मार्च २-३ मा हुने एनआरएनएको ११ औं महाधिवेशनमा सबैलाई हार्दिक निमन्त्रणा

Hollywood Khabar October 20,2023 Comments

मार्च २-३ मा हुने एनआरएनएको ११ औं महाधिवेशनमा सबैलाई हार्दिक निमन्त्रणा

आदरणीय अग्रज, सल्लाहकार, परिषद पदाधिकारी, परिषद सदस्य, राष्ट्रिय समन्वय परिषद तथा सम्पूर्ण गैरआवासीय नेपालीहरु; 

सर्वप्रथम नेपाली समुदायको बिश्वब्यापी चाड बडा दशैंको उपलक्षमा सबैलाई हार्दिक शुभकामना !

यहाँहरुलाइ जानकारी नै छ गैरआवासीय नेपाली संघ (एनआरएनए) सँस्था २००३ मा स्थापना भै नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएर संचालन हुँदै आएको छ। सँस्था भित्रका कुराहरुलाई सँस्थागत रुपमा समयमा नै समाधान गरेर जान नसक्दा गत अक्टुवर २०२१ मा हुनुपर्ने संघको १० औं अन्तराष्ट्रिय महाधिवेशन ५ महिना पछाडी मार्च २०२२ मा सम्पन्न भयो।

सो १० औं महाधिवेशन पनि नेपाल सरकारका परराष्ट्र मन्त्रालयको मन्त्रीस्तरीय निर्णयको पत्र अनुसार तत्कालिन प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घलेज्यूलाइ दिइएको जिम्मेवारी अनुसार नै सम्पन्न भएको हो। माहाधिवेशन पश्चात जानकरी र संसोधित बिधान सहित नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा मार्च २०२२ मा नै दर्ता गाइएको छ।

त्यसैबीच सो अधिवेशनबाट बाहिरिएर गएका केहि एनआरएनहरुले अन्यत्र गएर महाधिवेशन गरेको भन्ने सुन्नमा आएको थियो। त्यसैका कारण गैरआवासीय नेपाली संघ दुइ-भागमा रहेको हो। हामीले मन्त्रालयको निर्देशन र तत्कालिन बिधान अनुसार नै महाधिवेशन सम्पन्न गरेको कुरा यहाँहरु सबैलाई जानकारी नै छ। संघको १० औं महाधिवेशनबाट बिनोद कुँवरको अध्यक्षतामा निर्वाचित नेतृत्वले संस्थालाई विस्तार र नियमित गर्दै जाँदा नेपाल सरकारका तत्कालिन अर्थमन्त्री श्री जनार्दन शर्माज्यू लगायतका उच्च तहका राजनैतिक व्यक्तित्वहरुको समेतको सल्लाहमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालज्यूकै कार्यकक्षमा दुवै पक्षबीच एकताको ११ औं महाधिवेशन गर्ने भनेर जुन १८, २०२३ आइबतरका दिन सहमति पत्रमा हस्ताक्षर गरेका थियौं। 

सो सहमति अनुसार, दुइ-फरक गैरआवासीय नेपाली संघहरुलाइ एउटै बनाउन हामीले हरेक देशका राष्ट्रिय समन्वय परिषदहरुको महाधिवेशन रोकेर एकताको लागि पहल गर्यौं। हाम्रा नियमित गतिबिधि रोकेर एकताको लागि बुँदागत रुपमा योजनाबद्ध तरिकाले तयारी गर्दै सबै तह र आवश्यक पर्ने बिधि पुरा गर्यौं। 

