शिख नेताको हत्या:क्यानाडा-भारत बीच तनाव, क्यानाडा ढाँट्दैन भारत साँचो बोल्दैन

Hollywood Khabar September 22,2023 Comments

सेप्टेम्बर २०, २०२३ मा एनपीआर न्यूजमा भारत/इण्डीया र क्यानाडाबीच बढेको तनाबलाइ लिएर बिस्तृत रुपमा संप्रेषित आलेख पढ्न पाइन्छ। बेकी र ज्याकीको सो कभर लेखन एकदम बिस्तृत रुपमा छ। उसो त एबिसी न्यूजले पनि यसबारे बिहिबार अझै बिस्तारित रुपमा विश्लेषण सम्प्रेषण गरेको छ। तर कुरा यति मात्र होइन त्यो भन्दा पछाडी अरु धेरै एक्शन भएका छन।

क्यानडीयन भूमीमा नै क्यानडीयन नागरिकलाइ भारतको सरकारी योजनामा हत्या गरेको प्रमाण क्यानडीयन प्रधानमन्त्रीले संसदमा जानकारी दिए। त्यसपछि यी दुइ देशबीच तनाव बढेको छ। सो बिषयलाइ लिएर क्यानाडाले नढाँटी अनुसन्धान गरेर विवरण सार्वजनिक गरेको छ। तर भारतले भने इन्कार गरेको छ। खासमा क्यानाडा ढाँट्दैन अनि भारत साँचो बोल्दैन। मुख्य समस्या क्यानाडा होइन भारत भएको कुरा त प्रष्ट रुपमा नै देख्न सकियो।

स्मरणीय कुरा, क्यानाडामा ठुलो संख्यामा शिखहरु बस्ने गर्छन्। जुन १८, २०२३ मा क्यानाडाको भ्यानकुभर नजिकै, ब्रिटिश कोलम्बियामा क्यानडीयन नागरिक ४५ बर्षीय शिख नेता हरदीप सिंह निज्जरको हत्या भयो। सो हत्यामा भारतीय संलग्नता रहेको आफ्नो देशको टप गुप्तचर संस्थाले अनुसन्धानबाट प्राप्त गरेको कुरा क्यनडीयन प्रधानमन्त्री ट्रुडोले खुलासा गरे।

जवाफमा भारतको विदेश मन्त्रालयले ट्रुडोका आरोपहरूलाई अस्वीकार गर्‍यो। यतिमात्र होइन आरोप नै "बेतुक" भन्यो र क्यानाडाले "भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई खतरामा पार्ने आतंकवादी र चरमपन्थी" लाई आश्रय दिएको आरोप समेत लगायो।

त्यसपछि दुइ देशले केहि कुटनैतिक व्यक्तिहरुलाइ फिर्ता पठाउने देखि भिजिट भिषामा थप कडाइ र ट्राभल एडभाइजरी समेत जारी गरे।

शिख स्वतन्त्रताको वकालत गर्ने हरदीप सिंह निज्जरलाई जुन १८ मा भ्यानकुभर नजिकैको शिख गुरुद्वारा अगाडि गोली हानी हत्या गरिएको थियो। हत्या गरिएका निज्जरको जन्म उत्तरपश्चिम भारतको बहुसंख्यक शिख जनसंख्या भएको पंजाब राज्यमा भएको थियो। उनी १९९७ मा क्यानाडा आएका थिए। २६ वर्षभन्दा लामो समय देखि क्यानाडामा बसोबास गर्दै आएका निज्जरले प्लम्बिङ व्यवसाय चलाउँदै आएका थिए। 

