इसिग प्रायोग गरेर सुन तस्कर अभियोगमा पूर्वसभामुख महराका छोरा राहुलसहित ३ जनालाई मुद्धा

Hollywood Khabar October 08,2023 Comments

विद्युतीय चुरोट इसिग (इलेक्ट्रोनिक सिगरेट-भेप) प्रयोग गरेर सुन तस्करीको गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

सीआईबीले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भने मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको छ ।सीआईबीले आइतबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको प्रतिवेदनमा राहुल महरा, दावाजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई मुद्दा चलाउन सिफारिस गरेको हाे । ६१ किलो सुन प्रकरणमा समेत संलग्न दावा छिरिङ हाल कारागारमा छन् । यही कसुरमा एक जना नेपालीलाई फरार सूचीमा राखिएको छ। सुन ल्याउने चिनियाँ नागरिक दावाजिनसहित ६ चिनियाँलाई नेपालभित्र पक्राउ परेको बखत अनुसन्धान बमोजिम हुनेगरी खोजी सूचीमा राखिएको छ ।

इसिग प्रकरणमा प्रतिवादी बनाइएकाविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाउन राय दिइएको छ ।२०७९ पुस १० मा दुबईबाट दावाजिन र अर्का एक चिनियाँ नागरिकको योजनामा भेपमा लुकाएर ९ किलो ११.५२४ग्राम सुन भेटिएको थियो । इसिगका रुपमा ल्याइएको वस्तु शंकास्पद देखिएपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो। त्यसपछि भेप छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुलले समेत दबाब दिएका थिए।