एनआरएनए साउदी अरबको राष्ट्रिय महाधिवेशन सम्पन्न, बलराम थापाको अध्यक्षतामा निर्वाचित नेतृत्व

Hollywood Khabar July 30,2023 Comments

जुलाइ २८, २०२३ शुक्रबारका दिन गौरवशाली संस्था गैरआवासीय नेपाली संघ-एनआरएनए साउदी अरबको राष्ट्रिय महाधिबेशन एनआरएनए आइसीसी उपाध्यक्ष उमेश पुडासैनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

एनआरएनए साउदी अरबको राष्ट्रिय महाधिबेशन तथा तथा सास्कृतिक कार्यक्रम दम्माम स्थित रोज गार्डेन होटलमा भएको थियो। महाधिवेशन एनसीसी साउदीका २०२१-२०२३ कार्यकालका अध्यक्ष कमल बहादुर शाहीको सभापतित्वमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा केन्द्रीय पर्यवेक्षक उमेश पुडासैनीकाे प्रमुख आतिथ्यमा भएको थियो। 

महाधिवेशनमा एनआरएनए साउदी अरबका संस्थापक अध्यक्ष, यस पटकका लागि निर्बाचन संयोजक तथा अन्तराष्ट्रिय परिषद सल्लाहकार धरम केसी एबम् दिदि बहिनी समुह साउदी अरबकी अध्यक्ष तुलसी माया गुरुङको विशिष्ट अतिथि हुनुहुन्थ्यो। महाधिवेशन सौहार्दपूर्ण ढङ्गमा सभ्य र भब्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रमलाई ऐतिहासिक सफलता हासिल गराउन मिडियाकर्मी एबम् पत्रकारहरु, विभिन्न संगठनका प्रतिनिधिहरु, स्थानीय कलाकारहरु, बौद्धिक रुपमा विशिष्ट व्यक्तित्वहरु, सामाजीक व्यक्तित्वहरु, खाडी मुलुकमा कार्यरत बिशुद्ध श्रमिकहरुको उल्लेखीय उपस्थितिले गर्दा हलको सीट क्षमता भन्दा अधिक रहेन गएको थियो।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदका उपाध्यक्ष उमेश पुडासैनीले एनआरएनए एक भएर जान थुप्रै प्रयास गरियो तर पनि पछिल्लो स्थितिमा बिभिन्न कारणहरूले एक हुन नसकेको बिचार राख्नु भयो। अब हामीहरु द्रुत गतिमा अगाडी जानु बाहेको अन्य विकल्प नरहेको बताउनुभयो।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबकाे आयोजनामा भएको कार्यक्रमलाई सौहार्दपूर्ण, सुव्यवस्थित र अनुशासित वातावरणमा सम्पन्न गर्न गराउन अहोरात्र खटिनु भएका पूर्व, बहालवाला पदाधिकारीहरु, विवादरहित कार्य समापन गराउनका लागी उत्कृष्ट भूमिका प्रस्तुत गर्नुहुने निर्बाचन सम्योजक, व्यवस्थापकीय सहयोगमा अहम भूमिका निर्वाहा गर्नुहुने संस्थाका प्रतिनिधिहरु, भौगोलिक हिसाबले टाढा टाढाबाट उपस्थीत हुने सम्पूर्ण मित्रहरुमा संघ हार्दिक धन्यवाद ज्ञापन गर्दछ। 

कार्यक्रममा बक्ताहरुले महत्वपूर्ण तथ्यहरु साहित बिचार राखनु भएको थियो। मन्तब्यको क्रममा निर्बाचन सम्योजक धर्म केसीले निर्बाचन प्रकृया बिधानत पुरै पारदर्शी र बिना कुनै बिवाद सम्पन्न गर्नु भएको थियो। उहाँले थुप्रै महत्वपूर्ण बिचारहरू तथ्यहरु पनि राखनु भएको थियो।त्यस्तै तुलसी गुरुङगले समाजमा ब्याप्त थुप्रै अब्यवस्थामा राजदूतको सहयोगले निराकरण गर्न सकिने कुरा गर्नुभयो। 

