क्यानाडा पुगेपछि आरके शर्माले भने, डेलिगेट्स प्रथा राम्रो होइन रहेछ यसलाई हटाउनेछु

Hollywood Khabar September 18,2023 Comments

विधिपूर्वक हुँदै गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनबाट फुटाएर लगेको जिबा लामिछाने र डा उपेन्द्र महतो समूहको ११ औं महाधिवेशन अक्टुवरमा हुने भनिएको छ। भेरो भन्ने कम्पनिको निर्वाचन सिष्टमलाइ कन्ट्रोलमा लिएर लिष्टमा भएकालाई मात्र जिताउने स्पष्ट रुप देखेपछि सो समुहमा बल्ल आपत्ति उजागर हुन थालेको छ।

यसै समूहबाट अध्यक्षको लागि प्रत्यासी भएका आरके शर्माले क्यानाडा पुगेपछि आफू जितेमा डेलिगेट्स प्रथा अन्त्य गर्ने बताएका छन्। उनले नाम त लिएनन तर याक एण्ड यतिमा भएको १० औं महाधिवेशनबाट पारित बिधानले डेलिगेट्स प्रथा अन्त्य गरेको छ। सो अधिवेशनबाट निर्वाचित अध्यक्ष बिनोद कुँवर हुन् भने फुटेर गएको समूहमा बिधान भन्दा धेरै ३/३ अध्यक्ष, दर्जनौ उपाध्यक्ष लगायत सयौं पदाधिकारी छन्। 

उसो त नेपाल सरकारका प्रधानमन्त्री पुष्प कमल दाहालको रोहबरमा दुइ एनआरएनए एक बनाउने संझौतालाइ तिनै ३ मध्येका एक अध्यक्ष डा बद्रि केसीका कारण हुन सकेन। बद्रि केसीहरु भेरोबाट जित्ने योजनामा छन् भने आरके शर्मा मतदाताबाट। तर डेलिगेट्स चयनमा चरम विवाद भैसकेको छ। कोरियामा मुद्धा परेको छ। रसियाबाट गल्फमा रहने व्यक्तिहरुको नाम छन्।

अध्यक्षका प्रत्यासी आरके शर्मा कतारका सफल ब्यबसायी हुन्। अहिले चुनावी अभियानमा विभिन्न देश हुँदै नर्थ अमेरिका पुगेका छन्। दुइ एनआरएनए एक बनाउने पक्षमा भएका शर्माले क्यानाडा पुगेर डेलिगेट्स हटाउने अभिव्यक्ति दिएका हुन्। उसै पनि उनीहरुको गुटले धेरै कुरा बिनोद कुँवर टिमको बिधान र नीतिहरु कपि गरेका छन्। यथार्थमा भएकाले पनि यो पटक शर्माले डेलिगेट्स प्रथा नै प्रमुख समस्या भएको स्वीकारेका हुन्।

एमालेले डा केसीलाइ उठाएको छ। नेपाली कांगेसमा उम्मेदवार बेच्ने इतिहास छ। अघिल्लो पटक उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनथापाले कुल आचार्यलाइ तीन टुक्रा परेर बेचिदिए। यो पटक महेश श्रेष्ठलाइ एमालेमा लगेर बेच्न एउटा गुट लागि परेको छ। 

नेपाल सरकारको गठबन्धनको तर्फबाट अघोषित रुपमा समर्थन पाएका शर्मा यो पटक प्रचार र दौड-धुपमा अग्र स्थानमा छन्। अमेरिकाको डिसी महानगरको एयरपोर्टबाट क्यानाडा जाँदै गर्दा शर्माले बताएका थिए, एक भोट आएपनि आफू मैदान नछोड्ने र एनआरएनए धेरै होइन सुन्दर र एउटा मात्र बनाउने।

पछिल्लो पटक टोरेन्टो पुगेर उनै अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार शर्माले आइसीसीमा निर्वाचनमा हुने डेलिगेट्स प्रथा २ वर्ष पछाडि हटाउने घोषणा गरेका छन्। २ वर्षपछि हुने निर्वाचनमा सम्पूर्ण पञ्जिकृत सदस्यबाट केन्द्रीय नेतृत्व चुनिनुपर्ने पक्षमा आफू रहेको बताए।

एनआरएनए नेतृत्व चयन विदेशमा बस्ने सबै नेपालीबाट गराउनुपर्छ भन्ने मेरो सोचाइ हो, शर्माले क्यानडामा आयोजित कार्यक्रममा भने, डेलिगेट्स प्रणालीले संस्थामा समस्या ल्याएको छ, त्यसको सुधार गर्न सबैले सदस्यले भोट हाल्ने व्यवस्था अध्यक्ष भएपछि लागू गर्छु।शर्माले आफू बशंजको नागरिकता निरन्तरताको पक्षमा रहेको निरन्तर त्यो पक्षमा लाग्ने प्रतिबद्धता पनि जनाए। 

गैरआवासीय नागरिकता लामो समयपछिको निरन्तर लबिङपछि आएको एउटा उपलब्धि हो, शर्माले भने,यसले हामीलाई नेपालमा सम्पत्तिको सुरक्षा दिएको छ, यद्यपि वंशजको नागरिकताको लागि म निरन्तर लाग्ने छु।

शर्माले अध्यक्षको रूपमा आफूले आर्थिक मुद्दालाई प्राथमिकता दिएको भन्दै गैरआवासीय अभियानलाई आर्थिक मुद्दालाई लैजानेमा जोड दिने बताए। विदेशमा काम गर्न आएका सानो रकम बचत गर्ने नेपालीको पैसा भविष्यको लागि बचत हुने गरेर प्राधिकरण बनाउने योजना मेरो छ, शर्माले आफ्नो एजेन्डा प्रस्तुत गर्दै भने, सो प्राधिकरणबाट देश विकासमा लगानी गर्ने स्पष्ट योजना बनाएको छु।

शर्माले रेमिट्यान्स रकमलाई सामूहिक लगानी प्राधिकरण बनाउने र त्यसमा सरकारले प्रोत्साहन स्वरूप २ प्रतिशत रकम दिने सो रकम ऊर्जा लगायतका विकास निर्माणमा लगाउने योजना आफ्ना एजेण्डामा राखेका छन्। अहिले वार्षिक रूपमा आउने रेमिट्यान्स १० प्रतिशतमात्र प्राधिकरणमा राख्दा एक खर्ब २० अर्ब रुपैयाँको स्रोत जुट्ने छ।

शर्माले गैरआवासीय अभियान एकताबद्ध बनाउन आफू निरन्तर लागेको जानकारी दिए। शर्माले आफ्नो पहलमा विभाजन भएको एनआरएनए अभियानलाई एकताको सम्झौता गराएको र त्यसको आधारमा अगाडि बढ्नुपर्ने बताए। नेपालको विकास र गैरआवासीय नेपालीको हकहितको लागि आफूले सबै राजनीतिक दलसँग सहकार्य गरेको शर्माले बताए । व्यक्तिगत रूपमा म कुनैपनि राजनीतिक दलको सदस्य छैन, शर्माले भने, सबै राजनीतिक दलसँग नेपालीको हकहितको लागि काम गरेको छु,सबै दलप्रति मेरो सम्मान छ।

क्यानडा जस्ता विकसित देशमा विज्ञको रूपमा रहेका गैरआवासीय नेपालीलाई नेपालको विकासमा जोड्न योजना आफूले अगाडि सारेको योजना शर्माले दिए। विकसित देशहरूमा विज्ञको रूपमा कार्यरत गैरआवासीय नेपालीलाई नेपाल सरकार र सम्बन्धित मन्त्रालयमा जोड्नुपर्ने छ, शर्माले थपे, हामीले जानेको सिप अब नेपालको विकासको लागि आवश्यक छ। यसबाहेक विज्ञहरूको सहयोगमा नेपालमा २० वर्षको जबको म्यापिङ गर्ने सो अनुसारको दक्ष जनशक्ति उत्पादनमा जोड दिएको शर्माले बताए।