एनआरएनए साउदी अरबको तिज कार्यक्रम दम्मामको रोज गार्डेन होटलमा भब्य रुपमा सम्पन्न

Hollywood Khabar September 10,2023 Comments

एनआरएनए एनसीसी साउदी अरबले चेलीबेटीको तिज विषेश कार्यक्रम दम्मामको सिको नजिकैको रोज गार्डेन होटल मा ८ सेप्टेम्बर २०२३ शुक्रवार को दिन धुमधामले मनाएको छ। एनआरएनए एनसीसी अध्यक्ष बलराम थापाको सभापतित्व, एनआरएनए आइसीसी सल्लाहकार धरम केसीको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियो।

कार्यक्रमका अन्य अतिथिहरुमा प्रबासी नेपाली मंच साउदीका क्षेत्रीय अध्यक्ष ऋषीराम भट्टराई ज्यू, प्रगतिशील मन्च साउदीका प्रवक्ता भक्त कार्की ज्यू, पानसका सल्लाहाकार नरेन्द्र कार्की ज्यू, मोरङ्ग सुनसरी सेवा समाजका उपाध्यक्ष मनोज धिमाल ज्यू, किरात राई यायोक्खा साउदी अरब का अध्यक्ष चित्र कुमार चाम्लिङ, बरिष्ठ उपाध्यक्ष भोगिन्द्र राई ,हेल्प मधेसी साउदी अरबका उपाध्यक्ष फिरोज रैन ,नेपाली साझा मन्च का अध्यक्षमा अन्जान गुभाजु र महासचिवमा राजु केसी ज्यू, पिटि अनलाइन का डीबी बलमी मगर , निरीक्षण इन्जिनियर अतुल कंजारिया स्टारबक्स क्षेत्र प्रबन्धक बिनोद थापा , स्टोर प्रबन्धक राजन त्रिपाठी आदि महानुभाव हारुको उपस्थिति थियो।

कार्यक्रम सञ्चालन एनआरएनए एनसीसी की संरक्षक अनि शिक्षिका अनुजा बुढाथोकि ले गरेकी थिइन्। दिप प्रज्वलन संगै राष्ट्रिय गान अनि ज्ञात अज्ञात कामदारहरुको सम्झनामा मौन धारण कार्यक्रम प्रस्तुत गरिएको थियो। तत् पश्चात, स्वागत मन्तव्य एनआरएनए एनसीसी सदस्य अर्जुन क्षेत्री ज्यू ले बाचन गर्नु भएको थियो। प्रमुख अतिथि धर्म केसी लगायतका बक्ताहरुले तिजको महत्व, महिमा तथा नेपाली मौलिक पर्वहरूको विदेशमा बसेर यसको रसस्वादन लिनु अत्यन्त सौभाग्यपुर्ण अवसर भएको बताउनु भयो l

मुख्‍यतया कार्यक्रममा बिभिन्‍न कलाकरहरुले तिज गीतमा नृत्य प्रस्तुत गर्दै चेलिबेटी लगायत दाजु भाइहरुलाइ नचाउनु भएको थियो। चेलिबेटी लागायत सबैले भरपुर दर खादै तीज रमाइलो गरेर मनाउनु भएको थियो। सेलरोटी, खिर, आलुदम, सादेको को अचार आदि परिकार ले तिज को दर बिशेस,स्वादिस्ट अनि खास थियो।

चेलिबेटिहरु स्वत तिजको गीतहरुमा सारै आनन्दमय ढङ्गले नाच्दै गाउदै आयोजक लगायत कार्यक्रम संचालिका अनुजा बुढाथोकी सबै एकै साथ नाच्दा बिसिष्ट प्रकारको आनन्दको अनुभूति महसुस थियो। कार्यक्रम अत्यन्त भद्र, शिस्ट तथा स्वत बगेको र नियन्त्रित थियो।

कार्यक्रमको बिसेस आकर्षण भनेको विभिन्न चरणबद्ध आन्तरिक बैठकबाट उपाध्यक्ष पदमा मनोनित हुनु भएका रमेश बुढामगर ज्यू, त्यसै गरी सचिवमा बलराम खड्का ज्यू तथा प्रवक्तामा युवराज खड्का ज्यू लाई अहोदाको प्रमाण पत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामाना अनि बधाई पनि ब्यक्त गरिएको थियो। साथै कलाकारहरुलाई प्रशंसा पत्र, ब्याज तथा खादा बितरण गरिएको थियो।

अन्तिममा आयोजकको तर्फ बाट सभापति तथा एनआरएनए एनसीसी अध्यक्ष बलराम थापा ले सबैलाई धन्यवाद दिँदै कार्यक्रम अति नै विशिष्ट बनाइदिनु भएकोमा उपस्थित सबै दिदि बहिनी तथा दाजु भाई लगायत अहोरात्र खटनु हुने संस्थाका सबै मित्रहरुमा आभार प्रकट गर्नु भयो। तिज जस्तो पर्वले हामी सबैलाई जोड्ने र चेलीबेटीहरुको भावनालाई समेट्ने हुदाँ यो आफैंमा विशिष्ट भएको बताउनु भयो। नेपाली चाडपर्व अनि साउदी जस्तो देशमा बसेर यसरी धुम धाम संग पर्व मनाउनु अत्यन्तै ठुलो उपलब्धि भएको बताउनु भएको छ। जसरी हाम्रो मौलिक पर्वले हामी सबैलाई जोड्छ र खुसी दिन्छ, त्यसरीनै समृद्धिको लागी जोड्न सक्ने शक्तिको पहिचान गर्न अपिल गर्दै थापाले भन्नु भयो, "देश र जनताको बिकास गर्ने सच्चा र इमान्दार शक्तिले आवाज दिएमा हामी सबै त्यस आवाज प्रती लामबद्ध तथा एक्यबद्धता प्रकट गर्नु पर्ने बताउनु भयो।

संस्थामा आबद्ध सबै अग्रज तथा मित्रहरू धर्म केसी ,बिनय रौनियार ,रमेश बुढामगर ,बलराम खड्का ज्,नेहाल उज्जमान ,नरेन्द्र गुप्ता, युवराज खड्का ,सुमन दाहाल, अर्जुन क्षेत्री, राजिब श्रेष्ठ, ज्ञानेन्द्र अधिकारी, डोलेन्द्र कटुवाल, कृष्ण नेपाली, मुसर्रफ अली, परमेश्वर दास तथा आफ्नो विशिष्ट बाचन शैली र चुस्त गति र शिपले कार्यक्रम अत्यन्त मर्यादित र शोभनीय ढंगले सञ्चालन गर्नु हुने अनुजा बुढाथोकि को अथक परिश्रम र लगावको प्रशंसा गर्दै कार्यक्रम समापन भएको घोषणा थापाले गर्नु भएको थियो।