एनआरएनए आर्थिक समिति संयोजकमा आइसीसी सदस्य शशिचन्द्र अधिकारी मनोनित

Hollywood Khabar October 22,2023 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आर्थिक समिति संयोजकमा संघका अन्तराष्ट्रिय समन्वय परिषद सदस्य शशिचन्द्र अधिकारीलाइ मनोनित गरिएको छ। अक्टुवर २१, २०२३ (नेपाली समय) मा संघका अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा बसेको संघको बैठकले अधिकारीलाइ सो जिम्मेवारी दिने निर्णय गरेको हो।

उहाँले २०२२-२०२४ कार्यकाको आर्थिक बजेट, गतिबिधि श्रोत बिकास जस्ता संघका कोषाध्यक्षले गर्नुपर्ने अत्यन्तै मुख्य जिम्मेवारी पुरा गर्नुहुने कुरामा संघको बिश्वास रहेको छ। 

 

धन्यवाद;

जानकी गुरुङ

महासचिव

गैरआवासीय नेपाली संघ

अक्टुवर २१, २०२३