अनधिकृत रुपमा अर्काको व्यक्तिगत जीवनमा गएर पिडितलाई झन पिडित बनाउदै यूट्यूवर श्रेष्ठ

Hollywood Khabar August 19,2023 Comments

आफ्नो यूट्यूवको भ्यू बढाउन क्यामेरा, फोन जे पायो त्यहि लिने, पत्रकार भन्ने अनि अर्काको घर-परिवारमा गएर व्यक्तिगत कुरामा अनधिकृत रुपमा प्रवेस गर्दै पिडितलाइ झन् पिडित बनाउने काम नेपालका यूट्यूवरहरुले गर्ने गरेका छन्। एक किसिमले यो भनेको कानुनि रुपमा दण्डनीय र समाजमा आतंक मच्चाउने काम हो। तर पनि यस्तो काम नेपाल दर्जनौका यूट्यूवरहरुले गर्ने गरेका छन्।

युट्युवरहरूले पीडितहरूलाई न्याय दिने नाममा पैसा असुल्न थालेकाे गुनासो आउन थालेको धेरै भयो। यति मात्र होइन यूट्यूव बनाएर उल्टा पैसा माग्ने नत्र के के प्रचार गर्दिन्छु भनेर धम्कि दिने पनि गरेका छन्। कतिपय केशमा त उनीहरुले पिडितलाइ बलत्कारको प्रयास पनि गरेको आरोप छ।

यस्तैमा नेपालको सुनसरी जिल्लाका एकजना यूट्यूवरले पिडितपक्षलाइ धम्क्याउने, रकम अशुल्ने काम समेत गरेको खबर भर्खरै मात्र बाहिर आएको छ। बर्षौं देखि हराएका आफन्त खाेज्न सहयाेग माग्न पुगेका व्यक्ति होस् या श्रीमान श्रीमतीको विबाद उजागर गर्न होस्, विदेशमा गुमनाम भएका ब्यक्तिकाे खाेजीका नाममा हाेस या बिदेश जाने क्रममा एजेन्टबाट ठगिएका सर्वसाधारणमा हुन्, उनीहरुकोमा पुगेका छन्।

यसै क्रममा माेरङकाे उर्लाबारीका युट्युवर किशोर श्रेष्ठले पिडित पक्षबाट नै पैसा असुल्ने काम गरेको खुलासा भएको हाे। युट्युवमा जति धेरै भ्यु उति बढी पैसा प्राप्त हुन्छ। पैसा प्राप्त गर्न भ्यु बढाउनुपर्छ। भ्यु बढाउन श्रेष्ठले पीडितकाे पीडा माथि खेलवाड मात्रै गरेका छैनन्। तिनीहरूसँग पैसा समेत असुल्न थालेका छन्।

समाचार स्राेत भन्छ, श्रेष्ठले समाजलाई ब्युताउँने भन्दा भसाउँने र लडाउँने भिडाउने बिषयवस्तुलाई सामग्रीको रुपमा काँचकाे पर्दामा प्रस्तुत गर्छन्। समाचार स्राेतका अनुसार पथरीका एकजना लिम्बू १२/१३ वर्ष देखि विदेशमा हराइरहेका छन्। उनका छाेरीहरू बाबुको खाेजिमा सहयोग माग्न उर्लाबारी स्थित उनको कार्यालय पुगेका थिए।

लिम्बू दिदीबहिनीले कतै बाबू भेटिहाल्नु हुन्छकी भनेर श्रेष्ठलाई नगद थमाए। तर न भिडियो नै बन्यो, न मान्छे नै भेटिए। 

श्रेष्ठका भिडियोका विषय वस्तु नै पीडाले भरिएका हुन्छन्। कला, साहित्य, बिषय र प्रसङ्गलाइ प्रस्तुत गर्नु आफ्नै योगदान हो। तर यसरी अर्काको जीवन-जगतमा अनाधिकृत रुपमा प्रवेस गरेर पिडितलाइ झन् पिडा दिनु गैर-कानुनि हो।

अबश्य पनि उनको प्रस्तुति दमदार हुनेगर्छ। तर उनले आफ्नो कला र गलालाई बेइमानीको जालो बुनेर पैसासँग साटिरहेका छन्। नाम उल्लेख नगर्ने शर्तमा एक पीडितले भने, हाम्राे पैसा बैदेशिक राेजगार ब्यावसायीले खाइदियाे। हामी त्यसै पनि पीडामा थियौं। उहाँको युट्युवमा प्रशारण हुँदा पैसा उठ्ने आशाले त्यहाँ गयाैं। तर हामी नयाँ ढंगले फेरि पनि ठगियाैं। उनीहरूले कति पैसा दिएकाे नबताए पनि ठगिएको भने पुष्टि गरे।

त्यति मात्र हाेइन, श्रेष्ठले बाबा, जाेगी, सन्यासी, भिक्षु कसैलाई पनि छाेड्दैनन। उत्तरी माेरङका एक बाबासँग पुगेका उनले बाबाको काम ठगि सरह भएको भन्दै ५० हजार रुपैयाँ मागेकाे सर्वत्र चर्चा छ। समाजलाई चेतना दिने, जगाउने, सुधार गर्ने भन्दा भिडाउने र लडाउने कथा खाेजेर हिड्ने बानी परेका श्रेष्ठले सुरुका दिन सकारात्मक सन्देश दिने कथा खाेजेर हिड्थे। तर पछिल्लो समय लाेग्ने स्वास्नीका झगडामा खेल्न रुचाउन थाले। यस्तो कुरा यूट्यूवमा होइन प्रहरीमा जानकारी दुनुपर्छ। 

श्रेष्ठ आजकल यस्तै खालका पिडिका कथा खाेज्न ब्यस्त रहन्छन्। उर्लाबारीमा कार्यालय खाेलेर बसेका श्रेष्ठकाे युट्युव च्यानल हालसम्म कतै दर्ता छैन। केवल पैसा साट्ने माध्यम बनाएका श्रेष्ठको च्यानल बिरुद्ध प्रहरीमा उजुरी समेत परेको बताइएको छ।