काठमाडौं/नेपाल शिक्षक महासङ्घले चालु आन्दोलनका बारेमा अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ| घटक संस्थाहरूको उपस्थितिमा महासङ्घका अध्यक्ष कमला तुलाधरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका प्रतिनिधिहरु र सहभागीहरुले शिक्षा ऐन आउनै पर्नेमा बारेमा तर्क गरेका थिए।
स्थायी, अस्थायी, राहत, उच्च मावि, अनुदान, करार लगायत सबैको हितमा ऐन आउनु पर्नेमा सहभागीले सुझाएका थिए। कार्यक्रममा विभिन्न जिल्लाका सहभागिले-आफनाआफ्ना प्रतिक्रिया दिएका थिए। यसैक्रममा ललितपुर जिल्ला नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव नवराज सञ्जेलले आन्दोलनको कार्यक्रम गर्न अलि छिटो भएको र प्रयाप्त गृहकार्य नगरी अगाडि बढेकोले मागहरु समेत पुनः लेखन गर्न माग गर्नु भयो।
महासङ्घको नेतृत्वमा अब आबद्ध संस्थाको समन्वयमा प्रस्तावित शिक्षा ऐन २०८० तयार पारेर मात्र आन्दोलनमा लाग्नु पर्ने नयाँ माग सञ्जेलले राख्नु भयो। सरकारलाई चुनौती दिन हाम्रो ऐन यस्तो हुनुपर्छ भनेर विद्वान समुहले माग राख्नु पर्ने उहाँको माग छ। सबै सहभागी एवम् संंगठनले तुरुन्त शिक्षा र शिक्षकका लागि मैत्रीपुर्ण ऐन चाहिनेमा जोड दिएका छन्।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु