एनआरएनए एनसीसी जर्मनी गठन, अध्यक्षमा राजकुमार खड्का

Hollywood Khabar October 29,2023 Comments

राजकुमार खड्काको अध्यक्षतामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) जर्मनीको १५ सदस्य कार्यसमिति गठन भएको छ। खड्काकै कानुनि पहलपछि जर्मनीको २०२१ को गैरकानुनि निर्वाचन अदालतबाट रद्द भएको थियो। 

अक्टुवर २९, २०२३ मा जर्मनीमा रहेका एनआरएनहरुको भेलाले एनआरएनए एनसीसी जर्मनी गठन गरेको हो। समितिले सदस्यता खुला गरेर नोभेम्बर २०२३ भित्रमा राष्ट्रिय महाधिवेशन सम्पन्न गरि नयाँ नेतृत्व समेत चयन गर्नेछ।

गठन गरिएको कार्यसमिति

१ ) राज कुमार खड्का 

२) शिबकला गुरुङ ( सानु गुरुङ )

३) अनु शाह 

४) आशिष गुरुङ 

५) सकुन्तला खनाल 

७) मौशम साक्य 

८) नैनाकला वेलमान

९) लीला गुरुङ 

१०) मिना कार्की 

९) प्रकाश खनाल 

१०) सर्मीला  रोक्का 

११) दीपेश खत्री 

१२) सुजिता श्रेष्ठ 

१३ ) प्रशान्त पोखरेल 

१४ )  पासाङ्ग   शेर्पा 

१५ ) रंजीता श्रेष्ठ

समितिले कानुनविदहरुसंगको सल्लाहमा संस्थाको उपुक्त कानुनी र अन्य गतिबिधिका प्रक्रिया पुरा गर्ने समेत तयारी सुरु गरेको छ। समितिले जर्मनीमा रहनुहुने सम्पूर्ण एनआरएनहरुको प्रतिनिधित्व हुने कुरामा बिशेष घ्यान दिने कुरा बताएको छ।

कार्यसमितिलाइ एनआरएनए आइसीसीको तर्फबाट अध्यक्ष बिनोद कुंवर र महासचिव जानकी गुरुङको हस्ताक्षर सहितको मान्यता प्रत्र तत्कालै पठाइनेछ।

समितिको विभिन्न बिचार र राजनीतिक दलहरुसंग आस्था राख्नुहुने सबैसँग आपत्ती र असमान्स्यता नभएता पनि उहाँहरुको सम्मान गर्दै एनआरएनए एनसीसी जर्मनीमा सम्मानजनक सहयोग र सहकार्यको अपेक्षाको लागि अनुरोध समेत गरेको छ।

सचिवालय

गैरआवासीय नेपाली संघ

अक्टुवर २९, २०२३