एनआरएनए एनसीसी कुवेतकी महिला संयोजक इन्दिरा राईले कुवेतमा भएका श्रमिकहरुको थुप्रै दुरावस्थाको उद्दार त्यहा स्थीत एनसीसी अध्यक्ष युवक राईको अगुवाइमा निराकरण गरिएको र अझै थुप्रै प्रयास भएको बताउनुभयो। अन्य संघ संस्था तथा नेपालका राजनैतिक पार्टीहरुका प्रबास साखाका प्रतिनिधिहरुले धेरै महत्वपूर्ण बिचार ब्यक्त गर्नु भएको थियो।

त्यस्तै हाल निर्बिरोध निर्वाचित अध्यक्षमा बलराम थापाले आफ्नो कार्यकालमा श्रमिकहरुको स्थर उन्नतिकाे लागी शिप अभिवृद्धि सम्बन्धी गोष्ठीहरु राख्ने त्यसबाट निश्चित नीति तय गरेर त्यसलाई कार्यन्वयन गर्न बताउनु भयो। श्रमिकको आय आर्जनमा बढोत्तरी भएन भने र त्यस सम्बन्धी माहौल बनेन भने जे सुकै गरे पनि कुनै अर्थ नहुने बताउनु भयो। समग्रमा आफ्नो नेतृत्वको कार्यसमितिमा एक्सपर्टहरु भएका अनि नैतिक र चारित्रिक रुपमा शुद्ध व्यक्तिहरू भएकोले पनि यस टिमलाई नेपाली राजदूताबास, अन्य संघ संस्था तथा श्रमिकहरुको तर्फबाट सहयाेग हुने अपेक्षा गर्दै राम्रो काम गर्ने प्रतिबद्धता जनाउनु भयो।

उसो त अध्यक्ष बलराम थापा आफै तेल तथा ग्यास क्षेत्रको निरीक्षण विशेषज्ञ तथा निरीक्षण इन्जिनियर हुनहुन्छ। कोषाध्यक्ष चार्टर एकाउन्टेन्ट नेहल उज्जमान हुनुहुन्छ भने सह-कोषाध्यक्षमा एमटेक इन्जिनियर नरेन्द्र गुप्ता हुनहुन्छ। त्यस्तै सदस्यहरुमा उत्पादन पर्यवेक्षक राजीव श्रेष्ठ, मानव संसाधन विशेषज्ञ अर्जुन क्षेत्री, ज्ञानेन्द्र अधिकारी र कार्यालय सचिव डोलेन्द्र कटुवाल हुनहुन्छ। त्यसै गरी रिक्त पदरु चाडै पूर्ति हुनेछ।

त्यसैगरी निवर्तमान अध्यक्ष कमल निर्मल शाहीले सम्पूर्ण उपस्थित नेपाली समुदाय, सहयोगी हातहरु र आफ्नो कार्यकालका सम्पूर्ण व्यक्ति र समुदायलाइ धन्यवाद दिंदै निवर्तमान नेपाली राजदुताबास रियाद सम्बन्धी महत्वपूर्ण धारणा ब्यक्त गर्नु भएको थियो। यसका साथै उहाँले नव निर्वाचित नेतृत्वको सफल कार्यकालको लागि शुभकामना दिंदै आफूले सक्दो सहयोग गर्ने समेत जनाउनु भयो।  

अन्तमा, नव निर्वाचित टिमलाइ हार्दिक बधाई र सफल कार्यकालको लागि शुभकामना व्यक्ति गर्दै उहाँहरुले साउदी अरबको अभिभावकिय निकाय नेपाली दुतावास र यहाँका सक्रिय संघ संस्थासँग श्रमिक समस्या निरकरण गर्न एवम् नीतिगत तवरमा सुधार गर्न सहकार्य, समन्वय र सहजीकरण गर्नेछ भन्ने शुभेच्छा सहित सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछु।

निबर्तमान महासचिब

अनुजा बुढाथोकी

गैरआवासीय नेपाली संघ साउदी अरब

जुलाई ३०, २०२३