आचार्य पीपलमणि सिग्देलद्वारा लिखित विचारपुञ्ज न्युयोर्कमा लोकार्पण

Hollywood Khabar August 07,2023 Comments

आचार्य पीपलमणि सिग्देलद्वारा लिखित सिर्जना, विचार र आलेखको संगालो विचारपुञ्ज नामक कृति न्युयोर्कको लंग आइल्यान्डमा आइतबार लोकार्पण भएको छ।

सो कार्यक्रममा इन्द्रावती गाउँपालीका सिन्धुपाल्चोकका पूर्व अध्यक्ष वंशलाल तामांग लगायत बक्ताहरुले लेखक सिग्देलको सामाजिक, राजनीतिक, धार्मिक, साँस्कृत चेतद्वारा निस्किएका कृतिको संरक्षण हामी सबै मिलेर गर्नुपर्ने बताउनुभयो। 

२४५ पेजको कृतिभित्र समय-समयमा कान्तिपुर दैनिक, राजधानी दैनिक, हलिउडखबर डटकम, विश्व सन्देश साप्ताहिक लगायतका मिडियामा प्रकाशित सामग्री तथा थप रचना समेटिएका छन्। प्रा. डा. नवराज कट्टेलको भूमिका लेखन रहेको कृतिमा दुर्गाप्रसाद पोख्रेलको अंग्रेजीमा कविताको अनुवादका साथ विषय प्रवेश गर्नुभएको छ।