एनआरएनए साउदीको राष्ट्रिय महाधिवेशनको रन्को र अध्यक्षमा बलराम थापा

Hollywood Khabar July 26,2023 Comments

दम्माम, साउदी। बिनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को समान्तर कमिटीको राष्ट्रिय समन्वय परिषद (एनसिसी) साउदी अरबको आगामी कार्यकाल २०२३–०२५ को लागि अध्यक्ष पदमा ईन्जिनियर बलराम थापाले उम्मेदवारी दिएका छन्।

धरान स्थित पूर्वाञ्चल ईन्जिनियरिङ कलेजबाट ईन्जिनियरिङ गरि नेपालकाे उद्योग मन्त्रालयबाट ईन्जिनियरको काम शुरु गरि साउदीको साउदी आराम्को अन्तर्गतको तेल र ग्यास क्षेत्रमा विगत १५ बर्ष देखि कार्यरत थापाले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्। झापा घर भएका थापा साउदीमा विभिन्न सामाजिक अभियान र श्रमिक राहत तथा उद्वारमा सक्रिय भइ विभिन्न सामाजिक संघ–संस्थामा सल्हाकारको भूमिका निर्वाह गर्दै आईरहेका छन्। 

अध्यक्षमा थापासँगै कोषाध्यक्षमा सी ए महम्मद नेहाल, सह कोषाध्यक्ष मा ई. नरेन्द्र गुप्ता र सदस्यहरूमा अर्जुन क्षेत्री, राजिब श्रेष्ठ, डोलेन्द्र कटुवाल र ज्ञानेन्द्र अधिकारीकाे उमेद्वारी स्वीकृत भएको छ भने केहि पदहरूमा कारण सहित उमेद्द्वारी अस्वीकृत भएको निर्वाचन कमिटीले जानकारि गराएको छ।

कुनै बिरोध र बाधा नभई द्रुत गतिमा साउदीको विकास हुनुमा यहांको क्षमतावान राज्य संयन्त्र रहेको बताउदै बिशेष गरी समाज सेवामा नैतिक मुल्य र मान्यता, वास्तविक श्रमिकको आवाजलाई आफ्नो पहिलो उदेश्य बनाउदै अध्यक्षमा उम्मेदवारी दिएका थापाले बताए। 

साउदीमा सक्रिय सम्पूर्ण संघ-संस्थासंग सहकार्य गर्दै श्रमिकको हकहितको लागि अघि बद्ने आफ्नो मुख्य एजेन्डा रहेको हुदा आफुलाई अध्यक्षमा समर्थन रहने उनको बिश्वास रहेको छ। इन्टरटेक साउदी अरेबिया लिमिटेडमा निरीक्षकण विशेषज्ञ ईन्जिनियरमा कार्यरत थापा संरचना, वास्तुकला, बिल्डिङ, इन्सुलेशन, फायर प्रूफिंग, कोटिंग/पेन्टिङ तथा वेल्डिंग लगायत निर्माण सुपरिवेक्षक हुदै क्वालिटी कन्टोलर प्रबन्धक, PID, VID GIS सम्मको म्यानेजमेन्ट लेभलमा साउदी आराम्कोमा कार्यरत रहेका छन्।

साउदी अरब को प्रतिष्ठित कम्पनीहरूः अल खतानी, अरबियन पाइप कोटीङग, ग्लोबटेक, साइपेम, मेकडरमट, बेकटेल, केन्टज, जिसीसी, जामील, इन्डस्ट्रिज, किफा प्रिकास्ट लगायत २० औं कम्पनीमा ईन्जिनियर रुपमा थापाले साउदी भित्रको ग्यास र तेल उत्पादन काम गरिसकेका छन्।

उक्त कम्पनीहरुमा उल्लेखनीय नेपाली कामदार कार्यरत रहने हुदा नेपाली श्रमिकको समस्याको बारेमा जानकार उनको उम्मेदवारीले साउदीमा श्रमिकहरुको पक्षमा केही हुन्छ कि भन्ने आशा पलाएको छ।