एनआरएनए कोरियाको सपथ ग्रहण तथा दशैँ शुभकामना कार्यक्रम सम्पन्न

Hollywood Khabar October 22,2023 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) दक्षिण कोरियाका विपिन गुरुङको अध्यक्षतामा निर्वाचित एनआरएनए एनसीसी कोरियाको घोषणा सभा, सपथ ग्रहण तथा बडा दशैंको शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। 

एनआरएनए आइसीसी अध्यक्ष बिनोद कुँवरको प्रमुख आतिथ्यतामा विजया दशमिको फुलपातिको अवसर पारेर आयोजित दशैं शुभकामना तथा घोषणा सभा द. कोरियाको राजधानि सउलमा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा एनआरएनए आइसीसी अध्यक्ष विनोद कुवंर, विषेश अतिथिहरु हेटौडां महानगर प्रमुख (मेयर) मिना लामा, एनआरएनए आइसीसी प्रवक्ता डा प्रकाश धमला, कोरियामा क्रियासिल विभिन्न संघ संस्था र एनआरएनहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा एनआरएनए एनसीसी कोरियाका ९ औं का अध्यक्ष विपिन गुरुङ नेतृत्वको कार्यसमितिलाइ निर्वाचन समितिका संयोजक डा. सिद्दार्थ विक्रम पाण्डे, एनआरएनए प्रवक्ता डा. प्रकाश धमला र एनआरएनए आइसीसी अध्यक्ष विनोद कुवंरबाट सपथ ग्रहण तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो।