अमेरिकी राष्ट्रपति जो बाइडेन

अमेरिकी गभर्मेन्ट शटडाउन हुने अवस्था, यसबाट के कस्तो असर पर्छ ?

Hollywood Khabar September 29,2023 Comments

अमेरिकाको नयाँ आर्थिक बर्ष अक्टुवर १ सुरु हुनुभन्दा पहिला अमेरिकी कंग्रेस (हाउस+सिनेट) ले व्हाइट हाउसद्वारा प्रस्तुत गरिएको बजेट सेप्टेम्बर ३० भन्दा पहिला पारित गर्नुपर्छ। यसरी बजेट पारित भएन भने संघिय सरकारले खर्च गर्न पाउँदैन अनि संघिय सरकार शटडाउन हुन्छ। यसबाट ठुलो संख्यामा कर्मचारी, सुरक्षा लगायतका क्षेत्रमा मात्र होइन अर्थतन्त्रमा नै असर पर्छ।

इतिहास देखि अहिले सम्म १० भन्दा धेरै पटक अमेरिकी गभर्मेन्ट शटडाउन भएका छन्। पछिल्लो पटक २०१३ मा राष्ट्रपति ओबामाको पालामा करिब एक हप्तामा शटडाउन भएको थियो। २०१८ मा राष्ट्रपति ट्रंपको पालामा राष्ट्रपतिले पूर्वराष्ट्रपतिको “डाका” कानुन नहटाउन सहमत भएपछि रोकियो। त्यसैगरी  २०१९ मा राष्ट्रपति ट्रंपको बोर्डर वालको बिषयलाइ लिएर ४ हप्ता भन्दा लामो समय शटडाउन भएको थियो। 

अब यहाँ यो पटकको गभर्मेन्ट शटडाउनले कुन कुन क्षेत्रमा असर गर्छ भन्ने प्रश्न छ। आज सेप्टेम्बर २९, २०२३ मा हाउसमा स्पिकरले प्रस्ताव गरेको अल्पकालीन बजेट उनकै पार्टीका सदस्यहरुले फेल गराइदिए। तर पनि यो समस्या आइतबार बिहानसम्म सुल्टिने अनुमान गरिएको छ। यदि लम्बियो भने के हुन्छ भन्ने प्रश्न आजका सबैजसो मिडियाका प्रमुख सम्प्रेशन भएका छन्। 

यसबाट थुप्रै क्षेत्रमा असर पर्छ। पहिलो कुरा शनिबार मध्येरात सम्म कंग्रेसले बजेट पास गरेन भने संघिय सरकारका ३.५ मिलियन भन्दा धेरै कर्मचारीहरुले अक्टुवर १ देखि बेतलवी काम गर्नुपर्नेछ। यसमा सरकारी कर्मचारीहरुलाइ सरकारले अत्यावासेक र सामान्य आवश्यकगरी दुइ भागमा फर्लो (Furlough) गरेको हुन्छ।

अत्यावासेक सेवाका कर्मचारीहरु तलब नपाए पनि सेवामा जानुपर्छ, नियमित काम गर्नुपर्छ। बजेट पारित भएपछि उनीहरुको उधारो कामको तलब पाउने छन्। तर सरकारी छुट्टी, लिएक बिदाहरू भने बेतलबी हुनेछन। त्यसैगरी सामान्य आवश्यक  क्षेत्रका कर्मचारीहरु भने नबोलाए सम्म पर्खेर बस्नुपर्छ।

यसबाट नेशनल पार्क, कतिपय फुड्सेफ्टी डिपार्टमेन्ट, केहि वेलफेयर चेक पे, नेशनल इकोनोमिक डाटा, कतिपय फेडरल कोर्ट लगायतको एजेन्सी, बिभाग र सेवाहरुमा असर हुनसक्छ। कतिपय कुरा हरेक एजेन्सी र बिभागका आफ्नै नीति छन्। कतिपय चाहिं स्टेट गभर्मेन्टसँग साझेदारी हुनेहुनाले केहि हद सम्म असर हुन पनि सक्छन।