एनआरएनए अष्ट्रेलिया तदर्थ समिति गठन, रामचन्द्र सापकोटा संयोजक

Hollywood Khabar August 27,2023 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अष्ट्रेलिया राष्ट्रिय समन्वय परिषद (एनसीसी) तदर्थ समिति गठन गरिएको छ।

एनआरएनएको गत मार्च २०२२ मा होटल याक एण्ड यतिमा सम्पन्न भएको १० औं अन्तराष्ट्रिय महाधिवेशन पश्चात सुरु हुँदै गएको राष्ट्रिय समन्वय परिषद बिस्तार अभियान निरन्तर छ। यसै क्रममा अगष्ट २७, २०२३ आइतबारका दिन एनआरएनए एनसीसी अष्ट्रेलिया तदर्थ समिति गठन गरिएको हो।

एनआरएनएका अध्यक्ष बिनोद कुँवर, उपाध्यक्ष भोमा लिम्बु, सचिव कृष्ण के सी, क्षेत्रीय संयोजक केशव कडेल र आइसीसी सदस्य कुशल के सी समेत उपस्थित रहेर तदर्थ समिति गठन गरिएको हो।

तदर्थ समितिको संयोजकमा रामचन्द (आरसी) सापकोटा र सहसंयोजकमा महेन्द्र घिमिरे हुनुहुन्छ। समितिले समन्वय गर्दै बाँकी सदस्यहरुको पूर्णता गर्दै जानेछ। उपरान्त सदस्यता खुला गर्ने र राष्ट्रिय महाधिवेशनको तयारी गर्दै नयाँ नेतृत्व चयन समेत गर्नेछ। समितिलाई संघले मान्यता प्रदान गरिसकेको छ। अब समिति र अन्तर्राष्ट्रिय समन्वय परिषद्बीच एक छुटै सम्झौता पत्रमा हस्ताक्षर गरिनेछ।

सचिवालय

गैरआवासीय नेपाली संघ

अगष्ट २७, २०२३