२०२० मा भारत सरकारले निज्जरलाई प्रतिबन्धित आतंकवादी समूहसँग सम्बन्धित आतंककारीको रूपमा वर्गीकृत गरेको थियो। तर त्यो आरोप निज्जर र उनका अनुयायीहरूले सधैं अस्वीकार गर्दै आएका थिए। भारतको आरोप चाहिं-निज्जर शिख पृथकतावादी आन्दोलनका एक प्रमुख व्यक्तित्व भएको, लामो समयदेखि भारतमा खालिस्तान नामको स्वतन्त्र शिख राज्यको लागि जोड दिंदै आएका भन्ने छ।  उनको हत्या भन्दा पहिला नै  क्यानाडाको सुरक्षा निकायले निज्जरलाई उनि माथि ज्यान जोखिम खतरा भएको चेतावनी दिएको कुरा उनका कानुन ब्यबसायीले बताएका छन।

हिन्दूहरुको बाहुल्यता भएको भारतमा शिखहरु अल्पसंख्यक हुन्। हिन्दूहरू ८०% छन् भने शिखहरु २% छन्। अधिकांश शिखहरू पञ्जाबमा बस्छन्। तर शिखहरूले कुनै पनि देशलाई थ्रेट गरेको, कुनै पनि अन्य देशका नागरिक समुदायलाइ हता-हत गरेको, थ्रेट गरेको रेकर्ड भने कुनै पनि संचार माध्येमले सम्प्रेषण गरेको छैनन। त्यसकारण पनि शिखहरु अन्तराष्ट्रिय जगतको लागि समस्या होइनन केवल भारतको आफ्नै मात्र समस्या हो।

झगडाको बिउ आजको होइन। सन् १९८४ मा शिख धर्मको सबैभन्दा पवित्र स्थल मानिने गोल्डेन टेम्पलमा सशस्त्र लडाकूहरूको समूह घुसाउँदा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले उनीहरूलाई पक्राउ गर्न सशस्त्र बल पठाइन्। जसको परिणामस्वरूप मन्दिरमा क्षति पुग्यो र सयौंको संख्यामा शिखहरुको मृत्यु भयो। त्यो संख्या अझै पनि यकिन छैन विवादित छ।

पछि गान्धीका आफ्नै शिख अंगरक्षकले बदला लिन उनको हत्या गरेको आरोप छ। सोहि समय देखि हिंसात्मक शिख विरोधी दंगा भारतभरि नै फैलियो। हजारौं शिखहरुको मृत्यु भयो। १९८५ मा त्यसको प्रदर्शन क्यानाडामा पनि भएको कुरा एनपीअर न्यूजले उल्लेख गरेको छ।

१९८५ मा शिख प्रदर्शनकारीहरुले एयर इन्डियाको जहाजमा बम राखिदिएको आरोप छ। सो जहाज मोन्ट्रियलबाट लन्डनका लागि उडान गर्दा बीचमा विस्फोट भयो। यस दुर्घटनाबाट ३०० जनाको मृत्यू भयो। यो दुर्घटना क्यानाडाको इतिहासमा सबैभन्दा घातक मानिन्छ।

पछिल्ला वर्षहरूमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई हिन्दू राष्ट्रवादतर्फ लागेका छन्। उनको सरकारले भारतमा धार्मिक अल्प संख्यकहरूको अधिकार र प्रदर्शनमा कहिले काहीं अड्चन ल्याउने गरेको छ। भारतले केही शहरको नाम नै  परिवर्तन गरिरहेको छ। यसबाट अल्प संख्यक मुस्लिमहरू आफ्नो सम्पदा मेटिने त्रासमा छन।

यो घटनालाइ अमेरिकी अधिकारीहरूले सो घटनामा भारतको संलग्नताको आरोपप्रति चिन्तित रहेको प्रतिक्रिया दिएका छन्। यो गम्भीर विषय हो, हामी क्यानाडाको प्रयासहरूलाई समर्थन गर्छौं। यसका साथै भारत सरकारको पनि नजिकबाट अध्ययन गर्दै आएका छौं। राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले बुधबार सोसल मिडिया एक्स (पहिलाको ट्विटर) मा उल्लेख गरेका छन्।