भेरोले १ दर्जन पटक डामिएको अमेरिकाका एनआरएन, आजीवन सदस्य भएका डाम्नाहरु-भाग २

Hollywood Khabar August 02,2023 Comments

कृष्ण के सी अमेरिका, अगष्ट २, २०२३ 

हाम्रो भाषामा तातो बस्तुले पोल्नुलाइ डामेको भनिन्छ। डाम्नो भनेको चाहिं पशुमा पनि निच तहको पशुलाई गाली गर्ने शब्द हो। भाकल अनुसार बाछोलाइ शिवजीको नाममा साँढे छोड्न चाहिं निशानको लागि डामेर पठाउने गरिन्थ्यो रे। साँढे डाम्नुको अर्थ एक किसिमको साँढेलाइ दिइने आइडी होला।

तर विडन्वना डामेका साँढेलाइ शिवजीको बहान नन्दी भनेर छाडा छोड्छन। उसलाई जे जे पनि लुटेर खाने छुट छ, जता पनि जाने छुट छ। बाटो-घाटोमा सुत्न पनि छुट छ। त्यसमाथि नन्दी भनेर तिनैलाइ ढोग्ने पनि गरिन्छ। तिनै गाइका अर्का बाछा गोरु जसलाई जोतिन्छ। जोत्ने गोरुलाइ खाना-पानी पनि नदिएर घन्टौं जोत्छन उसमाथी दाम्लोली बाँधेर राख्छन्, जोखेर दुइ छाक खान दिन्छन।

एनआरएनमा डाम्नाहरुको शब्द चयन र कारण अघिल्लो लेखन भाग १ मा लेखिएको छ। यदि हेर्न चाहनुहुन्छ भने यो लिंक क्लिक गर्नुहोस:https://hollywoodkhabar.com/2023-08-01-23482भेरोले डामेका एनआरएनका डाम्नाहरु-भाग१

गैरआवासीय नेपाली संघ-एनआरएनएलाइ एनआरएनहरुको मुख्य मुद्धा सुल्ट्याउने नबनाएर निजि स्वार्थमा रत्यौलीको मैदान बनाउने डा उपेन्द्र महतो अनि जिबा लामिछानेहरुको रसियन माफिया गुटले हरेक पटक डामेका साँढे र जोतेका गोरुहरु हजारौं होलान। यसै प्रसङ्गमा एनआरएनको नाममा अमेरिकामा भएको चुनावमा भेरोले कसरी डामियो त्यो बारे अलिकति उल्लेख गर्दैछु।

अमेरिकामा दर्जन भन्दा धेरै पटक डामियो, डाम्नो नम्बरहरु पनि गनिसाध्य छैन तर प्राप्त भएकाहरु निम्नानुसार छन्:

डाम्नो नम्बर १:

टेक्ससमा अध्यक्षमा खसेको मत १७४९, अध्यक्षका दुइ उम्मेदवार र नो भोटको जोड १७६८, खसेको भन्दा १९ मत धेरै छ त्यो कताबाट आयो ? 

डाम्नो नम्बर २:

न्यूयोर्कमा भोट गायब भएको छ। खसेका मतमा पद अनुसार मत संख्या गायब छन्। भोट र नो भोट जोड्दा हुने टोटल एउटै हुनुपर्ने तर भएन। १७३९ देखि १६९८ सम्म फरक छ। त्यसको सरदर ४१ भोट भन्दा फरक छ। यो जथाभावी नचाइएको किन र यस्ता अरु कति होलान ?

डाम्नो नम्बर ३:

हेरीहेरी फेस भेरिफिकेशन हुने र नहुने भयो, सयौं नजिर छन्। सिष्टमले पनि भनेको मान्ने भेरिफाइ हुन्छ र हुँदैन किन ? धेरै त महिलाको ठाउँमा पुरुष र पुरुषको ठाउँमा महिला अनि गायकको ठाउँमा नायकको फेस पनि चलेको प्रमाण आएका छन्। भेरोको फेस भेरिफिकेशनले कति डामियो होला ?

