एनआरएनए अमेरिकाले आसन्न महाधिवेशनलाइ केन्द्रित गर्दै बैठक बस्ने

Hollywood Khabar July 15,2023 Comments

गैरआवासीय नेपाली संघ-एनआरएनए अमेरिकाले एकताको राष्ट्रिय महाधिवेशन सम्भव नभएपछि २०२३-२०२५ अबधिको लागि राष्ट्रिय महाधिवेशन लगायत बिषयमा निर्णय गर्न बैठक बोलाउने भएको छ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुर्य लम्साल हाल नेपालमा रहनु भएकाले वरिष्ठ उपाध्यक्ष ज्ञानल थापा कार्यवाहक अध्यक्ष हुनुहुन्छ। कावा अध्यक्ष थापाले भन्नुभयो, गैरआवासीय नेपाली संघ विदेशमा बस्ने नेपालीहरुको लागी अत्यावश्यक विशुद्ध  सामाजिक संस्था हो। यस भित्र बिध्यमान सबै प्रकारका कमी-कमजोरी, संस्थागत अनियमितता र आर्थिक पारदर्शिताको उत्तम प्रणाली अपनाएर एनआरएनएलाई सल्यक्रिया गरि नयॉं सिराबाट अगाडी बढ्नुको विकल्प नरहेको कुरा बताउँनु भयो। 

एनआरएनए बिभाजनको प्रमुख कारणको पहिचान गरेर त्यसको निरकारण पश्चात मात्र एकता गर्नु सार्थक हुन्छ नत्र एकतको कुनै अर्थ छैन भन्ने मेरो व्यक्तिगत धारणा रहि आएको हो। तर संस्थाको हितको हामी सबैले एकताको प्रयास गरेका नै हौँ। हाल आएर अर्को पक्षले हाम्रो आन्तरिक जानकारीहरु मात्र लिन खोजेको तर उनिहरु तर्फको चॉंही हामीलाई उपलब्ध नगराउँने जालसॉंझी मात्र गरेको हाम्रो बुझाई रह्यो।

दुई पक्ष मिल्नु भनेको दुवै पक्षका समान अस्तित्त्व स्विकार्नु, सदस्य संख्या र विवरणहरु प्रष्ट हुनु, आर्थिक पारदर्शी हुनु, निर्वाचन प्रणाली किटान गर्नु लगायत दर्जनौं विधी र नीतिको स्पष्टता अपरिहार्य हुन्छ। दुई पक्ष मिल्नु भनेको एउटा पक्ष तानाशाही बन्नु र अर्को पक्ष आत्मसमर्पण तरिकाले सहमत हुनुलाई एकता भन्न सकिन्न। हाल आएर अर्को पक्ष तिम्रो ल्याउने तर हाम्रो दिन्न भन्ने रणनीतिका कारण दुई एनआरएनए एकता हुँने सम्भावना समाप्त भएको निष्कर्ष निकाल्दै अब एजेण्डा तयार गरेर बैठक बोलाउने तयारीमा छु।

खासगरी एनआरएनए अमेरिकामा दुइ फरक आधिकारिक रुपमा दर्ता भएका संघहरुको एकताको राष्ट्रिय महाधिवेशन सम्भव नभएपछि हामीले आफ्नै तरिकाले जानुपर्छ। त्यसैले सदस्यता, निर्वाचन प्रक्रिया र आसन्न राष्ट्रिय महाधिवेशनको तयारी जस्ता बिषयमा छलफल गरिने जानकारी थापाले दिनुभयो।