एनआरएन रसियन गुटको महाधिवेशन नहुने, भएमा ८ भन्दा धेरै अध्यक्ष बन्ने, भेरोको डाम्ना मिलिजुली खाम्न-६

Hollywood Khabar September 06,2023 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) को रसियन गुटको महाधिवेशन नहुने भएको छ। यदि भैहाले पनि कम्तिमा ८ अध्यक्ष कार्यसमिति बन्ने भएको छ। यति मात्र होइन अब बिधानबाट अन्य पद झिकेर सबैलाई अध्यक्ष मात्र राखेर पूर्णकदको अध्यक्ष कार्यसमिति बनाउने फर्मान जारी भएको छ। 

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाको प्रलोभनकारी कदमले गर्दा फुटाइएको एनआरएनएको अबैधानिक टुकडीको ११ औं महाधिवेशन नहुने भएको छ। उनीहरु विरुद्ध अदालतमा विचाराधीन मुद्धाका कारण भनिएको महाधिवेशन रोकिने कारण हो। अर्कोतिर प्रधानमन्त्रीको रोहबरमा एकताको महाधिवेशन गर्ने संझौता गरेको तर बेइमानी गरेकाले नेपाल सरकार नै सहभागी नहुने भएको छ। 

यदि महाधिवेशन भैहाले पनि बिधि-संभत नभएर अनलाइन जुमेली हुने भएको हो। त्यसमा भेरोको डाम्ने निर्वाचनको औपचारिकता मात्र हुने भएको छ। महेश श्रेष्ठले बजार नतताएका कारण जसरी पनि भेरो गरेर आफू अध्यक्षमा पुग्ने डा बद्री केसीको योजना सफल हुने भएको छ। तर पावर ब्रोकर खड्का र थापाको हविगतले हावा खाएपछि कांग्रेसको अर्को शक्ति बोरा उठाउन कम्मर कसेर लागिपरेको छ।

अर्कोतिर माओवादीको प्रस्ताव अनुसार अब अध्यक्ष कार्यसमिति मात्र बन्ने भएको छ। जस्तोकी ३१ अध्यक्ष कार्यसमिति, ५९ अध्यक्ष कार्यसमिति इत्यादि। यस्तो कार्यसमितिमा अन्य पद हुँदैनन, सबै अध्यक्ष मात्र हुन्छन। यसबाट दलालीको काइदा पाउनेलाइ फाइदा, हेर्नेलाई सर्विन्दा हुनेभएको छ।

सुनिए अनुसार यो पटक पनि फेसबुकमा उम्मेदवारी घोषणा गरेका फेसबुके उम्मेदवार, युटुबमा उम्मेदवारी घोषणा गरेका युटुबे उम्मेदवार, ज्याला लिएर उम्मेदवारी घोषणा गरेका ज्यालादारी उम्मेदवार, हुक्के, ढोके लगायतका व्यक्ति हुनेछन।

त्यसैगरी एलओ-आइएलओ, भजन गाएर उम्मेदवारी घोषणा गरेका भजने, किर्ते उम्मेदवार, पद र पैसा दुवै लिएर डबल बेनिफिट उम्मेदवारले पनि अध्यक्षको टपरा पगरी पाउने भएका छन्। 

अघिल्लो पटकका जस्तै यता-उता गरेर कांग्रेस र कम्युनिष्टको समर्थनको लागि घर-दैलो धाउने कोर्काली उम्मेदवारले पनि का-का गरेर कौवादानको बापत पद हत्याउने भएका छन्। तर किर्ते र भेरो रोलक्रमले गर्दा त्यसमा नपर्दा सबैलाई सहज हुने भने छैन। भेरोको क्रममा परेका कारिंदे लगायत गरि कम्तिमा ८ अध्यक्ष कार्यसमिति बन्ने भएको छ।

सित्तैमा अध्यक्षको पगरी पाउने भएपछि अब द्रुत गतिमा अध्यक्षको उम्मेदवारी घोषणा सुरु हुनेछ। त्यसपछि घोषणा गर्ने जति सबैलाइ अटाएर पूर्णकदको अध्यक्ष कार्यसमिति बन्ने भएको छ। यी सबैको रेकर्ड हेर्न राउतजीलाइ जिम्मेवारी दिइएको छ भनिएको छ। तर ति राउतजी भनेका अरु नभएर आइएलओको अनुदान झ्वाम पार्न योजना गर्ने मुख्य खड्यन्त्रकारी कारिन्दा हुन्। अहिले सम्मका आठ अध्यक्ष कार्य समितिमा निम्न अध्यक्ष पर्नेछन:

  1. बद्रि केसी
  2. रविना थापा
  3. महेश श्रेष्ठ 
  4. आरके शर्मा
  5. डा केशब पौडेल
  6. हेमराज शर्मा
  7. बिनय अधिकारी
  8. योगेन क्षेत्री