राजेन्द्र कुमार शर्मा (आरके)

एनआरएनएको संरचनामा नै परिवर्तन गर्नुपर्ने भएको छ: आरके शर्मा

Hollywood Khabar September 20,2023 Comments

गैरआवासिय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागी अध्यक्ष पदका प्रत्यासी भएका राजेन्द्र कुमार शर्मा (आरके) ले एनआरएनएको संरचनामा नै परिवर्तन गर्नुपर्ने भएको बताएका छन्। यति मात्र होइन विदेशमा रहेका लाखौं नेपालीहरुलाई स्वदेशमै उद्यमी बनाउने योजना समेत सार्वजनिक गरेका छन। 

चुनाव प्रचारको क्रममा नर्थ अमेरिका भ्रमणको क्रममा क्यानाडा, अमेरिकाको न्यूयोर्क हुँदै बाल्टिमोर पुगेर एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले एनआरएनएको संरचनामा नै परिवर्तन गर्नुपर्ने र विदेशमा श्रम गरिरहेका लाखौं नेपालीलाई सके उद्यमी बनाउने नसके उनिहरुको आर्थिक अबस्था उन्नत गर्न सामुहिक नेपाल सरकारलाई ग्यारेन्टी हुनेगरि लगानी गरेर उनिहरुको आर्थिक अबस्था र भविश्यको सुनिश्चीत गर्ने बताएका छन्।

अहिलेसम्म विदेशमा मेहनत गरेर केहि व्यक्ति उद्यमी बन्न सक्नु पनि ठुलो उपलब्धी भएको बताउँदै उनले भने, विदेशमा रहेका लाखौं नेपाली दाजुभाई दिदिबहिनिलाई सके उद्यमी बनाउने नसके उनिहरुको आर्थिक अबस्थालाई उनिहरुले नै दुख गरेर कमाएको रकमबाट आर्थिक अबस्था समुन्नत गराउन सामुहिक लगानी र प्राधिकरणमार्फत सरकारलाई ग्यारेन्टी राखेर सरकारलाई पनि फाईदा पुग्ने र उनिहरुको भविश्य सुरक्षीत रहने गरि योजना बनाउन ढीला भैसकेको छ, अबको पहिलो आवश्यकता नै यहि हो।

वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले आगामी अक्टोबरमा हुन लागेको गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को ११ औं महाधिवेशन तथा विश्व सम्मेलनबाट आगामी कार्यकालका लागी अध्यक्ष पदमा उमेदवारी दिएका हुन। 

कतार कर्मथलो भएका शर्मा जापान, कोरिया, हङकङ, क्यानाडापछि अमेरिकामा भेटघाट कार्यक्रममा छन्। शर्माले भ्रमणबाट आफू एकदम उत्साहित भएको बताए। उनले आफ्नो नेतृत्वलाई विश्वले स्विकारेकाले आफ्नो जित सुनिश्चित भएको जनाउदै आफू यस अभियानमा आमुल परिवर्तन गराउने ऊद्देश्यन बोकेर आएकाले आफ्नो अभियानलाई समर्थन गर्न विश्वमा रहेका गैरआवासीय नेपालीहरु र अभियन्ताहरुलाई अनुरोध गरेका छन।

स्मरणीय कुरा, एकातिर डा उपेन्द्र महतो र जिबा लामिछानेको सड्यन्त्र अर्कोतिर महेश श्रेष्ठको टिमलाई कांग्रेसले अन्तिममा एमालेमा लगेर बिचेदिने निश्चित देखिएपछि बिचमा परिने डरले धेरैजना शर्माका पछाडी आएका छन्। करिब ५०० सयको हाराहारीमा रहेको नर्थ अमेरिकाको बहुमत भोट शर्मातिर ढल्किएको छ। अब शर्माले पनि आफ्नो टिम बनाएर अगाडी बढ्ने भएका छन्।