एनआरएनए क्यानाडाको बार्षिक साधारण सभा नोवेम्बेर २६ मा हुने

Hollywood Khabar October 22,2023 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानडाको राष्ट्रिय महाधिवेशन नोवेम्बर २६, २०२३ मा आयोजना गरिएको छ।

एनआरएनए एनसीसी क्यानाडा (ग्लोबल एनआरएनए) क्यानाडाको बैठकको निर्णय अनुसार राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नको लागि आयोजक समिति, निर्वाचन, बिधान लगायत विभिन्न तयारी समितिहरु समेत गठन गरिएको छ।

अध्यक्ष कुन्दन घिमिरेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समितिमा बर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सल्लाकार, क्यानडामा रहनु भएका आईसीसी सदस्यहरु समेत रहनु भएको छ।

निर्वाचन समितिमा संस्थाका कानूनी सल्लाहकार भोजराज भट्टलाई प्रमुख निर्वाचन आयुक्त, चन्द राई आयुक्त र एक जना उहाँहरुले नै राख्ने गरी ३ सदस्य निर्वाचन समिति गठन गरिएको छ।

सदस्यता विस्तार र वितरणको लागि उपाध्यक्ष सुमन पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ। त्यसैगरी बिधान मस्यौदा तयार गर्नको लागि सभापति अन्जनि भट्टराई, उपाध्यक्ष सुमन पौडेल, कानुनी सल्लाहकार भोजराज भट्ट रहनुभएको समिति गठन गरिएको छ।