अक्टुवरवालाका चविवाला डा उपेन्द्र महतो र जीवा लामिछाने

एनआरएन अक्टुवरवालामा चरम विवाद, आरके एक बनाउने, बद्रि एक्लै जाने र महेश अलमल्ल

Hollywood Khabar September 04,2023 Comments

सेप्टेम्बर ४, २०२३/गैरआवासीय नेपाली संघको डा उमेन्द्र महतो र जीवा लामिछाने नियन्त्रित रसियन माफीया टोली छ जसलाई अक्टुवरवाला टुकडी पनि भन्न सकिन्छ। टुकडीमा ११ औं महाधिवेशनलाइ लिएर चरम विवाद भएको छ। संगठन भन्दा पनि को जिताउने र को हराउने भन्ने होडले यस्तो अवस्था आएको हो।

प्रधानमन्त्रीको रोहबरमा गरिएको संझौताको हस्ताक्षरले संघ दुइवटा भएको नजिर प्रमाणित भएपछि आफूहरुले नेपाल सरकारको सम्मानको लागि पनि संघको ११ औं महाधिवेशन एउटै गर्नुपर्ने तर्क आरके शर्माको छ। उनले यहि कुरा बताउन थालेका छन्। पछिल्लो समय अध्यक्षका लागि फ्रन्ट रनर मानिएका शर्मा नेकपा माओवादीको नजिक छन्।

२०२२ मार्चमा नेपाली कांग्रेसका उपसभापति पुर्णहबादुर खड्का र महामन्त्री गगनकुमार थापाले प्रलोभनमा फुटाएको एनआरएन अहिले स्पष्ट रुपमा बिश्वोभरिने फुट्दै गएको छ। एन्जेल इन्भ्स्टरको रुपमा नदेखिएता पनि गगन थापा जीवा लामिछानेका घोष्ट इन्भेस्टर हुन्। जर्मनीमा थापाले ७ भन्दा धेरै होटलमा इण्टाइटी बिना र घोष्ट इन्भेष्टरको रुपमा लगानी गरेका छन्।

आरके शर्माको एकताको अधिवेशन गर्ने कुरा भने समाप्त भएको छ तर पनि उनले यो बिषय अर्को पक्षको सेम्पेथी पाउन र प्रधानमन्त्री प्रचण्डको लागि उठाएका छन्। एउटा सत्य कुरा के देखिएको छ भने, बिनोद कुँवर पक्षको सपोर्टले अक्टुवरवालाहरुको अधिवेशनमा धेरै असर गर्ने ठाउँ छन्। 

तर एकताको अधिवेशन गर्न रोकावट भएका नेकपा एमाले र डा बद्रि केसी भने भित्र-भित्र भेरो कम्पनिको कन्ट्रोलमा ताला-चावी आफ्नो हातमा लिएर जित घोषणा गर्नको लागि बसेका छन्। यो पटक अमेरिकाको जस्तै अक्टुवरवालामा इलेक्शन होइन सेलेक्शन मात्र हुनेछ। अर्थात रसियन माफिया लिष्टमा जो छन् उनैले मात्र बैतर्नी तर्छन। त्यसको लागि सम्पूर्ण प्रतिनिधि लिष्ट नै कब्जामा लिएर बसेका डा केसीको लागि यो कुनै नौलो कुरा भएन। उसै पनि उनको टोलीमा प्रमाणित किर्ते बेलायतका हेमराज शर्मा र रामशरण सिम्खडा छन्। अनि एक्स्ट्रा खेलाडीको रुपमा राजेन्द्र राउत छन।

उता खड्का-थापा कांग्रेसको टुकडीले सपोर्ट गरेका महेश श्रेष्ठले अन्तिममा डा केसीलाइ उम्मेद्वारी छोडेर आफू उपाध्यक्षमा नै बस्छन भन्ने आरोप छ। उनि आफै सफल ब्यबसायी भएता पनि जीवा लामिछानेसँग धेरै बिजनेशमा पार्टनर पनि छन्। त्यसैले उनलाई रसियन चंगुलले फसाउने डरले एकाथरी कांग्रेसहरुले पत्याउन सकेका छैनन। तर पनि उनको दावी भने हटेको छैन। खुलेर बजार तताएर आउन पनि सकेका छैनन।

गत महाधिवेशनमा खड्का-थापा गुटले गलत तरिकाले आफूलाई प्रयोग गरेको जानेपछि कांगेस सभापति शेरबहादुर देउबाले कुल आचार्यलाइ पुन:आउन भनेका छन्। त्यसो त प्रधानमन्त्री पुष्पकमाल दाहालले पनि गठबन्धनको लागि सहज हुने भएकाले आचार्यलाइ पुन:आएमा आरके शर्मालाइ सपोर्ट गर्न लगाउने सम्म बचन दिएका थिए। यो अर्थमा आचार्य फेरी आउने बलियो संभावना भने छ।

यो सबै भन्दा पनि भित्री रुपमा रहेको कुरा भने अर्कै छ। यो अबैधानिक गुटको बिरुद्ध सर्वोच्च अदालतमा दुइवटा मुद्धा छन्। तेश्रो मुद्धा तयारी छ। तेश्रो मुद्धाले अक्टुवरको महाधिवेशन ठप्प पार्नेछ। यहि कुरा बुझेका आरके शर्माले एकताको अधिवेशन गर्नको लागि बोलेका हुन्। मुद्धा रहेसम्म नेपाल सरकार कुनै पनि एनआरएनको गतिबिधिमा संलग्न हुन् मिल्दैन। रोकिएको अधिवेशनबाट बाँसुरी बज्दैन। त्यसैले भेरोले डामेर पनि काम गर्न पाउने संभावना भएन।