एनआरएनए क्यानाडाको बैठक सम्पन्न, राष्ट्रिय महाधिवेशन गर्ने निर्णय, सदस्यता वितरण अगष्ट २०२३ सम्म

Hollywood Khabar July 24,2023 Comments

गैरआवासीय नेपाली संघ (ग्लोबल) क्यानाडाको बैठक जुलाई २३, २०२३ आइतबार सभापति अन्जनीराज भट्टराइको सभापतित्वमा बस्यो। बैठकले आगामी राष्ट्रिय महाधिवेशनलाइ मध्ये नजर गर्दै विभिन्न निर्णयहरु गरेको छ।

१. अन्तराष्ट्रिय परिषदको पछिल्लो गतिबिधिबारे जानकारी 

गैरआवासीय नेपाली संघका अध्यक्ष बिनोद कुँवर र सचिव कृष्ण के सीबाट संघका पछिल्ला गतिबिधिबारे जनागरी दिंदै दुइ संघको एकीकरण हुन अर्को पक्षका कारण तत्काल संभावना नभएको जानकारी गराउनु भयो। साथै बैठकमा उपस्थित भएर एनआरएनए (ग्लोबल) क्यानाडाले राष्ट्रिय महाधिवेशन गर्ने तयारी गर्न निर्देशन समेत दिनु भयो।

२. राष्ट्रिय महाधिवेशन निर्देशिका

आगामी महाधिवेशनको लागि अन्तराष्ट्रिय परिषदको बिधान समेत मध्ये नगर गर्दै राष्ट्रिय महाधिवेशन निर्देशिका २०२३ तयार गर्ने निर्णय गरियो। निर्देशिकामा निर्वाचन प्रणाली, महाधिवेशन संचालन कार्यविधि, महाधिवेशनको लागि विभिन्न समितिहरुको गठन, अन्तराष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन, अन्तराष्ट्रिय परिषद सदस्यका लागि आइसीसीको बिधान अनुसारको योग्यता सहितको निर्वाचन बिधि लगायतका कुराहरु हुनेछन। यसका लागि भोजराज भट्ट, अन्जनीराज भट्टराइ र सुमन पौडेल रहेको तीन सदस्य कमिटी गठन गरिएको छ। 

३. सदस्यता

ग्लोबल एनआरएनए क्यानाडाको कार्यकाल २०२३-२०२५ को लागि सदस्यता अगष्ट २०२३ सम्म वितरण गरिने छ। त्यसपछि स्थगन गरिनेछ। राष्ट्रिय महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वको पहिलो वैठकले २०२५-२०२७ कार्यकालको लागि सदस्यता पुन: खुला गर्नेछ। यो अबधिको लागि सदस्यता बितरण, बिस्तार र ब्यबस्थापन गर्नको लागि छिट्टै एक समिति गठन गरिने छ। 

४. महाधिवेशन नभए सम्मको लागि पदाबधी थप गरिएको 

ग्लोबल एनआरएनए क्यानाडाको वर्तमान कार्यसमितिको बदाबधि आगामी राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन नगरे सम्मको लागि थप गर्ने निर्णय गरिएको छ। 

५. ग्लोबल एनआरएनए क्यानाडाको कार्यालय

ग्लोबल एनआरएनए क्यानाडाको कार्यालयको लागि संभावित सबै पहल गर्ने निर्णय गरिएको छ। 

६. राष्ट्रिय महाधिवेशन संबन्धि थप निर्णय अर्को बैठकले गर्ने छ।