Ang Dawa Sherpa (Ang D Sherpa), Muktu Sherpa, Ngima Dorchi Sherpa and Pechhumbe Sherpa

फोर सिब्लिङ्ग नेपाली शेर्पाहरुले माउण्ट केटु चढेर बिश्वो रेकर्ड राखे

Hollywood Khabar August 19,2023 Comments

कृष्ण के सी, अमेरिका, अगष्ट १९, २०२३

पहिलो कुरा त हिमाल चढ्नु मानिसहरुको सपनाको सदिच्छा हो। त्यसमाथि धेरै पटक हिमाल चढ्नु त जोखिम र कठिन भन्दा पनि नै कठिन काम हो। त्यो भन्दा पनि ठुलो कुरा एकै परिवारका चार (४) दाजुभाइले एकै पटक, एउटै हिमाल चढ्नु भनेको विश्वोमै पहिलो पटक भएको कुरा हो।

नेपालको संखुवासभा जिल्लाका एकै परिवारका चारजना शेर्पा दाजुभाइहरुले पाकिस्तानमा अवस्थित ८,६११ मिटर अग्लो माउण्ट केटु हिमाल चढेर विश्वो रेकर्ड गरेका छन्। उनीहरु Ang Dawa Sherpa (Ang D Sherpa), Muktu Sherpa, Ngima Dorchi Sherpa र Pechhumbe Sherpa गरि परिवारका चार दाजुभाइ हुन्।

उनीहरुले जुलाई २७, २०२३ का दिन माउण्ट केटु हिमालको चुचुरोमा सफल आरोहण पुरा गरेर बिश्वो रेकर्ड राखेका हुन्। एकै परिवारका ४ जनाले यसरी आरोहण गरेकाले यो Guinness World Records मा पहिलो रेकर्ड भएको छ। मिशन फोर सिब्लिङ्ग माउण्ट केटु आरोहणका चार मध्ये एक भाइ Ang D Sherpa ले हलिउडखबरसँग आरोहणबारे जानकारी दिएका हुन्।

बिश्वोमा ८ हजार भन्दा अग्ला १४ वटा हिमाल छन्, त्यसमध्ये ७ वटा नेपालमा पर्छन, ५ वटा पाकिस्तान छन् भने २ वटा चाइनामा पर्छ। Ang Dawa Sherpa लाइ सबैले Ang D Sherpa भनेर चिन्छन। उनले सगरमाथा ५ पटक, अन्य ८ हजार भन्दा अग्ला ३ हिमाल चढेका छन्। अन्तिममा यो माउण्ट केटु समेत धेरै पिक आरोहण गरेका छन्। उनले हिमाल आरोहण र ब्यबसाय १९९७ देखि २००८ सम्म नियमित रुपमा गरे। त्यसपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दै आएको र यो पटक फोर सिब्लिङ्ग माउण्ट केटु पुरा गरेको बताए। 

उसो त यो फोर सिब्लिङ्ग माउण्ट केटु २०२१ मा नै योजना गरिएको थियो। त्यो समय मिलेन, २०२२ मा दोश्रो पटक तयारी गरियो फेरी चार मध्ये एक भाइ बिरामी भएर पुरा भएन। अन्तमा २ बर्ष पछि २०२३ मा आएर योजना पुराभयो, आङ डि शेर्पाले भने। 

चार मध्ये अर्का भाइ Muktu Sherpa ले १९९४ देखि हिमाल आरोहण काम/ब्यबसय सुरु गरेका हुन्। अहिले सम्म ८ हजार मिटर भन्दा अग्ला १४ मध्ये ११ वटा हिमाल आरोहण पुरा गरिसकेका छन्। उनले अरु थुप्रै पिक चढेका छन्। त्यसको सबै डाटा त अहिले प्राप्त भएन।

मिशन केटुका चार मध्ये तेश्रा भाइ Ngima Dorchi Sherpa ले २००४ देखि यो हिमाल चड्ने पेशा/ब्यबसाय सुरु गरेका हुन्। हिमाल आरोहणमा सगरमाथा सहित ५ भन्दा धेरै ८ हजार मिटर भन्दा अग्ला हिमाल चढी सकेका छन्।

फोर सिब्लिङ्ग मिशनका चौथा भाइ हुन् Pechhumbe Sherpa। उनले आफ्नो हिमाल आरोहण यात्रा २००६ देखि सुरु गरे ता पनि सबै दाजुभाइ भन्दा धेरै पटक हिमाल चढेका छन्। ८ हजार मिटर भन्दा अग्ला १४ मध्ये ११ वटा हिमालको सफल आरोहण गरिसकेका छन्।

यात्राबारे आङ डि शेर्पाले भने जुन १६, २०२३ मा पाकिस्थान प्रस्थान गरियो, जुलाई पहिलो हप्ता बेसक्याम्पमा पुगियो। यो बर्ष सबै भन्दा मौसम खराव भएकाले यात्रा लामो भयो। आरोहणमा ढिलाई भयो। अन्तमा जुलाई २७, २०२३ का दिन चारै दाजुभाइ एकैपटक माउण्ट केटुको चुचुरोमा सफल रुपमा पुगियो।

किन मिशन फोर सिब्लिङ्ग केटु गरियो भन्ने प्रश्नमा शेर्पाले भने, पहिलो कुरा त हामीले एभरेष्ट गैसक्यो, अरु धरै हिमाल आरोहण गरिसकियो बाँकी केटु नै थियो। दोश्रो कुरा केटु भनेको सबै भन्दा जोखिमपूर्ण छ त्यसैले पनि यो हिमाल चड्नु हाम्रो लागि इच्छा जागेको हो। अर्को एकै परिवारका हामी चार भाइले जाने भएकोले पनि केटु नै छानिएको हो। बाँकी कुरा त विश्वो रेकर्ड गर्नु थियो गरियो। शेर्पा भाइको यो आरोहणको खर्च र ब्यबस्थापन उनीहरु आफैं र बाँकी Seven Summit Treks ले गरेको हो।

बिश्वोका ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालहरु: 

  1. Everest (Sagarmatha)-8848 Meter, Nepal
  2. K2-8611 Meter, Pakistan
  3. Kangchenjunga-8586 Meter, Nepal
  4. Lhotse-8516 Meter, Nepal
  5. Makalu-8485 Meter, Nepal
  6. Cho Oyu 8188 Meter, China
  7. Dhaulagiri I- 8167 Meter, Nepal
  8. Manaslu-8163 Meter, Nepal
  9. Nanga Parbat-8125 Meter, Pakistan
  10. Annapurna I- 8091 Meter, Nepal
  11. Gasherbrum I (Hidden Peak)-8080 Meter, Pakistan
  12. Broad Peak-8051 Meter, Pakistan
  13. Gasherbrum II-8034 Meter, Pakistan
  14. Shishapangma-8027 Meter, China