तर अर्को पक्षले कुनै पनि देशमा हामीसँग काम गर्न नै आएन, स्थान पनि दिएन, संगै जान पनि मानेन र जाने वातवरण पनि बनाएन। बिभिन्न बहाना गर्दै ढिलासुस्ती गर्ने काम मात्र गर्यो। एकताको लागि प्रधानमन्त्रीज्यूको उपस्थितिमा गरिएको संझौतालाइ नै अर्को पक्षले लत्याउँदै गएकाले हामीले अन्तिम बैठक डाकेर एकता गर्ने या नगर्ने भनेर सोध्यौं। तर उहाँहरुले विभिन्न बहाना मात्र गर्नुभयो। त्यसैले हामीले आफ्नो रोकिएको काम नियमित गर्ने निर्णय गर्यौं।

तथापी हामीले हामी नै आधिकारिक हौँ भनेर सम्मानित सर्वोच्च अदालतमा निवेदन पनि दिएका छौं। हामी आधिकारिक भएको प्रमाण सहितको रिट दर्ता सुनुवाई समेत भएको छ र मुद्धा विचाराधीन नै रहेको समेत जानकारी गराइन्छ। त्यस भन्दा पनि अर्को कुरा उहाँहरुले गर्न लागेको काठमाण्डौको भेलालाइ अदालतको विचाराधीन मुद्धा हुँदाको बखत रोकी पाउन सम्मानित पाटन उच्च अदालतमा अर्को मुद्धा दर्ता गरिएको छ। सो मुद्धा दशैंपछि १५ दिनको म्याद सहित नेपाल सरकार र सबै पक्षलाइ अदालतले हाजीर हुन बोलाएको अवस्था छ।

यस्तो कानुनि रुपका अदालतबाट निर्देशक भएको र अधिवेशन खालको भेला गर्न नहुने परिस्थितिमा अर्को पक्षले काठमाण्डौको होटल सोल्टीमा गरेको भनेको भेलामा देखाइएको नाङ्गो रुपले सम्पूर्ण गैरआवासीय नेलालीहरुको शीर निहुरिन बाध्य बनाएको छ। आम गैरआवासीय नेपालीकै यस्तो बेइजतपूर्ण अवस्था सृजना गरकोप्रति हाम्रो खेद प्रकट छ।

संघभित्र गजडिएको बिकृति र सँस्था कब्जा गरेर एकलौटी रुपमा लैजाने गलत प्रवृतिलाइ सुद्ध गरेर लैजाने अभियानमा हामी हिजो पनि सत्य र सहि पक्षमा थियौं, अहिले पनि छौं र भविष्यमा पनि सोही रुपमा स्थिर रहनेछौं। यसका लागि सम्पूर्ण एनआरएनहरुलाइ हार्दिक आभार सहित यस अभियानमा सम्माहित हुनको लागि अनुरोध समेत गर्दछौं। 

हामीले संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा बिश्वो सम्मेलन मार्च २ र ३, २०२४ मा काठमाण्डौमा सम्पूर्ण प्रतिनिधिहरु उपस्थिति भएर सम्पन्न गर्ने निर्णय गरेका छौं। सो महाधिवेशनमा सबैलाई हार्दिक निमन्त्रणा समेत गर्दछौं। साथै सम्पूर्ण एनआरएनहरुले आफ्नो देशको हाम्रो आधिकारिक राष्ट्रिय समन्वय परिषदमा सदस्यता नवीकरण या नयाँ लिएर अध्यावधिक गर्नुहुन् पनि अनुरोध गर्दछौं।

हामी संख्यामा भन्दा पनि सहि एनआरएनहरुमा विश्वास गर्दछौं। ढिलो या चाँडो यहाँहरुले सहि को र गलत को भन्ने विश्लेषण गरेर आफ्नो सक्रिय सहभागिता गर्नुहुनेछ भन्ने हामीलाई विश्वास छ।

धन्यवाद सहित;

जानकरी गुरुङ 

महासचिव 

गैरआवासीय नेपाली संघ

अक्टुवर २१, २०२३

Press Leasese copy

https://acrobat.adobe.com/link/review?uri=urn:aaid:scds:US:2681a9d9-4e74-3daa-8d26-47e04148a8f4