सिष्टम दुरुपयोग

स्मार्टको नाममा भेरोलाइ डेरो बनाएर सिष्टम दुरुपयोग गरियो, बद्रीको भेरो, न तेरो न मेरो

Hollywood Khabar October 26,2023 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा २०१३ देखि तोकादेश नभएर विधिवत रुपमा नेतृत्व चयन हुन थालेको हो। पहिलो पटक निर्वाचनबाट शेष घले अध्यक्षमा निर्वाचित भएपछि रसियन चंगुलबाट नेतृत्व बाहिर गएको थियो। यस अघि देव मान हिराचनको पालामा ३ दर्जन जति काम गरियो तर उहाँलाइ छायाँमा परियो, असहयोग गरियो, त्यहाँ एउटा दर्दनाक पिडा छिपेको छ।

शेष घलेको योजना अनुसार बनाइएको भिजन २०२० एण्ड बियोण्डमा एनआरएनहरुको मिनी संयुक्त राष्ट्र संघको धारणा थियो। त्यस अनुसार निर्वाचित टिमले नीति बिधि बनाउने र कार्यान्वयन चाहिं कर्मचारीबाट गरिने। योग्य र शशक्त चिफ अफिसर हुने अनि बिश्वका प्रमुख क्षेत्रमा स्याटलाइट अफिसको योजना लगायतका धेरै कुरा थिए।

भिजन २०२० एण्ड बियोण्ड पहिलो पटक २०१६ को न्यूजर्सीमा भएको ९ औं तथा अन्तिम क्षेत्रीय सम्मेलनमा प्रस्तुत् गरेर अक्टुवर २०१७ मा भएको महाधिवेशनबाट पारित गरिएको थियो। त्यसका धेरै सुन्दर पक्ष थिए। जस्तोकी एनआरएनएमा २४ सै घण्टा सदस्यता लिन मिल्ने। यसका लागि एउटा अनलाइन सिस्टम बनाउने काम २०१५ को पूर्वार्धमा नै सुरुभयो जसलाई एमआइएस भनियो।

२०१७ मा भवन भट्ट अध्यक्ष भएपछि भिजन २०२० एण्ड बियोण्डका सुन्दर पक्षलाइ खुँडे बनाएर रसियन माफिया ग्रुपलाइ फाइदा हुने जति मात्र कार्यान्वयन गरियो। बाँकी पक्ष रसियन ग्रुपको ट्रयासमा डम्प गरियो। अनि त्यहि एमआइएमलाइ स्मार्ट एनआरएन भनेर दुरुपयोग गर्दै कुरुप खेल सुरु गरियो। 

स्मार्ट सिष्टममा Phishing, Smishing, Baiting, Pretexting,Tailgating र अरु धेरै साइबर होल बनाउने अनि भेरोको नाममा डाम्ने काम भयो। 

त्यसैले भेरोमा जति नै अनुसन्धान गरेपनि नतिजा खासै फरक आउनेवाला छैन। केवल सिष्टम इरर मात्र होला या माइनर इरर देखिएला। त्यसको प्रत्यक्ष कारण हो प्रत्यक्ष भोट गरेको नम्बर स्मार्ट सिष्टमको कोडिङले कभर गर्न नसक्नु, जिरो मत आउनु इत्यादि। बाँकी कुराको ब्याख्या त प्राबिधिकले गर्लान।

अब गरौँ भनिएको सोल्टाहरुको सोल्टी भेलाको। असत्यको बिरोध गर्न नसक्ने, नेताको लगौटी समातेर भागेका भगौटा र रसियन फामियाका छोटा-मोटा रजौटा सोल्टाहरुको काठमाण्डौको सोल्टी भेला भनिएको चुनावको कुराले गज्जबको झ्याली पिटेको छ।

बद्री केसी, हेमराज शर्मा र गौरी जोशीको निर्देशन र योजनामा एनआरएनएको एउटा अबैध झुण्डले पहिलो पटक गराइएको भनिएको अनलाइन चुनावमा व्यापक धाँधली गरिएका प्रमाणहरु सार्वजनिक भएका छन्। त्यो पनि नाङ्गो रुपमा धाँधली गर्नेले नै धाँधली गरेको हो भन्ने स्वीकारेको स्थिति हो।

त्यसबारे नेपाल प्रहरीको साइबर क्राइम ब्युरोले अनुसन्धान सुरु गरिसकेको भन्ने एकापक्षको भनाइ छ। धाँधलीको छानबिन गर्न तीन सदस्यीय कमिटि बनाउने सहमतिबाट गरिएको रहेछ। त्यसबाट पछि हटेर डा बद्री केसीले हतारहतारमा सपथ बजाएछन्। यसको अर्थ मासको दालमा कालो तिल भन्ने भनाइ पुष्टि गरेको छ।

कसरी गरियो धाँधली ?

१. बिहिबार, १९ अक्टोबर २०२३ का दिन काठमाडौँको सोल्टी होटेलमा भेला भएका झन्डै ८०० जना डेलिगेट्सहरुले भोट खसालेको भनिएको छ। उनीहरुलाइ युजर नेम र पासकोड सहितको सानो चिट दिइएको थियो। त्यस पछि उनीहरुलाइ निर्वाचन समितिले व्यवस्था गरेका ल्यापटपहरुमा गएर ‘लग इन’ गरेर भोट हाल्न भनियो। अमेरिकाको निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतको रुपमा तीन/तीन पटक यस्तै अनलाइन सिष्टममा काम गरिसकेका विश्व बरालले भोट खसाल्न जाँदा “Yo have already voted” भन्ने संदेश आयो। उनको नाममा अर्कैले भोट हाली सकेको पुष्टि भयो। अर्का जापानबाट गएका तर उम्मेदवार गोविन्द श्रेष्ठ 'रोविन्द' को ल्यापटपमा पनि त्यस्तै मेसेज आएपछि उनले भोट हाल्न पाएनन्।

२. मतदाताहरुले भोट हालेर निस्केपछि त्यहाँ खटाइएका कर्मचारीहरुले उनीहरुसंग रहेको चिट मागेर राखेका थिए। त्यो किन भन्ने प्रश्न एकातिर छ। एनआरएनए केन्द्रीय कार्यालयमा कार्यरत आइटी टिमलाई परिचालन गरी काठमाडौँमा खसेको मतलाई फेरबदल गरी बद्री केसी र उनको टिमको पक्षमा मतदान गरिएको र त्यही डेटा अष्ट्रेलियास्थित कम्पनी भेरोलाई पठाइएको प्रारम्भिक छानबिनबाट थाहा भएको दावी छ। त्यती गर्दा पनि केसीले १०० भन्दा पनि कम मतले जितेको घोषणा गरिएको थियो। खासमा त्यो मत केहि दिन पहिला एमआइएसमा निश्चित संख्यामा ग्रेजोनमा राखेर सिष्टम मर्ज गरिएको प्रष्ट हुन्छ।

धाँधलीका अरु उदाहरणहरु

३. उपाध्यक्ष पदका उम्मेदवार अमेरिकाका डा केशव पौडेले काठमाडौँमा गरिएको मतदानमा जिरो मत पाएको देखाइयो। पछि उनको नामको स्पेलिंग फरक परेकाले त्यस्तो हुन गएको दावी गरियो। तर उनको जिरो सहित खसेको मतमा १४०० जति छ, जितेको नै हो तर हरेको भनियो। दुइ वर्ष पहिले एनसीसी जापानको चुनावमा पनि मतदाताको नामै परिवर्तन गर्ने, इमेल परिवर्तन गर्ने र देश बाहिरबाट समेत मतदान गराएको रिपोर्ट अमेरिकान टिमका पदम भण्डारी लगाएतले गरेको अध्ययनबाट फेला परेको थियो।

४. कतार, अमेरिका, द कोरिया लगायत कतिपय देशहरुबाट फेस भेरिफीकेशन नमिलेको भन्दै मतदान गर्न नपाएको उजुरी निर्वाचन समिति र मन्त्रालय सम्म परेको छ। तर समितिले कुनै सुनुवाई नै गरेन।

५. अन्तिम समयमा अमेरिकाबाट डेलिगेट्स थप गरिएको भन्ने उजुरी प-यो तर निर्वाचन समितिले सुनुवाई नै गरेन।

६. मतगणना गर्दा भोटर संख्या भन्दा खसेको मत बढी देखियो तर स्मार्ट एनआरएन र भेरोले कुनै स्पष्टीकरण दिएन।

७. नेपालमा रहेका डेलिगेट्सको नाममा साउदी अरबमा अर्कै व्यक्तिले भोट खसाली दिए। साउदीका व्यक्तिको नाममा रसियाबट भोट भयो। त्यस्ता कैयौं गुनासाहरु निर्वाचन समितिमा परेका छन्।

८. एमआइएस प्रणाली कब्जा गरेर बसेका बद्री केसी, हेमराज शर्मा, गौरी जोशी, राधिका गुरुङ लगायतले ४,२०० भन्दा बढी डेलिगेट्सको नाम, इमेल र फोन नम्बरमा पटक, पटक आफुहरुलाई भोट माग्दै मेसेज पठाएका थिए। तर अर्को पक्षका उम्मेदवारहरुले भने अधिकंश डेलिगेट्ससंग प्रत्यक्ष सम्पर्क नै गर्न सकेनन्।

९. डेलिगेट्स छनोट गर्दा धाँधली गरिएको भन्ने विवादका कारण १० औं महाधिवेशन समयमा सम्पन्न हुन सकेन। परराष्ट्रको लिखित पत्र अनुसार आयोजित महाधिवेशनबाट भागेर गएका भगौटाहरुले तीन/तीन जना अध्यक्ष सहित जम्बो टिम बनायो। तर यस पटक पनि डेलिगेट्स चयन गर्दा पुरानै क्राइटेरिया लागू गरियो। अनि लफडा भयो।