डाम्नो नम्बर ४:

भनेका भनेकाले ठ्याक्कै जित्ने बाँकीलाइ ठंडाराम गराउने भेरोको डाम्नो तरिकाले उपाध्यक्षमा ३०० भन्दा कम मत हुने जित्ने ६ हजार भन्दा धेरै मत हुने हार्ने भएको स्पष्ट देखियो। भेरोले डामेको बिचरा डाम्नाहरु।

डाम्नो नम्बर ५:

भेरोले डामिएका लाइफ टाइम मेम्बेरहरुको कहानी त कहाली लाग्दो छ। २४३६ लाइफटाइम मेम्बरलाइ भेरोको घेरोभित्र राखिएका ७८९ (३२.३८%) भेरोको रसियन घेरो पार नगरेका १६४७ (६७.६२%)  डामिएका डाम्नाहरु छन। यो कुन विधिले बैधानिक भयो। त्यसको बिरुद्ध नबोल्ने नेतृत्व कति लाचार ?  

डाम्नो नम्बर ६:

निर्वाचन आयोगका प्रमुख बासु फुलारा नेतृत्वको निर्वाचन आयोगलाइ डेढ घण्टा पहिले मात्रै स्यानिटाइज गरेर डामिएका मतदाता सूची उपलब्ध गराइयो। सम्झौता अनुसार अष्ट्रेलियामा रहेको कम्पनी भेरोले चुनावको नतिजा मतदान नसकिंदै रसिया पठायो। यता मतदान हुँदै थियो फेसबुकमा बधाई दिने डाम्नाहरुको फेसबुक अझै आलै छन्। त्यसको लागि बद्रि केसीले वक्तव्य निकालेरै माफी मागेका छन्। बिधान अनुसार निर्वाचन आयोगले निर्वाचन भेण्डर चयन गर्ने ब्यबस्था रहेछ।

डाम्नो नम्बर ७:

निर्वाचन समितिले भेरो संग मास्टर डेटा माग्यो। तर भेरोले उक्त डेटा दिन १५-१६ घण्टा भन्दा बढी समय लगायो, ढिलो गरेको भनेर गाली चाहिं निर्वाचन समितिले खायो। अन्तमा रसियाकै कुरा मान्नु भन्ने आदेश फुर्मान भयो। 

डाम्नो नम्बर ८:

भेरो भन्ने कम्पनीसंग सम्झौता नगरेसम्म डेटा दिन्नौं भनेर रसियन गुटले डाम्नु सम्म डामे। पहिले आइसीसीले रिजल्ट हेरे पछि मात्रै निर्वाचन समितिलाई दिने रे। आइसीसीको बैठकमा अध्यक्ष केसीले डेटा सोझै भेरोलाई दिने बताएका थिए।  तर अर्का डाम्ना अध्यक्ष नम्बर १ र २ ले दुइ-दुइ डाम्ना महासचिव छड्के किनारामा साछि बसे।

डाम्नो नम्बर ९:

अमेरिकाको कानून अनुसार देश भित्रको डेटा विदेश पठाउन पाइंदैन। झन फेस भेरिफिकेशनलाई अनिवार्य गर्न त कुनै पनि हालतमा मिल्दैन। तर सेल्फी नदिएको भनी आइसीसीले एनआरएन अमेरिकाका १६४७ (६७.६२%) आजीवन सदस्यको नाम भोटर्स लिस्टबाट हटायो। बिचरा डामिएका आजीवन सदस्यहरु।

डाम्नो नम्बर १०:

कतिपय भोटर्सहरुको फेस भेरिफिकेशन नमिलेको भनी भोट हाल्न दिइएन।  तर उनिहरुको नाममा अरुले नै भोट हालीदिएको आशंखा गरिएको छ।

डाम्नो नम्बर ११:

२०२१ को निर्वाचित समितिलाई सफथ गर्न नदिएर एनआरएनए अमेरिकालाई कन्ट्रोलमा लिन पुरै तयारीका साथ आएका बद्री केसी निर्वाचन समितिको अडानका कारण असफल भएका थिए। गाइएको लफडाको लाइभ भिडियो अझै हलिउडखबरमा छ। यस पटक निर्वाचन गराउने भेन्डर भेरोलाई नै कन्ट्रोलमा लिएर अमेरिकाको एनआरएनलाइ डामेर कब्जा गरेपछि उत्साहित बद्री केसीले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने तयारी गरी रहेका छन्। फेस भेरिफिकेशनलाई अनिवार्य गर्दै केन्द्रको चुनाव पनि कब्जा गर्ने रणनीतिमा केसी एण्ड कम्पनी रहेको छ।जय भेरो डाम्ना, अस्तु !

********************************************

भेरोले डामेका एनआरएनका डाम्नाहरु

भेरोले डामेका एनआरएनका डाम्नाहरु-भाग १