अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले राष्ट्रपति पौडेलको ध्यानाकर्षण गरायो

Hollywood Khabar October 02,2023 Comments

राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले ज्यान नै पारेकोले अदालतको फैसलाले जेमा रहेको अपराधीलाई आममाफी दिएकोप्रति राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ।

सोमबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति रवि लामिछाने, महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसहितका नेताहरू राष्ट्रपति पौडेललाई आममाफीप्रति ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

३ असोज संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले कर्तव्य ज्यानमुद्दामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा तरुण दलका नेता योग ढकाल (रिगल) लाई आममाफी दिएका थिए। जसको सर्वत्र विरोध भइरहेका बेला रास्वपााले ध्यानाकर्षण पत्र बुझाएको हो।

यहाँ स्वयंले केहीको नाम काटेर सरकारको सिफारिस कार्यान्वयन गर्नुभएको चर्चा भए पनि माफी मिनाहको सूचीमा परेका बाँकेका रिगल भनिने योगराज ढकाल, बाँकेकै चेतन मानन्धरको हत्या अभियोगमा २०७५ वैशाखमा जन्मकैदको सजाय पाएका तरुण दलका स्थानीय नेता ढकाललाई कैदमुक्त गराउन सरकारको गरेको सिफारिस कानूनको अभिष्ट विपरीत भएको तथ्य स्पष्ट छ, ध्यानाकर्षण पत्रमा भनिएको छ।

रास्वपाले फेसबुकमा पोष्ट गरेको प्रति जताको तस्तै

कानूनको मनसाय विपरीत कैद सजाय मिनाह गर्ने प्रवृत्ति बढेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति समक्ष आग्रह गरेको छ । पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल आज शीतलनिवास पुगी सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजनीतिक स्वार्थका आधारमा सजाय माफीको सिफारिस गर्ने गैरन्यायिक अभ्यासलाई रोक्न सरकारको ध्यानाकर्षणका लागि अनुरोध गरेको हो। 

यही असोज १० गते बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गम्भीर अपराधमा संलग्न व्यक्तिलाई समेत सरकारको सिफारिसमा राष्ट्रपतिले संविधान दिवसको अवसरमा कैद सजाय मिनाह गर्ने क्रम बढेको सम्बन्धमा राष्ट्रपतिलाई सो ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो। ध्यानाकर्षण–पत्रमा सरकारबाट राष्ट्रपति समक्ष अनुमोदनका लागि पठाइने सिफारिस ‘संविधान सम्मत भए /नभएको सन्दर्भ यकीन गरेर मात्र अनुमोदनका लागि पठाउन सरकारको ध्यानाकर्षण गराउन हुन’ भनिएको छ।