अमेरिकाको निर्वाचनमा पराजुलीको प्यानल र डा बन्जाडेको लठबन्धन प्यानलबिच प्रतिस्पर्धा

Hollywood Khabar July 18,2023 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद-एनआरएनए एनसीसी अमेरिकाको २०२३-२०२५ कार्यकालको निर्वाचनमा उपाध्यक्ष डिलुराम पराजुली र पूर्व बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडेबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा छ।

१६ हजार भन्दा धेरै पंजीकृत सदस्य रहेको एनसीसी अमेरिकाको चुनाव जुलाई २३-२३, २०२३ मा अनलाइनमा हुने भएको छ। सो निर्वाचनमा अध्यक्षका लागि मुख्य दुइ प्रतिस्पर्धी रहेका छन्। उसो त अमेरिकालाई रसियन माफीयाहरुले जहिले पनि लफडा र झगडामा फसाउने गर्छन। यो पटक पनि उनीहरुले एमआइएस भन्दै सदस्य कब्जामा लिएर भेरो र सेरो भन्दै जोड-जाड गरेर डा बन्जाडेलाइ उतारेका छन्।

करिव १० वटा जति क्षेत्रहरुमा जस्तोकी मतदाताको सपोर्ट, उम्मेदवारहरुको योग्यता, प्यानल, सपोर्ट गर्नेहरुको समाजमा प्रभाव, उम्मेदवारहरुको क्षमता र योग्यता, टाउनहल मिटिङ्गको उपस्थिति, सामाजिक संजालमा देखिएको सपोर्ट, पब्लिक भएका राज्य स्तरिय डेटाबाट गरिएको मुल्यांकन लगायतबाट हेर्दा डा बन्जाडेको लठबन्धनको नामको रसियन फाफिया नियन्त्रित प्यानल भन्दा पराजुलीको एकल प्यानल दरिलो देखियो।

आइसीसी सदस्य देखि राज्य च्याप्टर सम्म नै पराजुलीको टिम बलियो देखियो। उनका प्रतिस्पर्धी डा बन्जाडेको प्यानलमा एमाले, माओवादी, राप्रपाहरु र केहि कांग्रेसीहरुको लठबन्धन छ। हुन त कतिपय राज्य च्याप्टरमा उनको पनि प्यानल देखिएका छन तर त्यसमा स्पष्टता छैन छरपष्ट छ।

दुवै प्यानलमा रहेका उम्मेदवारहरुको योग्यता, क्षमता र योगदानमा घटी या कमि होलान तर उनीहरुको मोटिभ भने विल्कुलै फरक देखियो। पराजुलीको मत मगाइमा एकरुपता पाइयो भने डा बन्जाडेको प्यानलमा एमालेले आफूलाई मात्र मत मागेका छन् तर प्यानल चाहिं बन्जाडेको भन्ने गर्दा रहेछन। यसबाट एमालेको मत अध्यक्षमा तटस्थ बस्ने जस्तो देखिएको छ। हुन त एमालेको सरदर मत अघिल्लो पटक ७०० देखि ८०० थियो यो पटक झन् घटेर ४०० देखि ५०० मा झरेको पाइयो।

अर्को तर्फ डा बन्जाडेका ब्याक-इनहरुले उम्मेदवारहरुलाइ पनि एता र उता नचाउने गरेका छन्। युवा उपाध्यक्ष उठाइएका कोलोराडोका पन्त थरका युवालाई फेरेर युवा संयोजक त्रिभुवन पाण्डेलाइ राखिएको कुरा जुलाई १७ मा आएको हो। एकजना रेग्मी थरका उम्मेदवारलाइ पनि त्यसै गरिएको कुरा भर्खरै आएको छ। डा बन्जाडेको टिमका कोषाध्यक्षका उम्मेदवारले जनजातीहरुका बिषय उल्टा-सिधा र असभ्य भाषा प्रयोग गर्दै कुरा पोख्नाले त्यसको ब्याकफायर स्वयं बन्जाडे समेतलाइ परेको छ।

उसमाथि डा बद्रि केसीहरुको इलेक्शन भेण्डर “भेरो” हो की “मेरो” हो कम्पनिसँग गरिएको कमिशन चक्कर त सबैलाई थाहा नै छ। त्यहि कमिशन र माफिया समूहले बोकेका कारण डा बन्जाडे समूहलाइ त्यसको उल्टा असर नपर्ला भन्न सकिन्न। 

