एनआरएनएका राष्ट्रिय महाधिवेशन तयारी लगायतका बिषयमा निर्णय गर्दै आइसीसी बैठक सम्पन्न

Hollywood Khabar July 17,2023 Comments

गैरआवासीय नेपाली संघका अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा जुलाई १७, २०२३ सोमबार जुममा बसेको अन्तराष्ट्रिय परिषद बैठकले विभिन्न एजेन्डाहरुमा छलफल गर्दै निर्णय गरेको छ।

निर्णयहरु

१. राष्ट्रिय महाधिवेशन संबन्धमा: तत्काल विश्वभरिका सबै एनसीसीहरु सम्मानजनक रुपमा एकता हुने अवस्था नदेखिएकाले एनसीसीहरुले आफ्नो देशको परिस्थिति र बिधान अनुसार सदस्यता खुला गर्दै राष्ट्रिय महाधिवेशनको तयारी गर्ने। यसका लागि आरसीहरुले पहल गर्ने। 

२. एकताको ११ औं महाधिवेशनबारे: अर्को पक्षसँगको संयुक्त बैठकमा भएका ७ वटा निर्णयमध्ये हामीले विश्वभरि नै पहलको पालना गरेको तर अर्कोपक्षले कार्यान्वयन नगरेकाले सबै कुराको प्रतिवेदन सहित नेपाल सरकारलाइ जानकारी गराउने। 

३. आगामी राष्ट्रिय तथा अन्तराष्ट्रिय महाधिवेशन र अन्य एजेण्डाहरुमा छिट्टै पदाधिकारी बैठक बस्ने।

सचिव 

कृष्ण के सी

गैरआवासीय नेपाली संघ

जुलाई १७, २०२३