एनआरएनहरुले बनाएको मुख्यालयमा एमालेका गुण्डाहरुले एनआरएनलाइ नै कुटे

Hollywood Khabar October 31,2023 Comments

गैरआवासीय नेपालीहरुले बनाएको मुख्यालय क्याम्पसमा एमाले पार्टीका पोलिटब्यूरो नेता तथा गुण्डा बिभागका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा भवन कब्जा गरेर सभाहालमा मादक पर्दार्थ सेवन गर्दै बसेका गुण्डाहरुले गैरआवासीय नेपालीलाइ नै कुटेको कुरा सर्वत्र भएको छ। यति मात्र होइ पिडित मध्येका एक ओम शर्माले नै भिडियो मार्फत बिषय सार्वजनिक गरेका छन्। त्यो गुण्डागर्दीको चाँजो-पाँजो पूर्व उपाध्यक्ष डा बद्रि केसीले गरेका हुन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) लाइ विगत २ दशक संस्थागत रुपमा लैजानु पर्नेमा २०१३ सम्म निजि स्वार्थमा लगियो। २०१७ पछि त झन् लुट्ने, टाटपल्टाउने र बदनाम गर्ने काम भयो। २०१७ देखि २०१९ सम्मको २ वर्षमा नै खातामा रहेको ५० करोड रित्तो परियो।

यसमा एमाले नजिक डा उपेन्द्र महतो र जिबा लामिछानेको प्रमुख हात रहेको छ। कतिपयलाई जिबा कांग्रेस नजिक भन्ने लाग्ला तर उनि रसिया हुँदैदेखि एमाले हुन्, प्रमाण हामीसंग छ। उनका हरेक कदमले एमालेलाइ पोस्ने गरेको छ।

२०२२ मा पुग्दा नेपालका राजनैतिक पार्टीका दलालहरुले गैरआवासीय नेपालीको मूल धारबाट एमाले गुट फुटाएर लगे अनि कांग्रेस नजिक रहेका कुल आचार्यहरुलाइ कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाले पैसा लिएर एमालेलाइ नै बेचिदिए। यो सबैलाई थाहा भएको कुरा नै हो।

त्यसपछि सक्कली र बैधानिक एनआरएनले नेपाल सरकार परराष्ट्र मन्त्रालयको पत्र र निर्देशन अनुसार होटल याम एण्ड यतिमा १० औं महाधिवेशन सम्पन्न गरि बिनोद कुँवरको अध्यक्षतामा नेतृत्व चयन गरेको हो। त्यो मुठभेड २०२२ मार्चमा नै हुनेथियो तर कानुन भन्ने पनि कुनै बाटो हुन्छ भनेर अध्यक्ष कुँवरको नेतृत्वमा एनआरएन कानुनी बाटो गएको हो।

तर यो पटक त्यसै भगौटा र रजौटाहरुको अबैध भेलाले फुटेका आरके शर्मा र बद्रि केसीको विवाद आलो छ। सोहि विवादको क्रममा अक्टुवर ३१, २०२३ का दिन आरके शर्मा, बुद्दि सुवेदी र ओम शर्मा लगायत एनआरएनहरुलाइ एनआरएन भवनमै एमाले पार्टीका महेश बस्नेतको नेतृत्वमा आएको गुण्डाहरुद्वारा कुटियो।

स्मरणीय कुरा, विश्व भरिका एनआरएनहरुले आफ्नो गक्ष अनुसार दिएर त्यो भवन बनाइएको हो। त्यहाँ एमालेको बैठक र दारु-पानीको अखडा किन ? गुण्डागर्दी किन ? एनआरएनहरु नै आफ्नै मुख्यालय क्याम्पसमा कुटिनु पर्ने किन ? फेरी पनि एनआरएनहरुले नै बनाएको भवनमा एमाले पार्टीका नेताले गुण्डा दारु-पार्टी र कथित बैठक किन ? बद्रि केसीहरुलाइ गुण्डागर्दी किन चाहिएको? जवाफ कसले दिने?

जे भएपनि एनआरएनहरु कुटिनु खेदपूर्ण छ।