दुवै प्यानलका केहि उम्मेदवारहरु बीच भने कडाखाले प्रतिस्पर्धा हुने देखिएको छ। खासगरी बरिष्ठ उपाध्यक्ष अन्जन चौलागाई, पराजुली प्यानल र विकासराज उप्रेती, डा बन्जाडे प्यानल अनि केहि उपाध्यक्षहरुमा कडा खाले प्रतिस्पर्धा छ।  

उपाध्यक्षका प्रतिस्पर्धीहरु मध्ये रकेट साइन्टिष्ट राजीव श्रेष्ठ अघिल्लो चुनावमा जस्तै सबै भन्दा अग्रस्थानमा देखिए। महासचिव र कोषाध्यक्षका उम्मेदवारबीच खासै प्रतिस्पर्धा नै देखिएन, दुवै जना पराजुली प्यानलबाट अगाडी देखिए। 

उम्मेदवारहरु बिचको प्रतिस्पर्धा, मतदातको विवेक र केहि ब्यक्तिगत संबन्ध र प्रभावका कारण अरु केहि पदहरुमा भने प्यानल भन्दा पनि मिश्रित नतिजा आउने देखियो। बोर्ड सदस्य त जहिले पनि प्रतिस्पर्धा नै हुन्छ।

यी दिनहरुमा अमेरिकाको पूर्वी क्षेत्रको खराब मौसले गर्दा हवाई यात्रा कठिन भएको छ। तर पनि दुवै पक्षले हालसम्म गरेका टाउनहल मिटिङ्गहरु र दौडधुप द्रुत गतिमा नै गरेका छन्। ति कार्यक्रमहरुमा उपस्थिति र सपोर्ट हेर्दा पराजुली पक्ष धेरै अगाडी देखियो। 

यो पटकको सुन्दर पक्ष भनेको जनसम्पर्क समिति, प्रवासी मंच जस्ता राजनैतिक खेमाहरुको प्रभाव विल्कुलै देखिएन। हुन त उनीहरु मध्ये कोहि एक दशक देखि अधिवेशन नगरी कोरा बसेका छन् भने कोहि लुकेर अधिवेशन गर्दै यो पटक एनआरएनमा नबोल्ने भन्दै दुला पसेका छन्।

अर्को पक्ष भनेको गैरआवासीय नेपाली संघ दुइवटा हुनाले त्यसको प्रभाव गज्जबले परेको पाइयो। ३ हजारको हाराहारीमा रहेका आजीवन सदस्यहरु मध्ये १४ सय जति आजीवन सदस्य तटस्थ बसेका छन्। त्यो मत नै अध्यक्षका प्रत्यासी पराजुली र डा बन्जाडेको लागि निर्णायक मत हुने देखिएको छ। 

त्यसमाथि अर्को एनआरएनको समूहको पक्षमा रहेका तर दुवै फरक संस्था भएकाले दुवैतिर मतदाता हुनेहरु पनि केहि सयको संख्यामा छन्। केन्द्रमा डा बद्रि केसी लाइनले गरेको बेइमानीले गर्दा त्यो मत बन्जाडेले गुमाउने देखियो। बाहिर नदेखिए पनि भित्र-भित्र भने उनीहरु पनि धेरै सकृय छन्। 

जे सुकै भएता पनि २/३ जना विश्लेषकहरुले मिलेर-विगतको डाटा रेकर्ड, अहिलेको माहोल, सबै होल्डिङ्ग पक्षको मुल्यांकन गरेर एउटा अध्ययन गरेको छ। सो अध्ययन अनुसार अमेरिकामा यो पटक १६ हजार प्लस पंजीकृत सदस्य मध्ये १० हजार देखि १२ हजार सम्म मात्र मत खस्ने अनुमान गरिएको छ।

पूर्वी क्षेत्र देखि पश्चिम क्षेत्रसम्म गरिएको आंकलन अनुसार पराजुलीले क्यालिफोर्निया, ओरेगन, यूटा, कोलोराडो, टेक्सस, केन्टकी, न्यूयोर्क, विस्कान्सिन, इलेनोइ, भर्जिनीया, मेरिल्याण्ड, बाल्टीमोर लगायत राज्यमा भारी मतले लिड गर्ने आंकलन देखियो।

आधा दर्जन जति व्यक्तिहरुले मिलेर गरिएको अर्को आन्तरिक मुल्यांकन रिपोर्ट अनुसार कम्तिमा पनि १२ सय देखि १७ सय जतिको मत अन्तरले पराजुली डा बन्जाडे भन्दा अगाडी रहेको पाइयो। अब बाँकी कुरा त मतदानले देखाउला।