाचित भएको घोषणा गराइएको छ।

रसियन माफियाको कब्जामा रहेको एमआइएस ठीक होइन भन्ने कुरा भन्दा-भन्दै यो रुप अहिले आएर बेलायतबासीले देखेका छन्। निर्वाचन समिति नै यसरी धाधलीमा उत्रिएकाले यसले गराउने अनलाइन भोटिंगमा विश्वास गर्न नसकिने भन्दै विरोध जनाएउनेहरु पनि निस्केका छन। तमु धी युकेका सदस्यहरुले अध्यक्ष हरि गुरुङले  निर्वाचन समितिबाट राजीनामा नदिए संस्थालाई विवादमा पारेको भनी तमु धी युकेको अध्यक्ष पदबाटै राजीनामा मागिने बताएका छन्।

एनआरएनबारे सूचनाको ठेक्का भने सो माफिया गुटका नाइके हेमराज शर्माले आफ्नै सहोदर भाइनाइलाइ अनधिकृत रुपमा कसले कति बेला उम्मेदवारी दियो भनेर लाइभ मनिटर गरिरहेको पनि थाहा भएको छ। निर्वाचन समितिले के, कति कारणले उनलाई त्यस्तो एक्सेस दियो जवाफ दिएको छैन। यसबारे बुझ्न खोज्दा निर्वाचन समितिका संयोजक ढकालसंग सम्पर्क हुन सकेन।

स्मरणीय कुरा अहिले सम्म रसियन माफिया गुटले संघका सदस्यहरुको लिष्ट कुनै पनि एनसीसीहरुलाइ दिएका छैनन।