अमेरिकाको चुनावमा डाटा ब्रिच, डा केसीद्वारा स्विकार, भेरोको सिष्टममा ग्लीच, रि-इलेक्शनको संकेत

Hollywood Khabar July 23,2023 Comments

गैरआवासीय नेपाली संघको नाममा अमेरिकामा आजीवन सदस्यलाइ फालेर गरिएको निर्वाचनमा रसियन माफियाहरुले पूर्ण रुपमा नियन्त्रण गर्न सफल भएको स्पष्ट भएको छ। यति मात्र होइन डाटा ब्रिच भएको कुरा स्वयं डा बद्रि केसीले लिखित रुपमा नै स्वीकार गरेका छन्। सो इमेलको प्रति पनि हलिउडखबरसँग सुरक्षित छ। 

निर्वाचन सम्पन्न भएपछि भेरोबाट डाटा लिएर डा बद्रि केसीले रिजल्ट अनाधिकृत रुपमा लिक गरेको स्वीकार्दै लिखित पत्र पनि पठाएका छन्। अचम्मको कुरा त भेरोको फेस-भेरिफिकेशनमा पनि ग्लीच छ। कतिपयमा रियल व्यक्तिको पनि फेस लिंदैन त कतिमा जो-कोहि, सदस्य भन्दा अन्य पनि लाइभ फेस भए पुग्छ। यो पटकको सड्यन्तरको स्पेशल नै यहि ग्लीच हो।

निर्वाचन संबन्धित जानकारी दिन बोलाइएको पत्रकार भेटघाटमा निर्वाचन आयोगका प्रमुख बासु फुलाराले बिस्तृत रुपमा जानकरी दिएका हुन्। उनका अनुसार, सबै भन्दा पहिला आफूले नतिजा पाउने, अनि डेटा भेरिफाई गर्ने, प्रिन्ट गर्ने, अडिट गर्ने अनि प्रकासित गर्ने हो। खासमा त इलेक्शन प्लान अनुसार, रिजल्ट भोलि मात्र दिनुपर्ने हो। तर त्यसो नहुँदै रिजल्ट बाहिएर आएको थियो।

उनले भने, आफूले दिनको १२:२१ मा नतिजा पाएको, खाना खाने समय भएकाले १:१० मा रिजल्ट डाउनलोड गर्दा सबै रिजल्ट पब्लिक भैसकेको पाइयो। यो बिचमा फुलारालाइ भेरोले दिएको लगइन पासवर्ड पनि फेरी माग्नुपरेको, लगइन पाएपछि, नतिजा पहिला नै बाहिर कसरी भयो भन्ने प्रश्न उठेकाले, अनुसन्धान गरेर रुजुगर्नु जरुरी भएको बताए। उनले आइसीसीको टिम र आफूबीच बैठक भएको, बैठकमा उनीहरुले गल्ति भएको स्विकारेको बताए।

फुलाराले भेरो कम्पनिका मुख्य मान्छेसंग माष्टर रेकर्ड मगाएको, उनले ३ घण्टा मागेको पनि जानकारी दिए। त्यो मास्टर रेकर्ड हेरेर,  त्यसको कुनै मेनिपुलेट, ग्लीच या ब्रिच भएको हो या होइन अडिट सम्पन्न गर्ने। यदि आफूले पाएको डाटा, रेकर्ड र भेरोको रेकर्ड म्याच भएमा नतिजा प्रकासित गर्ने अन्यथा कुनै निर्णयमा जाने बताए।

अमेरिकाको बिधान अनुसार निर्वाचन आयोगलाइ एनसीसीले मतदाता लिष्ट दिने, आयोगले भेण्डर छान्ने अनि निर्वाचन प्रक्रियामा जाने ब्यबस्था छ। तर यो पटक त्यसो भएन। १७०० भन्दा धेरै आजीवन सदस्य फालेर मतदाता लिष्ट रसियाबाट आयो, नतिजा पनि रसियाबाटै आयो। बाँकी हेरेको हेरै।

बिहान फुलाराले नतिजा पाउनु पहिले नै सुभकामना दिने काम भयो। नतिजा आउनु पहिला नै रसियन गुटले मिशन अकम्प्लिश भनेर फेसबुकमा लेखेका छन्। केहि आजीवन सदस्यहरुले पुन:निर्वाचन गराउन अभियान सुरु गरेका छन्।