गैरआवासीय नेपाली नागरिकताको निवेदन राजदूतावासबाट पनि दर्ता हुने, प्रकाशित नियम सहित

Hollywood Khabar September 21,2023 Comments

नेपाल सरकारले संसदबाट पारित भएर आएको नागरिकता ऐन अनुसार बनेको नागरिकता नियमावलीको तेस्रो संशोधनमा गैरआवासीय नेपाली नागरिकता राजदूतावास वा महावाणिज्य दूतावासबाट पनि निवेदन दिन सक्ने व्यवस्था गरेको छ।

नागरिकता गृहमन्त्रालय अन्तरगत हुने र राजदूतावास परराष्ट्र अन्तरगत हुने हुँदा नागरिकताको प्रति बुझिन चाहिं प्रमुख जिल्ला अधिकारीकोमा पुग्नु पर्नेछ। केहि अन्योलता भने छन्। तर पनि यो सुरुवात भएकाले थुप्रै ऐन, कानुन र नियम संसोधन हुँदै जानु जरुरी भने छ।  

गैरआवासीय नेपाली नागरिकता लिन गैरआवासीय नेपालीले आफू वा आफ्नो बाबु, आमा बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ।

गैरआवासीय नेपाली नागरिकता लिनका लागि हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिवद्धता, विदेशी नागरिकता लिएको प्रमाण आदि कागजात पेश गर्नुपर्नेछ । सार्क राष्ट्रमा बसोबास गर्नेहरुले भने गैरआवासीय नेपाली नागरिकता पाउने छैनन् ।

गैरआवासीय नेपालीले नागरिकताका लागि निवेदन दिएपछि नेपाली दूतावास वा महावाणिज्य दूतावासले १५ दिनभित्र सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन पठाउनुपर्नेछ । यसरी निवेदन आएपछि प्रमुख जिल्ला अधिकारीले ती गैर आवासीय नेपालीलाई चिन्ने एक नेपाली नागरिकले सनाखत गर्नुपर्नेछ ।

प्रमुख जिल्ला अधिकारीलाई गैर आवासीय नेपालीले पेश गरेको विदेशको नागरिकता र राहदानीमा शंका लागेमा सम्बन्धित राजदूतावास वा महावाणिज्य दूतावासलाई वैधता जाँच गर्न लगाउन सक्नेछ । यसरी वैधता जाँचको निवेदन आएमा १५ दिनभित्र दूतावास वा महावाणिज्य दूतावासले बुझेर जानकारी गराउनुपर्छ ।

गैरआवासीय नेपाली नागरिकता दिनुअघि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित व्यक्तिलाई नेपालको संविधान र कानुन मान्ने प्रतिवद्धता अर्थात शपथ गराउनुपर्नेछ I

राजपत्र हेर्न तलको लिंक क्लिक गर्नुहोस: 

https://acrobat.adobe.com/link/review?uri=urn:aaid:scds:US:c9d729f9-e2ed-3cc1-998a-741d5c1c9010