१०. सन् २०२१ मा जापान लगायतका मुलुकहरुमा गराइएको चुनावमा धाँधली गराउन जिम्मेवार पाइएका आइटी अधिकृत महेश श्रेष्ठले पदबाट राजिनामा दिएको भए पनि कार्यकारी अध्यक्ष भनिएका बद्री केसीले फेरी तिनैलाइ तलब थप गरि दिएर एमआइएसको जिम्मा दिए।

११. योजनाबद्ध धाँधलीमा उनी संलग्न रहेको प्रमाण फेला परेपछि साइबर व्युरोले उनीसंग बयान लिइसकेको दावी छ। यसैगरी अनलाइन चुनावमा धाँधली गरेको भन्दै बद्री केसी, गौरी जोशी, प्रमुख निर्वाचन अधिकृत यादव प्रसाद ढुंगाना तथा आइटी कर्मचारीहरु विरुद्ध नेपाल प्रहरीमा किटानी जाहेरी परेको छ भनिन्छ। प्रहरीले छानबिन सुरु गरेपछि केसीले सहमतिको राग अलाप्न थालेका छन्।

अब के हुन्छ?

१२. मार्च २०२२ मा संघ फुटाएर भगाउन लगाउने ठेकेदार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा हुन्। यो पटक चाहिं एमाले सिङ्गो पार्टी नै लागि परेको देखियो। भगौटा र माफियाको त्यो गुट फुटेर अहिले डा बद्रि केसीको एमालेको र बाँकी माओवादीको गुट बनेको छ।

१३. राजनैतिक पार्टी संलग्न नभएको सहि र एनआरएनहरुको एक मात्र एनआरएनएले भने मार्च २-३, २०२३ मा ११ औं महाधिवेशन गर्दैछ, सबैलाई ढोका खोलेको छ।

१३. एनआरएनएको चुनावमा व्यापक धाँधली गरिएको भन्दै विरोध भएपछि तीनजना मुख्याहरु कुल आचार्य, बद्री केसी र रबिना थापाले महाधिवेशनको बाँकी कार्यक्रम स्थगित गरेको हस्ताक्षर बाहिरिएको थियो। तीन सदस्यीय प्राविधिक विज्ञ टोली गठन गरी छानबिन गर्न बद्री केसीले पनि सहमति जनाएका थिए। तर त्यस्तो छानबिनबाट योजनाबद्ध रुपमा धाँधली गरेको सार्वजनिक हुने देखेपछि उनले हतार-हतार निर्वाचन समितिलाई प्रभावित गरी सपथ चपाए।

१४. नेपाल प्रहरीको साइबर क्राइम ब्युरोले छानबिन सुरु गरेपछि दबाबमा परेका केसीले छलफलबाट सहमति गरौँ भन्ने प्रस्ताव ल्याएका छन्। तर अध्यक्षका उम्मेवारद्वय आरके शर्मा तथा महेश कुमार श्रेष्ठ चाहिं समानान्तर समिति गठन गरेर योजनाबद्ध धाँधलीको पर्दाफास गरेरै छाड्ने मुडमा थिए। एनआरएनए कब्जा गरेर  बसेको आपराधिक  गुटलाई यस पटक पनि नंग्याउन नसक्ने हो भने हामी एनआरएनए छाडेर हिडेहुन्छ, एकजना उपाध्यक्षका उम्मेदवारले भने। त्यसैले यस पटक एनआरएनए भित्र वार कि पारको स्थिति बन्दै गएको छ भनियो तर कतिदिन टिक्ने त्यो भने थाहा छैन।

१५. आरके शर्मा र महेश श्रेष्ठ पक्षले बाँकी महाधिवेशन सम्पन्न गरेको र नयाँ नेतृत्व चयन गरेको भनेर दावी गरेको छ। तर खुट्टा भने दरिलो गरेर टेकेको देखिंदैन। गुटको दलाली गर्ने सोम सापकोटा, सुनिल साह भागिसके। डिबी क्षेत्री, गंगाधर गौतम लगायतकाहरु चलखेलको डिल गर्दैछन्।

१६. बद्रि केसी बोक्ने एमाले पार्टी र त्यसका कार्यकर्ता डा उपेन्द्र महतो अनि जिबा लामिछाने दुवैले त्यो सबै दबाउन परराष्ट्रमन्त्री एनपी साउद र अर्थमन्त्री डा प्रकाशशरण महतलाइ लुट्केश प्रस्ताव पठाएको खबर आएको छ। मन्त्री डा महतलाइ १० अर्ब लगानीमा नेपाल सरकारबाट दिने ५० करोड मध्ये ५ करोड दिने उदारो प्रस्ताव गएको छ। मन्त्री साउदलाइ के प्रस्ताव गयो त्यो भने बाहिर आएको छैन। यदि पराराष्ट्रमन्त्री साउद र अर्थमन्त्री डा महतले त्यो केश दबाए भने उनिहरु पनि पूर्ण बहादुर खड्का र गगनकुमार थापा जस्तै रसियन माफियाको बिकाउमा दर्ज हुनेछन।