गैरआवासीय नेपाली संघ दक्षिण कोरियामा नयाँ नेतृत्व, अध्यक्षमा विपिन गुरुङ

Hollywood Khabar October 02,2023 Comments

गैरआवासीय नेपाली संघ-एनआरएनएका अध्यक्ष बिनोद कुँवर र सचिव जुनु गुरुङको आतिथ्यमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) दक्षिण कोरियामा नयाँ नेतृत्व चयन भएको छ। 

एनआरएनए एनसीसी दक्षिण कोरियाद्वारा अक्टुवर २, २०२३ मा आयोजित गैरआवासीय नेपालीहरुको बैठकले विपिन कुमार गुरुङको अध्यक्षता निर्विरोध रुपमा नयाँ नेतृत्व चयन गरेको हो। विपिन गुरुङ २०१७-२०१९ कार्यकालका बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो।

समितिको अध्यक्षमा विपिन कुमार गुरुङ, उपाध्यक्षमा महेश बजागाई, जित कुँवर, महासचिवमा प्रशान्तराज बानियाँ, सचिवमा अवदेश राज चौरासिया, सहकोषाध्यक्षमा मदन गौतम, युवा संयोजकमा अजय सोडारी, महिला संयोजकमा सोरी रानाभाट र सदस्यहरुमा युवराज गौतम, नरेश शर्मा, अविरल राम वुढाथोकी, विमला सुनुवार र गोबिन्द पोखरेल रहनु भएको छ। बाँकी रहेका रिक्त पदहरु कार्यसमिति बैठकले मनोनयन गर्नेछ।