एनआरएनमा सबै कुरा मिल्यो भनेर ढाँटीएको रहेछ, म बिचार गर्छु:प्रधानमन्त्री दाहाल

Hollywood Khabar October 16,2023 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) का यूथ एम्बासडर दिपेश खत्रीले नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाललाइ भेटेर अदालतमा मुद्धा हुँदाको अवस्था छ, प्रधानमन्त्रीकै रोहबरमा हस्ताक्षर गरेको संझौता नमानेर एकातर्फ गर्न लागिएको महाधिवेशनमा सरकार सहभागी हुन नहुने जानकारी गराएका छन्।

अदालको आदश पत्रको प्रति समेत बुझिलिंदै प्रधानमन्त्रीले भन्नुभयो, मलाइ त सबै मिलिसक्यो भन्नु भएको हो। प्रधानमन्त्रीको सो जवाफ खस्न नपाउँदै एनआरएनको हैसियत समाप्त भएका डा उपेन्द्र महतोले त्यो सबै मिलिसक्यो, यो भाइलाई थाहा छैन भनेर ठाउँका ठाउँ नै ढाँटे।

प्रधानमंत्री दाहालले फेरी पनि भन्नुभयो, मुद्दा पनि थपिएछ, मलाइ त सबै मिल्यो भन्नु भएकाले म आउन लागेको हो। यदि कुरा मिलेको छैन भने म बिचार गर्छु। यस्तो हुँदैन, मेरो रोहबरमा नै सहमति भएको अनि अहिले सम्म मलाइ मिल्यो भनेर ढाँट्ने, आखिर कुरा त मिलेको रहेनछ। जे भएपनि जानकारी दिनुभयो बाबुलाई धन्यवाद। पत्र दिने समय खत्रीलाइ तथाकथित् एनआरएनहरुले आक्रमण गर्न र लछार्न पनि खोजेका थिए।

स्मरणीय कुरा एनआरएनका दुइ घटक एक बनाउन प्रधानमन्त्रीको रोहबरमा हस्ताक्षर थियो। तर त्यसलाई अर्को पक्षले पालना गरेन। पावर ब्रोकर लगायर सबै मिल्यो भनेर ढाँटेको कुरा त प्रष्ट नै भयो।