एनसीसी कुवेतको कार्यक्रम राणा ध्वाज लामाको समुहले गरेको गुण्डागर्दी र तोडफोड

एनसीसी कुवेतको कार्यक्रम रनध्वज लामाको समुहले गरेको गुण्डागर्दी र तोडफोडको भत्सर्ना

Hollywood Khabar October 07,2023 Comments

गैरआवासीय नेपाली संघको बैधानिक रुपमा होटल याक एण्ड यतिमा सम्पन्न १० औं महाधिवेशनबाट बिनोद कुँवरको अध्यक्षतामा निर्वाचित टिमले हरेक देशमा संस्थाको राष्ट्रिय अधिवेशन गर्ने र नयाँ नेतृत्व चयन गर्दै आएको छ।

यसै क्रमम अक्टुवर ६, २०२३ का दिन कुवेतको २०२३-२०२५ कार्यकालको कार्यसमितिको सपथ ग्रहण तथा बार्षिक कार्ययोजना प्रस्तुतिकरण कार्यक्रमको आयोजना गरिएको थियो। संघका उपाध्यक्ष उमेश पुडासैनीको प्रमुख आतिथ्यमा हुन लागेको सो कार्यक्रम बिसुद्ध संस्थागत थियो।

कार्यक्रम स्थलमा अचनाक रुपमा आफू डा बद्रि केसी पक्षको भन्दै आएका गुण्डा रनध्वज लामाले एक हुल अराजक शैलीका व्याक्तिहरु पनि कार्यक्रमहलमा भित्राए।

त्यसपछि उनीहरुले हुलदंगा गर्दै कार्यक्रमको व्यानर च्यात्ने, फर्निचर तोडफोड समेत गरेका छन्। यति मात्र होइन उनीहरुले निर्वाचित एनसीसी कुवेत टिमलाई नै थ्रेट दिएर गए। गुण्डागर्दी शैलीमा कार्यक्रम विथोल्ने र आफू जुनै पनि हदमा जानसक्ने थ्रेट दिएका छन्। 

विदेशमा बसेर श्रम गरेर खानेहरुलाई यस्तो थ्रेट दिने, सँस्थाको कार्यक्रम बिथोल्ने कार्यको गैरआवासीय नेपाली संघ  निन्दनिय भएको ठहर गर्दै अराजक कार्यको घोर भत्सर्ना गर्दछ।

सचिव 

कृष्ण के सी

गैरआवासीय नेपाली संघ

अक्टुवर ७, २०२३