एनआरएनएको आधिकारिक पत्र परराष्ट्र र प्रधामन्त्री कार्यालयमा दर्ता, रसियन गुटमा भुकम्प

Hollywood Khabar September 12,2023 Comments

कृष्ण के सी, अमेरिका, सेप्टेम्बर १२, २०२३

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिक समूहले सेप्टेम्बर ९, २०२३ मा बिशेष साधारणसभा सम्पन्न गरि, बिभिन्ना प्रस्तावहरुको निर्णय गर्दै सो को जानकारी र आधिकारिकताको पत्र समेत नेपाल सरकारको परराष्ट्र मन्त्रालय र प्रधामन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा समेत दर्ता गरेको छ।

अध्यक्ष बिनोद कुँवर र महासचिव जानकी गुरुङको हस्ताक्षर सहित दर्ता गरिएको पत्रपछि रसियन गुटमा भने भुकम्प गएको छ। पत्र मात्र होइन अब अरु केहि अश्त्रहरुको प्रक्षेपण पछि त्यो समुह अपाङ्ग नै हुनेछ।

सेप्टेम्बर ११, २०२३ सोमबार प्रधानमन्त्री र परराष्ट्रमन्त्री दुवै कार्यालयमा छुट्टाछुट्टै दर्ता गरिका पत्रमा प्रधानमन्त्रीको रोहबारमा गरिएको संझौतालाइ अर्को पक्षले बेवास्ता गरेको, एकताको नाममा अल्मलाएर सड्यनत्र गरेको, नेपाल सरकार र आम एनआरएनहरु सबैलाई झुक्क्याएर गएको लगायत थुप्रै कुराहरुको जिकिर र प्रमाण उल्लेख छन।

यति मात्र होइन अदालतमा बिचराधीन मुद्धा रहुँदाको बखत परराष्ट्र मन्त्रालय र नेपाल सरकार तिनै अबैधानिक समूहमासँग संलग्न हुन गएमा अदालतको समेत ध्यानाकृष्ट हुने जनाइएको छ। यस बिषयमा बिशेष गरी प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको हो।

रसियन समूहले अक्टुवरमा गर्ने भनेको महाधिवेशन रोकिने मात्र होइन अरु केहि पनि गतिबिधि गर्न पाउने छैन। अहिले सम्म गरेका सबै गतिबिधिहरु पनि अबैधानिक प्रमाणित हुन सक्नेछन। ढाँटेर, झुक्याएर, पावर ब्रोकरहरु पुर्णबहादुर खड्का र गगनकुमार थापा र एमालेका भीमार्जुन आचार्य, इश्वोर पोख्रेहरुका कारण गतल बाटोमा लगएको गुट नाङ्गो हुँदै गएको छ। 

त्यसलाई लिएर आफ्नो अभिष्ट पुरा गर्ने जिबा लामिछाने र डा उपेन्द्र महतोको हंसले ठाउँ छोडेको छ। उनीहरु अहिले अर्थमन्त्री डा प्रकाशशरण महतकोमा पुगेका छन्। १० अर्बको लगानीमा नेपाल सरकारको ५० करोड, त्यसमा १० करोड हजुरलाइ हस्ताक्षर भाग भन्दै पुगेका छन्। मन्त्री महतले उनीहरुलाइ हाँसेर पठाएका छन्।