शुक्रबार राती गएको भुकम्पबाट प्रभावित रुकुम-जाजरकोट क्षेत्रबारे:विज्ञप्ति

Hollywood Khabar November 04,2023 Comments

प्रेस विज्ञप्ती

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट–१ रामीडाडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउपालिका, बारेकोट गाउपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउपालिका आसपास क्षति पुगेको छ। प्राप्त जानकारी अनुसार जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी १२८ जनाको मृत्यु भएको छ भने १५० जनाभन्दा बढी घाइते भएका छन्।

अधिकांश घरहरु माटोको जोडाइबाट निर्माण भएका कारण भूकम्पले धेरै घरुहरु भत्किएका छन् र घरहरू भत्किएपछि नागरिकहरू बाहिर चौरमा बसेका छन्। भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ र अस्पतालहरू घाइतेले भरिएका छन्।

यस दुःखद घडीमा गैरआवासीय नेपाली संघ अन्य सहयोगी संस्थाहरुको सहकार्यमा स्थलगत अध्ययन गरी केकस्ता सहयोग तथा उद्धार गर्दा बढी प्रभावकारी हुनुका साथै स्थानिय आवश्यक्ता पूरा गर्न सकिन्छ सोहि अनुसार रहात तथा उद्धार कार्यमा संलग्न हुनेछ र विश्वभर फैलिएर रहेका राष्ट्रिय समन्वय परिषद्हरु तथा सहयोगी मनहरुलाई यस कार्यमा सहयोग गर्न संघ अपिल गर्दछ ।

गैरआवासीय नेपाली संघ भूकम्पमा परि निधन भएका सम्पूर्ण प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाईते भएकाहरुको सिग्र स्वास्थ लाभको कामना गर्नुका साथैसम्पूर्णमा रहात तथा उद्धारमा सहयोग गर्न पुन अनुरोध गर्दछौं ।

बिनोद कुँवर                          जानकी गुरुङ

अध्यक्ष                                 महासचिव 

गैरआवासीय नेपाली संघ

१८ कात्तिक २०८० (नोवेम्बेर ४, २०२३)

https://acrobat.adobe.com/link/review?uri=urn:aaid:scds:US:9b91fc9d-14bb-3060-83db-6dde53491577