बेलायतका कुल आचार्य

देउबा काँग्रेसले एनआरएनएमा फेरी कुल आचार्यलाइ अध्यक्ष उठाउने, रसियन गुटमा भुइचालो जाने

Hollywood Khabar August 19,2023 Comments

अगष्ट १९, २०२३

अक्टुवर २०१९ मा गैरआवासीया नेपाली संघको अध्यक्षका लागि बिजय हासिल गर्न नसकेका बेलायतका कुल आचार्य मार्च २०२२ मा फेरी अध्यक्षका प्रत्यासी भए। तर विडंवना तत्कालिन गठबन्धनको तर्फबाट अध्यक्षका लागि उम्मेदवार रहेका आचार्यलाइ नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाले आर्थिक प्रलोभनमा परेर तीन टुक्रा पारेर बेचिदिए।

यति मात्र होइन एनआरएनए नै फुटाएर अबैधानिक रुपमा अन्यत्र गएर महाधिवेशन गर्न लगाए। सबैलाइ थाहा छ गगन थापा, जीवा लामिछाने, कुमार पन्त र कैलाश सिरोहियाका बिजनेशमा पार्टनर हुन्। थापाका जर्मनीमा थुप्रै होटलमा उनीहरुसँग स्लिपिङ्ग पार्टनर शेयर छ। जर्मन नेपाल नामको संस्थाका आजीवन अध्यक्ष रामप्रताप थापाले संस्थाको च्यारिटीलाइ छ्यांइफ्याइँ गरेर ३० हजार युरो गगन थापालाई चुनाव प्रचाको लागि दिएको समाचार आएको कुरा पुरानो नै हो।

२०२२ मार्चमा एकल रुपमा अध्यक्ष जित्ने पक्का-पक्कि भएका आचार्यलाइ खर्च लिएर काँग्रेसका नेता द्धोयले लिलाम बिक्री गरिदिए। त्यसैको प्रतिफल खर्च तिरेर बेचिएका कुल आचार्य महाधिवेशन स्थल होटल याक एण्ड यतिबट रातारात गायव गराइए। उनलाई लिलामी गरियो, त्यो पनि ६ महिने म्यादी, तीन भागको एक भाग समय अर्थात् ३३ प्रतिशतको कोटामा।

त्यो चुनावले एकातिर आचार्यलाइ समय, ब्यापार, खर्च लगायतमा घाटाभयो। अर्कोतिर उनले तत्कालिन प्रमुख संरक्षक डा शेष घले, आफूलाइ ज्यान दिएर सघाउनेहरु समर्थक, सहयोगी सबैलाई छोडेर भागेको धोकेवाजको आरोप छ। उनि एक दिन मात्र टिकिदिएका भए रसियन चंगुलबाट एनआरएन सधैंको लागि मुक्त हुनेथियो। त्यो भन्दा पनि ठुलो घाटा त उनैका कारण संघ दुइवटा टुक्रामा विभाजन भएको हो।

खड्का र थापाले प्रलोभनमा परेर नेपाली कांग्रेस पार्टी र पार्टी सभापति शेरबहादुर देउबालाइ समेत अन्धकारमा राखेर धोखा दिए। त्यो कुरा प्रवक्ता डा प्रकाशशरण महतले पार्टी कार्यालयमा नै भनेका थिए। लोभमा गएर एनआरएन फुटाएको चाल कांग्रेसले धेरै पछि मात्र पायो। त्यसैको प्रतिरोधमा नेपालको स्थानिय, प्रदेश र संघिय चुनाव, उपचुनावमा धेरै एनआरएनहरुले कांग्रेसलाइ हराउनको लागि प्रचार गरे। त्यो कुरा बुझेका कांग्रेस सभापति देउबाले अन्तिममा आएर फेरी कुल आचार्यलाइ नै दोहोर्याउन भनेका छन्।

यो पटक अध्यक्षका लागि अर्का आकांक्षी डा केशब पौडेलले प्रयास नै नगरी वाकओभर गरे। कतिलाई लाग्छ महेश श्रेष्ठलाइ कांग्रेसले तोक्यो या समर्थन गर्यो। एकातिर श्रेष्ठको नाम आउने बित्तिकै सबै भन्दा बढी प्रचार एमाले र रसियन गुटले गरेका छन्। अर्कोतिर कांग्रेस निकट एनआरएनहरुले श्रेष्ठलाई विश्वास गर्न सकेका छैनन। तर यो बिषय पनि पुरानै खड्का-थापा गुटको अर्को सड्यन्त्रको लहरी मात्रै हो भन्छन पुराना एनआरएनहरु।

दुइदिन पहिला फोनकलमा महेश श्रेष्ठले आफू अध्यक्षको लागि उम्मेदवार हुने पक्का भएको बताए। फेरी पनि गठबन्धन शैलीमा कुल आचार्य आए भने आरके शर्मा र महेश श्रेष्ठ दुवैले सपोर्ट गर्छन। त्यसपछि आगामी निर्वाचन आचार्य र एमालेका डा बद्रि केसीबीच हुनेछ। त्यो स्थितिमा आचार्य करिब-करिव २०१५ को चुनाव जस्तै निर्बिरोध नै हुनेछन्।

आचार्यका निकटका व्यक्तिहरुले आचार्य दोहोरिने संभावना रहेको बताए। उनको पुनरागमन भयो भने एनआरएनएमा एनआरएनहरु र रसियन गुटको खण्ड छुट्टिने छ। तर केहि महिना पहिला आचार्यलाइ सोधिएको प्रश्नमा आफू नदोहोरिने बताएका थिए। आज प्रतिक्रिया लिनखोज्दा आचार्यसँग सम्पर्क भएन। आचार्य महेश श्रेष्ठ लगायतलाइ बेलायतमा स्वागत गर्न व्यस्त भएको खबर पाइयो। आफू दोश्रो पटक आउनको लागि उनले महेश श्रेष्ठ र डा केशब पौडेल लगायतलाइ बेलायत बोलाएको कुरा आएको छ।